आजका समाचार : बन्यो जाँचबुझ आयोग, हटाइए हितेन्द्र शाक्य, सिंहदरबारमा घाइते जेन-जीको नाराबाजी र भ्रष्टाचार र नयाँ पेन्सन कानुनविरुद्ध पेरुमा आन्दोलन चर्कियो | Khabarhub Khabarhub

आजका समाचार : बन्यो जाँचबुझ आयोग, हटाइए हितेन्द्र शाक्य, सिंहदरबारमा घाइते जेन-जीको नाराबाजी र भ्रष्टाचार र नयाँ पेन्सन कानुनविरुद्ध पेरुमा आन्दोलन चर्कियो


५ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


381
Shares
  • change font
  • change font
  • change font

प्रधानमन्त्रीले भनिन्- जेन-जी आन्दोलनमा क्षति बेहोरेको निजी क्षेत्रलाई सहयोग गर्छु

प्रधानमन्त्री सुशीला कार्कीले जेन-जी आन्दोलनका क्रममा निजी क्षेत्रमा भएको तोडफोड तथा आगजनीका घटनाप्रति दुख व्यक्त गर्दै निजी क्षेत्रलाई सहयोग गर्ने प्रतिबद्धता जनाएकी छन् ।

आइतबार सिंहदरबारमा उद्योगी व्यवसायी संघ संस्थाका साथै औद्योगिक घरानाका प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री कार्कीले आफू सदैव निजी क्षेत्रको साथमा रहेको भन्दै पुनरुत्थानका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएकी हुन् ।

लामो समयदेखि जीर्ण अवस्थामा रहेका आयोजना राख्न हुँदैन : मन्त्री घिसिङ

राष्ट्रपतिबाट नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण

राष्ट्रपतिसमक्ष लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेस

‘जनताको उद्धारमा देखिएन यातायात मन्त्री घिसिङको चमत्कार’

जेन-जी प्रदर्शनमा दार्चुलाका आठवटा कार्यालयमा क्षति

ऊर्जामन्त्री घिसिङको वाचा : निराशा हटाउँछौँ, सुशासनका लागि कसैसँग सम्झौता हुँदैन

मुलुकमा सुशासन कायम गर्न कुनै सम्झौता हुँदैन : मन्त्री घिसिङ

सरकारले प्राधिकरणबाट हितेन्द्र शाक्यलाई हटायो, नयाँ कार्यकारी निर्देशकमा मनोज सिलवाल

सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई हटाएको छ ।

उनलाई जलतथा ऊर्जा आयोगको विशिष्ठ श्रेणीको पदमा सरूवा गरेर पूर्वउपकार्यकारी निर्देशक मनोज सिलवाललाई नयाँ कार्यकारी निर्देश बनाइएको छ।

बक्यौता उठाउने कुलमानको निर्णयलाई बोर्ड बैठक बसेर कार्यान्वयन गर्छौँ : हितेन्द्रदेव

सीआईबी प्रमुखको जिम्मेवारी डा. मनोज केसीलाई

जेन-जी आन्दोलन : गौरीबहादुर कार्कीको नेतृत्वमा तीन सदस्यीय जाँचबुझ आयोग गठन

पाँच बुँदे प्रस्तावसहित ज्ञानेन्द्र शाहीले भने- केवल कुर्सी फेरिँदैमा जनताको जीवनस्तर सुध्रिँदैन

सशस्त्र प्रहरी बल गृहमन्त्रीले भने- कार्यक्षेत्रमा उच्च मनोबल र हौसलाका साथ परिचालित हुनुस्

शान्ति समाजले भन्यो- केपी ओली र रमेश लेखकलाई तत्काल कारबाही थाल

जेन-जी आन्दोलनपछि पहिलोपटक बस्यो माओवादी केन्द्रको पदाधिकारी बैठक

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको पदाधिकारी बैठक बसिरहेको छ । पार्टी कार्यालय पेरिसडाँडामा बैठक जारी रहेको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ।

जेन-जी आन्दोलनपछि औपचारिक रूपमा पहिलो पटक माओवादीको बैठक बसेको हो।

आजको बैठकमा जेन-जी आन्दोलनको असरबारे विभिन्न समीक्षा, संसद् विगठन तथा अन्तरिम सरकारको वैधानिकताबारे छलफल हुने बुझिएको छ।

‘जेन-जी विद्रोहको पहिलो कारण कांग्रेस–एमालेको कुशासन, दोश्रो भूराजनीति’

कांग्रेसका ६ भाइ फेरि जुटे चाक्सीबारीमा

गगनप्रति कांग्रेस प्रवक्ताको आक्रोश : अभिभावकमाथि आक्रमण हुँदा उपचार पनि पर्खन नसक्ने ?

‘लोकतन्त्रको रक्षाका लागि कांग्रेस एकजुट हुनुपर्छ’

सिंहदरबारमा घाइते जेन-जीको नाराबाजी र विरोध, प्रधानमन्त्री कार्यालय छिरे सुदन गुरूङ

जेन-जी आन्दोलनका घाइतेहरूले अहिले दिनहुँजसो सिंहदरबार घेर्न थालेका छन् । शुक्रबार सिंहरदरबारको दक्षिण गेटमा धर्ना दिएका जेन-जीले आइतबार पनि विरोध र नाराबाजी जारी राखे ।

आइतबार दक्षिण गेटबाट छिर्न नपाएपछि जेन-जीको समूह त्यहीँ धर्ना बस्यो । भदौ २३ र २४ गतेको आन्दोलनको घाउ निको नहुँदै पुगेका जेन-जी कसैले रिपोर्ट बोकेका थिए भने कोही बैशाखीमा थिए ।

उनीहरू आइतबार दिउँसो सिंहदरबार दक्षिण गेटमा पुगेर गृहमन्त्री ओमप्रकाश अर्याल र प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न चाहेका थिए ।

गृहमन्त्रालयमा मन्त्रीसँग भेट भएपछि जेन-जीहरू बाहिरिने क्रममा नाराबाजी गरेका देखिए । उनीहरूले गृहमन्त्री ओमप्रकाश अर्याललाई मागपत्र बुझाए । जेन-जीहरूले प्रधानमन्त्री कार्यालयबाट निस्किँदासमेत नाराबाी गरे । उनीहरूले हामी नेपालीका संयोजक सुजन गुरुङलाई असवरवादीको संज्ञा दिँदै नाराबाजी गरे ।

प्रधानमन्त्रीलाई आमा विपिनकी बहिनीको गुहार- हाम्रो पीडा तपाईंले बुझ्नु हुन्छ

दुई हजारभन्दा बढी गोलीका खोकासहित दुई जना पक्राउ

पर्साका बाल सुधारगृहका ५० जना बालबिज्याइँकर्ता फरार

पालमुनि यसरी हुँदैछ सर्वोच्चमा बहस (तस्बिरहरू)

सजाइयो शक्ति पीठहरू (तस्बिरहरू)

हिन्दुहरूको महान् चाड बडा दशैँको आगमनसँगै शक्ति पीठहरू झिलिमिली बत्तीहरू सजाइएको छ ।

नक्साल भगवती मन्दिर, मैतीदेवी मन्दिर, कालिका स्थानलगायत देवी मन्दिर सजाइएको छ ।

जमरा राख्न सर्दाम किनिसक्नु भयो त ? (तस्बिरहरू)

तुइन खोलाको पहिरो पन्छाएपछि एकतर्फी खुल्यो नारायणगढ-मुग्लिन सडक

जिल्ला प्रशासन कार्यालय चितवनबाट नागरिकतासम्बन्धी सेवा सुरु

एनएचआरसीको भवनबाट सेवा दिँदै स्वास्थ्य मन्त्रालय (तस्बिरहरू)

श्रीमतीको ज्यान लिएका सन्तबहादुर : एक महिना थियो बाँकी सजाय, नख्खुबाट भागेर गरे अर्को जघन्य अपराध

जेन-जीको आन्दोलनका क्रममा गत भदौ २४ गते ललितपुरको नख्खु कारागारबाट भागेका सन्तबहादुर तामाङले केवल एक महिना मात्रै सजाय भुक्तान गर्न बाँकी रहेको खुलेको छ।

बलात्कार अभियोगमा तीन वर्ष सजाय पाएर नख्खुमा थुनिएका सन्तबहादुरले जेलबाट भागेपछि काभ्रेस्थित घर पुगेर पत्नीको ज्यान लिएका छन् ।

नख्खुबाट भागेर काभ्रेको पनौती नगरपालिका-१२ कलाँतीस्थित घरमा लुकेर बसेका उनी त्यहाँ गएदेखि नै पत्नीसँग झगडा गरिरहेको छिमेकीले बताएका छन् ।

जेलबाट भागेर गएदेखि नै झगडा गरिरहेका ३७ वर्षीय सन्तबहादुरले कम्तीमा पनि तीन दिनअघि नै ३१ वर्षीया पत्नी जमुना तामाङको ज्यान लिएर फरार भएको खुलेको छ।

नख्खु कारागारबाट भागेका कैदीले घर पुगेर गरे श्रीमतीको हत्या

देशका विभिन्न ठाउँमा सडक अवरुद्ध, बीपी राजमार्ग रातिको समयमा बन्द रहने

काठमाडौंको माछापोखरीमा बस दुर्घटना हुँदा २० जना घाइते (तस्बिरहरू)

अफगानिस्तानद्वारा पाँच करोड ६० लाख डलर मूल्यका छ परियोजना स्वीकृत

अफगानिस्तानको तालिवान सरकारद्वारा पाँच करोड ६० लाख डलर मूल्यका छ परियोजना आइतबार स्वीकृत गरेको छ।

अफगानिस्तानको राष्ट्रिय खरिद आयोगले पूर्वाधार, स्वास्थ्य सेवा र आर्थिक अवसरहरू बढाउनका लागि ३.८ अर्ब अफगानी अर्थात् पाँच करोड ६० लाख ४० हजार अमेरिकी डलर मूल्य बराबरका छ वटा विकास परियोजनाहरूलाई अनुमोदन गरेको आर्थिक मामिलाका लागि उपप्रधानमन्त्रीको कार्यालयले आइतबार घोषणा गरेको छ।

उपप्रधानमन्त्री मुल्लाह अब्दुल गनी बरादरको अध्यक्षतामा बसेको आयोगले छ वटा प्रमुख पहललाई अनुमोदन गर्नुअघि विभिन्न क्षेत्रका ३० वटा प्रस्तावहरूको समीक्षा गरेको थियो ।

परियोजना अन्तर्गत पूर्वी कुनार प्रान्तमा २०० शय्याको अस्पताल निर्माण गर्ने, पक्टिका प्रान्तमा हरितगृह स्थापना गर्ने, उत्तरी फर्याब प्रान्तमा २५ किलोमिटर सडक निर्माण गर्ने र विभिन्न प्रान्तमा विद्युत् कम्पनीहरूलाई विद्युतीय उपकरण आपूर्ति गर्ने योजना रहेको छ ।

भ्रष्टाचार र नयाँ पेन्सन कानुनविरुद्ध पेरुमा आन्दोलन चर्कियो, लिमा शहरमा प्रहरीसँग झडप

टिकटकको अमेरिकी बोर्डमा अमेरिकाकै प्रभुत्व: ट्रम्पसँगको वार्तामा सीले जनाए सहमति

चीनको चियुवानमा पहिलो ‘महान् संस्कृति तथा कला सप्ताह’ सुरू

प्रकाशित मिति : ५ आश्विन २०८२, आइतबार  ८ : १४ बजे

नयाँ मन्त्रीहरुको सपथ सोमबार हुने

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् थप विस्तार गर्दै पाँच

सिंहदरबारमा सुजन गुरुङ भन्छन् : संविधान खारेज गर्दा देशमा भारत आउने डर भयो

काठमाडौं — जेन-जी आन्दोलन हाइज्याक गरेको आरोप झेलिरहेका हामी नेपालका

कञ्चनपुर कारागारबाट भागेकामध्ये तीन सय २२ कैदीबन्दी फिर्ता

कञ्चनपुर – ‘जेनजी’ प्रदर्शनका क्रममा कञ्चनपुर कारागारबाट भागेकामध्ये ३२२ जना

प्यालेस्टाइनलाई बेलायतले पनि एक राज्यकारूपमा मान्यता दिने

लन्डन – गाजा युद्धलाई लिएर इजरायललाई दबाब दिन धेरै राष्ट्रहरू

राष्ट्रपतिसमक्ष अख्तियारको वार्षिक प्रतिवेदन पेस

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक