आजका समाचार : ओली कानुनभन्दा माथि नभएको गृहमन्त्रीको भनाइ, विपिनको शव नेपाल ल्याइयो, कुकुर तिहार मनाइयो र पुटिनका सर्त नमाने युक्रेन ध्वस्त हुने ट्रम्पको चेतावनी | Khabarhub Khabarhub

आजका समाचार : ओली कानुनभन्दा माथि नभएको गृहमन्त्रीको भनाइ, विपिनको शव नेपाल ल्याइयो, कुकुर तिहार मनाइयो र पुटिनका सर्त नमाने युक्रेन ध्वस्त हुने ट्रम्पको चेतावनी


३ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

गृहमन्त्री अर्यालले भने- कानुन भन्दा माथि बस्ने छुट केपी ओलीलाई छैन

गृहमन्त्री ओमप्रकाश अर्यालले कानुन भन्दा माथि बस्ने छुट केपी ओलीलाई नभएको बताएका छन् । सोमबार सिंहदरबारमा जेन-जी आन्दोलनका घाइतेसँगको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै अर्यालले देशका हरेक नागरिकले कानुन मान्नुपर्ने भन्दै कानुन भन्दा माथि बस्ने छुट केपी ओलीलाई नभएको बताएका हुन् ।

उपत्यका छाड्न नपाउने निर्देशन सरकारको नभई छानबिन आयोगको भएको उनको भनाइ छ । त्यस्तै मन्त्री अर्यालले जेन(जी आन्दोलनका क्रममा लुटिएका हातहतियार राजनीतिक दलले राखेको भनेर आफूले नभनेको उल्लेख गर्दै हातहतियार सङ्ग्रह गर्ने चाहना राख्ने केही दल हुनसक्ने अभिव्यक्ति दिएको स्पष्ट पारे ।

मुलुक हिंसाको नभई अहिंसाबाटै अघि बढ्ने भएकाले शान्तिपूर्ण निर्वाचनको वातावरण बनाउन दलहरूमा चेत आउनुपर्ने उनको भनाइ छ । अर्यालले सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिएको समयमा दीपक खड्का देश बाहिर रहेको र अन्तर्वार्ता प्रकाशित भएका बेला स्वदेश फर्किएको दाबी समेत गरे । यसबारे स्वयं खड्कालाई नै प्रश्न गर्न उनले सञ्चारकर्मीलाई सुझाव दिए।

विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने व्यवस्था हटाउनुपर्छ : मन्त्री पुन

त्रिविको जग्गा खोजबिन समितिको प्रतिवेदन कार्यान्वयन गरिने

जलेको घरबाट पूर्व ऊर्जामन्त्री खड्काको प्रश्न : म देश छोडेर किन भाग्ने ?

वार्ताका क्रममा अपमानजनक व्यवहार भएको भन्दै निजी स्वास्थ्य संस्थाको आपत्ति 

म मात्रै होइन मेरो पार्टीका कोही भाग्दैनन्, सरकारमा बसेका पनि कोही भाग्दैनन् : दीपक खड्का

तिहार बिदामा बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ हुने

सुन्दर सपना बोकेर इजरायल गएका विपिन कफिनमा फर्किए

सुदूरपश्चिम विश्वविद्यालयको आठौँ सेमेस्टरमा अध्ययनरत कञ्चनपुरको भीमदत्त नगरपालिका–३ का २३ वर्षीय विपिन जोशी पढ्दै कमाउँदै कार्यक्रममार्फत् इजरायल पुगेका थिए ।

११ महिने प्रयोगात्मक सिकाइका लागि विपिनसहित ४९ जना नेपाली विद्यार्थी इजरायलको सेदोत नेगेभमा सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतार्ने तौरतरिका सिक्दै थिए ।

उनीहरू त्यहाँ पुगेको महिना दिनमै इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीच द्वन्द्व चर्कियो । लडाकुहरू स्थलमार्ग हुँदै आइपुगेकाले सुरक्षित स्थानमा बस्न सूचना दिएपछि विपिनसहित नेपाली विद्यार्थी किबुज अलुमिमको बङ्करमा गए ।

ज्यान जोगाउन बङ्करमा छरिएर बसेका उनीहरूले सन् २०२३ अक्टोबर ७ को बिहानैदेखि मिसाइल र आक्रमण भोग्नुपर्‍यो ।
आक्रमणका क्रममा १० नेपाली विद्यार्थीसहित १ हजार २ सय जनाले ज्यान गुमाए । बङ्करमा रहेका साथीहरूको ज्यान जोगाउन साहसका साथ लडाकुले हानेको ग्रिनेड टिपेर बाहिरै फ्याँकेका विपिनसहित २ सय ५१ जना हमासको नियन्त्रणमा परेका थिए ।

तीमध्ये घटनाकै दिन हमासको आक्रमणमा १० नेपाली विद्यार्थी मारिए । जसमा कैलालीको घोडाघोडी–४ का नारायणप्रसाद न्यौपाने, बझाङको जयपृथ्वी–६ का गणेशकुमार नेपाली, बौनिया–३, कैलालीका आशिष चौधरी, लेकम–५ दार्चुलाका दीपेशराज विष्ट, सपही–६, धनुषाका आनन्द साह, मधुवन–१, सुनसरीका राजेशकुमार स्वर्णकार, पाचनली–३, डोटीका राजन फुलरा, लमिखल–८, डोटीका पदम थापा, शारदा–३, सल्यानका प्रवेश भण्डारी र मालिकार्जुन–४ दार्चुलाका लोकेन्द्रसिंह धामीले ज्यान गुमाए ।

राष्ट्रिय झण्डा ओढाएर प्रधानमन्त्री कार्कीद्वारा विपिनलाई श्रद्धाञ्जली

विपिनको शव लिन विमानस्थलमै पुगे राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरु

नर्सका माग पूरा गराउन सातै प्रदेशमा कार्यदल गठन, तिहार बिदामा पनि काम गर्ने

तिहार पर्वले भाइचाराको सम्बन्धलाई थप प्रगाढ बनाउन सहयोग पुग्छः उपराष्ट्रपति

‘तिहारले जातजाति, भाषाभाषी र संस्कृतिलाई एकतामा बाँध्ने प्रयत्न गरेको छ’

भैरव बाहन गुल्ममा यसरी मनाइयो कुकुर तिहार

भक्तपुरको सानो ठिमीस्थित भैरव बाहन गुल्ममा सोमबार कुकुर तिहार मनाइएको छ ।

त्यस क्रममा सैनिक कुकुरहरूको पूजा तथा डग कला प्रदर्शन गरिएको थियो।

भैरव बाहन गुल्ममा यसरी मनाइयो कुकुर तिहार (तस्बिरहरू)

प्रहरीले मनायो कुकुर तिहार (तस्बिरहरू)

बारीमै महँगियो फूल, तेब्बर मूल्यमा बिक्री

तिहारमा पटाका पड्काउनेलाई कारवाही हुने

घुम्ती गोठको सुरक्षाका लागि कुकुर पाल्ने चलन

एक महिनामा ७५ हजार पर्यटकले गरे मुस्ताङको भ्रमण

मुस्ताङमा असोज महिनामा ७५ हजार ५९९ पर्यटकले भ्रमण गरेका छन्। दसैँ तथा तिहार पर्वको बिदा अवसरमा मुस्ताङ भ्रमण गर्ने पर्यटकको क्रेज बनेको छ । प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथको दर्शनसँगै हिमाली क्षेत्रको पृथक भूगोल, यहाँको मनोरम जैविक तथा प्राकृतिक सौन्दर्यता अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटक मुस्ताङ भ्रमण गर्न लालायित हुन्छन ।

यहाँको नेपाल–चीन बहुचर्चित उत्तरी कोरलानाका, लोमान्थाङ दरबार, छोसेर गुफा, ढुम्बाताल, ठिनी र जोमसोम र मार्फा बस्तीसँगै यहाँको निलगिरी र धौलागिरि हिमशृङ्खला अवलोकन गर्न पाउँदा जोकोही पर्यटकहरू मोहित नहुने त कुरै भएन ।

पछिल्लो समय मुलुकमा जेन-जी आन्दोलनका कारण उत्पन्न विषम परिस्थितिमा मुस्ताङको पर्यटन व्यवसाय चलायमान भइरहेको यहाँको पर्यटक तथ्याङ्कले देखाएको छ । चालु आर्थत वर्षको असोज महिना अवधिमा मात्रै राष्ट्रिय गौरवको बेनी(जोमसोम सडकमार्ग हुँदै ६५ हजार ७४० आन्तरिक पर्यटक र ९ हजार ८५९ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी प्रमुख डीएसपी छिरिङ किप्पा लामाले जानकारी दिए ।

दुई सय ४६ जनामा स्क्रब टाइफसको सङ्क्रमण

रूसका लागि लडिरहेका माओवादी पूर्वलडाकु बने सेक्सन कमान्डर

मेची भन्सारः तीन महिनामा चार अर्ब १५ करोड राजस्व सङ्कलन

६५ वर्षीय वृद्ध सामुदायिक वनमा मृत भेटिए

कैलालीका किसानलाई धानबाली भित्र्याउन भ्याइनभ्याइ

ललितपुरमा दुईवटा जुवाखालबाट १९ जना समातिए, १३ लाख बरामद

बोखिमका किसानलाई नौ हजार किलो उन्नत आलुको बीउ वितरण

अलैँचीको मूल्य पाउँदा किसान उत्साहित

जेलेन्स्कीलाई ट्रम्पको चेतावनी : पुटिनका सर्त स्वीकार नगरे रूसले युक्रेन ध्वस्त बनाउँछ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीलाई रूसका सर्त स्वीकार गर्न आग्रह गरेका छन्। उनले चेतावनीको भाषामा यदि युक्रेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका सर्त नमाने रूसले युक्रेनलाई ध्वस्त पार्ने बताएका छन् ।

यो कुराबारेको समाचार फाइनान्सियल टाइम्सले आइतबार छापेको छ । रिपोर्टका अनुसार शुक्रबार व्हाइट हाउसमा बन्द ढोकाभित्र भएको गोप्य बैठकमा ट्रम्पले जेलेन्स्कीलाई पूर्वी डोनबास क्षेत्र रूसलाई सुम्पिन सुझाएका थिए।

बैठकका क्रममा ट्रम्पले युक्रेनी सैन्य मोर्चाका नक्शासमेत टेबलमा फ्याँकेका थिए। बैठक केही क्षणमा झगडाझैँ माहोलमा पुगेको बताइएको छ, जहाँ ट्रम्प लगातार आक्रोशमा बोल्दै गालीगलौज समेत गरेका थिए।

रिपोर्ट अनुसार बैठकअघि एक दिन अर्थात् अक्टोबर १६ मा पुटिनले ट्रम्पसँग फोनमा कुरा गर्दै डोनबास क्षेत्र रूसलाई दिने सर्त अघि सारेका थिए।

लुभ्र सङ्ग्रहालयमा अमूल्य शाही गहना चोरी, फ्रान्सेली प्रहरीद्वारा तीव्र खोजी सुरु

चीनको कम्युनिष्ट पार्टीको उच्चस्तरीय आर्थिक बैठक सुरु

जापान पहिलो महिला प्रधानमन्त्रीको दिशामा, नयाँ गठबन्धन बन्न तयारी

‘बुडापेस्ट शिखर सम्मेलनमा पुटिन र ट्रम्प सहभागी हुन सक्ने सम्भावना’

चीनका प्रमुख व्यापार वार्ताकार ली चेङ्गाङ विश्व व्यापार संगठनको पदबाट हटाइए

गाजामा इजरायली हवाई आक्रमणपछि पनि युद्धविराम यथावत् : ट्रम्प




















प्रकाशित मिति : ३ कार्तिक २०८२, सोमबार  ७ : ३४ बजे

तनहुँ दुलेगौडास्थित एक घरमा आगलागी

दमौली – तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडास्थित एक घरमा आज साँझ

कारको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौं – काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–६ मुलपानी नर्लिङगेटस्थित सडकमा कारको

‘जेरी अन टप’को सुरुवाती व्यवसाय कस्तो ?

काठमाडौं – तिहारलाई लक्षित गरी गत असोज ३१ गतेदेखि प्रदर्शनमा

विपिन जोशीको शव परिवारलाई बुझाइयो

काठमाडौं – प्यालेस्टिनी कट्टरपन्थी समूह हमासको नियन्त्रणमा ज्यान गुमाएका विपिन

तनहुँमा एक पुरुष मृत फेला

तनहुँ – यहाँको व्यास नगरपालिका–४ शितलचोकस्थित भित्री सडकखण्डमा आज साँझ