साप्ताहिक ब्रिफिङ : ३९ महिनामा खुल्यो ग्वार्को ओभरपास, आलमलाई सफाइ दिने न्यायाधीश कारबाहीमा, एमसीसी नरोकिने र इरान-इजरायल युद्ध चर्किँदो | Khabarhub Khabarhub

साप्ताहिक ब्रिफिङ : ३९ महिनामा खुल्यो ग्वार्को ओभरपास, आलमलाई सफाइ दिने न्यायाधीश कारबाहीमा, एमसीसी नरोकिने र इरान-इजरायल युद्ध चर्किँदो


६ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 6 मिनेट


399
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आदरणीय पाठकवृन्द ! खबरहब डटकमले हरेक शुक्रबार साताभरिका घटनालाई समेटेर ब्रिफिङ पस्कने गरेको छ ।

यस साता ‘३९ महिनामा ग्वार्को ओभरपास खुल्यो, संसद्‍मा देखिएको गतिरोध खुल्न सकेन,राप्रपापछि रास्वपाले पनि सदन बहिष्कार गर्‍यो र यसै साता इजरायल र इरानबीचको युद्ध झन्झन् चर्किँदै गयो’ लगायतका समाचारले चर्चा पाए ।

तीन दलको बैठक : सङ्क्रमणकालीन न्यायसम्बन्धी प्रक्रिया अघि बढाउन नेताहरूबीच कुराकानी

प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्यायसम्बन्धी विषयलाई अघि बढाउनका लागि कुनै कमीकमजोरी हुन नदिने स्पष्ट पारेका छन् ।

शुक्रबार सिंहदरबारमा बसेको प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठकमा प्रधानमन्त्री ओलीले सङ्क्रमणकालीन न्यायसम्बन्धी विषयलाई अघि बढाउन निकै ढिलाइ भएको भन्दै सचेततापूर्वक कुनै पनि ठाउँमा कमी कमजोरी नहुने गरी अघि बढाउने स्पष्ट पारेका हुन्।

बैठकमा संक्रमणकालीन न्यायसँग सम्बन्धित संयन्त्रहरू निर्माण गरी कामहरू प्रारम्भ भइसकेको अवस्थामा संयन्त्रहरूले गरेका कामका बारेमा सामान्य ब्रिफिङ गर्ने काम भएको प्रधानमन्त्रीका विशेष सल्लाहकार अग्नि खरेलले जानकारी दिए । सँगसँगै कार्यालय व्यवस्थापन लगायतका विषयमा पनि छलफल भएको उनले बताए ।

खरेलले सङ्क्रमणकालीन न्यायसम्बन्धी आयोगलाई सहजीकरण गर्न सरकार तयार रहेको र राजनीतिक दलहरूले उपयुक्त ढंगले संयोजन गर्ने तथा बाँकी कामहरू आयोगले नै गर्ने कुरामा सचेत रहेको धारणा राखे ।

बालुवाटारमा ८ नेताको बैठक : शिक्षा विधेयकदेखि हाइड्रो व्यवसायीको गुनासोसम्म छलफल

विष्णु पौडेलको गुनासो- कुनै बेला एमालेले सिट्ठी फुकेको भरमा हजारौँ मानिस सडकमा आउँथे, अहिले देखिनै छाडे

सुदूरपश्चिममा संगठन सुदृढ-सक्रिय बनाउन जुट्यो एमाले, खटाइयो लीला र लालबहादुर

सरकारले प्रस्तुत गरेको बजेट सबैलाई समेट्ने गरी बनाएको छ : मन्त्री यादव

सञ्चालनमा आयो ग्वार्को ओभरपास, सवारी जाम घट्ने

ललितपुरको ग्वार्कोमा ३९ महिना लगाएर निर्माण गरिएको ओभरपास शुक्रबारदेखि सञ्चालनमा आएको छ ।

उक्त ओभरपासको शुक्रबार दिउँसो रिबन काटेर उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी नवराज अधिकारीले उद्घाटन गरेका छन् ।

ग्वार्को ओभरपास रिबन काट्न तयार (तस्बिरहरू)

देशमा बहुआयामिक र चौतर्फी ढंगले विकास गर्दैछौँ : प्रधानमन्त्री

प्रधानमन्त्रीले भने- देशमा चौतर्फी विकास हुँदैछ, आत्मनिर्भर बन्दैछ

राप्रपापछि रास्वपाले पनि बहिष्कार गर्‍यो संसद्

प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा बैठक बहिष्कार गरेको छ ।

भिजिट भिसा प्रकरणमा अघि सारेका माग सम्बोधन नभएको भन्दै रास्वपाले शुक्रबारको संसद् बैठक बहिष्कार गरेको हो ।

