सैद्धान्तिकसँगै सीप विकाससँग जोडेर शिक्षा दिनुपर्छः उपप्रधानमन्त्री सिंह « Khabarhub

सैद्धान्तिकसँगै सीप विकाससँग जोडेर शिक्षा दिनुपर्छः उपप्रधानमन्त्री सिंह


९ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

कैलाली – उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले विद्यार्थीलाई सैद्धान्तिकसँगै सीप विकाससँग जोडेर शिक्षा दिनुपर्ने बताएका छन् ।

टीकापुरस्थित वीरेन्द्र विद्या मन्दिर माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको अवसरमा आज यहाँ आयोजित कार्यक्रमको उद्घाटन गर्दै उनले टीकापुरलाई शैक्षिक नगरका रूपमा विकास गर्नुपर्ने धारणा राखे । उनले शैक्षिकस्तर सुधार गर्न विद्यालयको विकासमा सबै केन्द्रित हुनुपर्नेमा जोड दिए ।

“टीकापुरलाई शैक्षिक नगरका रूपमा विकास गर्न सबैले सहकार्य गर्न जरुरी छ । विद्यार्थीलाई सैद्धान्तिक पढाइसँगै सीप विकाससँग जोडेर विद्यालयतहदेखि शिक्षा दिनु आजको आवश्यकता हो”, उपप्रधानमन्त्री सिंहले भने । उनले प्रविधि तथा सीप विकासमा लगानी गरी दक्ष र सीपयुक्त जनशक्ति उत्पादनमा विद्यालय केन्द्रित हुनुपर्नेमा जोड दिए ।

टीकापुर ‘स्मार्ट सिटी’का रूपमा विकास हुन सुरु भएको भन्दै उनले शिक्षाका माध्यमबाट यसलाई अझ सशक्त बनाउनुपर्ने उहाँले धारणा राखे । “केही समय स्मार्ट सिटीका कार्यक्रमहरू अघि बढ्न सकेका छैनन्, आगामी दिनमा यसलाई निरन्तरता दिने प्रतिबद्धता गर्दछु”, उनले भने।

प्रकाशित मिति : ९ फाल्गुन २०८१, शुक्रबार  ८ : २० बजे

उपत्यकाबाट चोरी भई फेला परेका ५० मोटरसाइकल र स्कुटर धनीलाई हस्तान्तरण

काठमाडौं–  काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट

पाकिस्तानमा इमरान खानको पार्टीका २७८ सदस्य पक्राउ

पेशावर- पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा आपत्कालीन शासन लागू गरिएपछि जेलमा रहेका

बिमस्टेक बैठकमा भाग लिने कान्छा गृहमन्त्री सुधन गुरुङ

काठमाडौँ – बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको

राष्ट्रसेवकले पदीय दुरुपयोग गर्न हुन्न : महानिरीक्षक कार्की

काठमाडौं– नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले जनता प्रतिको कर्तव्य पूरा

साउदी अरबमाथि हुथीको आक्रमण प्रयास, ड्रोन र ब्यालिस्टिक क्षेप्यास्त्र नष्ट

रियाद- साउदी अरबलाई लक्षित गरी प्रहार गरिएका एक ड्रोन र एक