‘आज हामीले हाम्रो आवाज नसुन्ने, हामीलाई बोल्ने ठाउँ पनि नदिने, अवरोध छ चाँहि भन्ने, चर केही पनि सम्बोधन नगर्ने, त्यसैले हामीले आजको सदन बहिष्कार गरेका छौँ,’ संसद् भवन परिसरमा सञ्चारकर्मीसँग सांसद सुमना श्रेष्ठले भनिन् ।

दुई मन्त्रालयको बजेटमाथि शुक्रबार छलफल नहुने, कार्यसूचीबाट हटाइयो

कालो कपडा र निलो स्कार्फमा रास्वपाका सांसदहरू 

संसदीय अभ्यास : रास्वपालाई सिकाउने कि सिक्ने ?

रास्वपालाई एमालेको जवाफ- दलैपिच्छे सम्झौता गर्दैनौँ, माओवादीसँगको सहमतिअनुसार सदन चल्छ

भिजिट भिसाको विषय कुनै दल र नेताप्रति लक्षित छैन : मनिष झा

सभामुखसँग कांग्रेसको माग- रास्वपा सांसदहरूलाई संसद्‍बाट निष्काशन गरौँ

एमालेको आरोप- निजामती विधेयकमा माओवादीले राजनीति गर्न खोज्यो

गण्डकीमा सत्ताको चाबी बनेका मनाङेको राजनीतिक ‘इनिङ्स’ समाप्त

एमालेलाई आत्मसमीक्षा गर्न सुझाउँदै प्रकाश पौडेल भन्छन्- भोलि ‘मरेँ मरेँ’ भन्दा पनि कार्यकर्ताले साथ नदेलान्

अनेरास्ववियुको २४ औँ महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवार प्रकाश पौडेलले पछिल्लो समय नेकपा एमालेभित्र देखिएको संकटबारे गम्भीर टिप्पणी गरेका छन् ।

उनले पार्टीभित्र ‘आधिकारिक’ र ‘अनधिकृत’ भन्ने विभाजन सिर्जना गरिँदा समग्र संगठन कमजोर बन्दै गएको पनि बताएका छन् ।

बीपी राजमार्गमा १५ दिनसम्म यात्रु बोक्ने साधन राति चलाउन रोक

काभ्रे, सिन्धुली र रामेछापका अन्तरजिल्लास्थित सुरक्षा समन्वय समितिको बैठकले बीपी राजमार्गमा रातिको सवारी साधन सञ्चालनमा १५ दिनलाई रोक लगाउने निर्णय गरेको छ।

शुक्रबार मूल्कोटमा सम्पन्न बैठकले साँझ ६:३० बजेदेखि बिहान ५ बजेसम्म मालवाहक गाडीबाहेक अन्य सवारी साधनलाई रोक लगाउने निर्णय गरेको हो।

सिन्धुलीका प्रमुख जिल्ला अधिकारी लीला प्रसाद शर्माका अनुसार काभ्रे भञ्ज्याङदेखि सिन्धुलीको खुर्कोट खण्ड जोखिमपूर्ण मानिएकाले यस्तो निर्णय गरिएको हो ।

उनका अनुसार काठमाडौंबाट बाहिरिने सवारीलाई काभ्रे भञ्ज्याङ र काठमाडौंतर्फ जाने सवारीलाई सिन्धुलीको खुर्कोटमा रोकिनेछ ।

नागार्जुनका मेयर मोहन बस्नेत सम्पत्ति शुद्धिकरणमा दोषी ठहर

काठमाडौंको नागार्जुन नगरपालिकाका नगरप्रमुख मोहनबहादुर बस्नेत सम्पत्ति शुद्धिकर र घुस लेनदेन मुद्दामा दोषी ठहर भएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १४ पुस २०८१ मा दायर गरेको मुद्दामा विशेष अदालतका न्यायाधीशद्वय टेकनारायण कुँवर र रामबहादुर थापाले दोषी ठहर गरेका हुन् ।

रिहा भएपछि रवीन्द्र मिश्रले भने- न्यायालयप्रति आभारी छु

पत्रकार पाठकलाई पक्राउ नगर्न उच्च अदालत पाटनको अन्तरिम आदेश

राजुनाथलाई कारबाही नगर्न उच्च अदालतको आदेश

काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई निलम्बन कार्यान्वयन नगर्न उच्च अदालत पाटनले अन्तरिम आदेश दिएको छ ।

‘२०८२ जेठ २० गते को निलम्बन गरिएको पत्र कार्यान्वयन नगरी यथास्थितिमा राखी निवेदकलाई निजको पदमा रही कामकाज गर्न दिनू÷दिलाउनू भनी उच्च अदालत नियमावली नियम ४२ (१) बमोजिम विपक्षीहरूको नाउँमा अन्तरिम आदेश जारी गरी दिइएको छ,’ आदेशमा उल्लेख छ ।

कार्यभार सम्हालेपछि राजुनाथले भने- पुरानो कुरा बिर्सिन चाहन्छु

दैलेखमा ठूलो मात्रामा मिथेन ग्यास हुनसक्ने प्रारम्भिक अनुमान
पेट्रोलियम पदार्थको अनुसन्धानको क्रममा दैलेखमा ठूलो मात्रामा मिथेन ग्यास रहेको हुनसक्ने देखिएको छ । खानी तथा भूगर्भ विभागका प्रवक्ता दिनेशकुमार नापितका अनुसार चिनियाँ पक्षले लामो समयदेखि गरेको अनुसन्धानले दैलेखमा ठूलो मात्रामा ग्यास रहेको हुनसक्ने देखाएको हो ।

उनका अनुसार प्रारम्भिक अनुसन्धानले एक अर्ब १२ करोड घनमिटर क्षेत्रफलमा मिथेन ग्यास रहेको हुनसक्ने देखिएको छ । तर, ग्यासको व्यावसायिक उत्पादनको विषयमा भने थप अनुसन्धान गर्नुपर्ने उनले बताए ।

‘चिनियाँ अनुसन्धान पक्षले दिएको जानकारीअनुसार अनुसन्धान गरिएको ठाउँमा एक अर्ब १२ घनमिटर क्षेत्रमा ग्यास रहेको हुनसक्ने देखिएको छ, तर, यो प्रारम्भिक अनुमान हो, व्यावसायिक उत्पादनको सम्भाव्यताको विषयमा थप अध्ययन गर्नुपर्छ’, उनले भने । दैलेखको तीनवटा क्षेत्रमा पेट्रोलियम पदार्थ रहेको हुनसक्ने अनुमानमध्ये मुख्य धेरै सम्भावना भएको ठाउँमा चिनियाँ प्राविधिक टोलीले अध्ययन गरेको थियो । चिनियाँ पक्षले नेपाललाई सहयोग स्वरूप सम्झौता गरेर गरेको अध्ययनको समय सकिएर फर्किसकेको छ ।

जब इञ्जिनियरिङको परीक्षास्थलमा प्रहरी घुस्यो…

एक महिना हिँडेर काठमाडौं आएका बोहरालाई प्रधानमन्त्रीले नभेटेपछि‘
अनियमितता र भ्रष्टाचारविरुद्ध खबरदारी अभियान चलाउँदै सुर्खेतदेखि खाली खुट्टा काठमाडौं आएका नवराज बोहरा प्रधानमन्त्री कार्यालय पुगेका छन् । मंगलबार सिंहदरबारमा प्रधानमन्त्री केपी ओलीलाई भेट्न पुगेका बोहराले ओलीसँग भेट गर्न नपाएपछि मुख्यसचिवलाई आफ्ना कुरा राखेका छन् ।

बोहरा सोमबार सुर्खेतबाट ३० दिनमा काठमाडौं आएर कलंकी बास बेसेका थिए भने ३१ औँ दिन मंगलबार सिंहदरबार पुगेका हुन् । कर्णालीमा सुशासन निम्ति अनियमितता र भ्रष्टाचार विरुद्ध जनचेतनामुलक अभियान सुरु गर्दै बोहरा जेठ ४ गते सुर्खेतबाट पैदल हिँडेका थिए ।

बीपीका चिकित्सकले क्यान्सरका बिरामीको घरमै पुगेर उपचार गर्ने

इरानमाथि आक्रमणको विरोधमा इराकमा हजारौंको प्रदर्शन, तेहरानमा उच्च अधिकारी पनि निस्किए सडकमा

इरानमा सातादेखि जारी इजरायली आक्रमणको विरोधमा शुक्रबार हजारौँले प्रदर्शन गरेका छन् । छिमेकी इराक र इरानका विभिन्न शहरहरूमा हजारौं प्रदर्शनकारीहरू सडकमै ओर्लिएर प्रदर्शन गरेका हुन् ।

अमेरिका र इजरायलविरुद्ध नाराबाजी

इराकको राजधानी बग्दादको सदर सहरमा हजारौं प्रदर्शनकारीहरूले शुक्रबारको नमाजपछि अमेरिका र इजरायलविरुद्ध नाराबाजी गर्दै र्‍याली निकालेका छन्।

अनलाइनहरूमा सार्वजनिक गरिएको भिडियो फुटेजअनुसार सहभागीले इरानप्रति ऐक्यबद्धता जनाउँदै अमेरिकी हस्तक्षेपको कडा आलोचना गरे।

सदर सिटी (पूर्वनाम रिभोलुसन सिटी) करिब १० लाख जनसंख्या रहेको क्षेत्र हो, जहाँ अधिकांश शिया मुस्लिमहरू बसोबास गर्छन्।

विदेश जाने र विदेशबाट देश निकालामा पर्ने पाकिस्तानीको सङ्ख्या बढ्दै

इरानमा शासन परिवर्तनको चर्चा अस्वीकार्य : क्रेमलिन प्रवक्ता

बेलायती सैन्य बेसमा पसे प्रो-प्यालेस्टिनी कार्यकर्ता, दुई लडाकु विमानमा क्षति

टर्कीले सम्भावित युद्धका लागि थाल्यो सैन्य तयारी, एर्दोआन भन्छन्- नेतन्याहूले हिटलरलाई पनि उछिने
इजरायल–इरान युद्ध साता पुग्ने लाग्दा टर्कीले इरानसँगको सिमानामा सुरक्षा सतर्कता उच्च बनाएको छ।

रोयटर्स समाचार एजेन्सीसँग कुरा गर्दै टर्कीको रक्षा मन्त्रालयका एक अधिकारीले सम्भावित युद्धका लागि उच्च तयारी थालिएको बताएका छन् । अहिलेसम्म इरानबाट पलायन भएका मानिसहरूको ठूलो लहर आप्रवासनको लहर देखिएको छैन।अलजजिराले उल्लेख गरेअनुसार टर्कीले हाल स्वदेशमै निर्मित रडार र हतियारहरूलाई दुरूस्त राख्न थालेको छ ।

टर्कीले एकीकृत हवाई तथा क्षेप्यास्त्र सुरक्षा प्रणाली पनि विकास गरिरहेको छ। स्रोतका अनुसार टर्कीले सम्भावित युद्ध तयारीलाई उच्चस्तरमा राख्ने कामलाई तीव्र बनाएको हो । इजरायलले आफ्नो दक्षिणपूर्वी छिमेकी इरानमाथि हमला गरेपछि टर्कीका ‘क्विक रियाक्सन एलर्ट’ विमानहरू उडाइएको थियो ।

यी विमानहरूले इजरायलले हवाई क्षेत्र उल्लङ्घनको सम्भावनालाई ध्यानमा राख्दै सीमामा गस्ती तीव्र बनाएका छन् ।

दक्षिण–पश्चिम भारतमा सडक दुर्घटना, ९ जनाको मृत्यु

कम्बोडियाका पूर्वशासक हुन सेनसँगको गोप्य अडियो चुहिएपछि थाई प्रधानमन्त्री सिनावात्रालाई सङ्कट

रक्षा प्रणाली ध्वस्त पार्‍यौँ, अब इजरायलीहरुले विस्तारै मृत्युवरण गर्ने कि भागेर जाने ? : आईआरजीसी

ट्रम्पलाई जवाफ दिँदै आईएईए प्रमुखले भने- इरानले आणविक बम बनाइरहेको कुनै प्रमाण छैन

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार  ८ : १२ बजे

नेपाललाई हराउँदै स्कटल्याण्डले जित्यो टी–२०आई सिरिजको उपाधि

काठमाडौं – नेपाललाई हराउँदै स्कटल्याण्डले त्रिकोणात्मक टी–२० सिरिजको उपाधि जितेको

सङ्घीय निजामती विधेयक असारभित्रै आउने

रौतहट – सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले सङ्घीय

बनेपा नगरको बजेट रु एक अर्ब २४ करोड ६५ लाख

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकामा आगामी आर्थिक वर्ष २०८२/८३ का

नेपालले सस्तैमा गुमायो पाँच विकेट, कप्तान पनि आउट

काठमाडौं – त्रिकोणात्मक टी–२० सिरिजमा आयोजक स्कटल्यान्डले दिएको १९४ रनको

वामपन्थी ध्रुवीकरणका लागि नेताहरूबीच छलफल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता