राजनीतिमा फर्किने पूर्वराष्ट्रपतिको प्रयासलाई स्वीकारेनन् ओलीले, पार्टीले निर्णय नगरी सदस्यता नवीकरण नहुने घोषणा « Khabarhub

राजनीतिमा फर्किने पूर्वराष्ट्रपतिको प्रयासलाई स्वीकारेनन् ओलीले, पार्टीले निर्णय नगरी सदस्यता नवीकरण नहुने घोषणा


६ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


477
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा फर्किने कुरालाई पूरै नकारिदिएका छन् ।

तीन दिनदेखि जारी केन्द्रीय कमिटी बैठकलाई समापन सम्बोधनका क्रममा उनले पूर्वराष्ट्रपतिको राजनीतिमा फर्किने कुरालाई सदस्यता नवीकरणमा लगेर अड्काइदिएका हुन् ।

भण्डारीलाई ‘गणतन्त्र गौरव’को सम्मान दिइएकोसमेत स्मरण गर्दै उनले पार्टीको राजनीतिभन्दा माथि रहेर बस्नुपर्ने धारणा ओलीले बैठकमा राखेका छन् ।

उनले पार्टी विधानको धारा ८ र ९ उद्धृत गर्दै पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरण नै त्रुटिपूर्ण रहेको बताएका हुन् ।

‘हाम्रो पार्टीको विधानको धारा ८ र ९ अनुसार पूर्वराष्ट्रपतिको संगठित सदस्यता नवीकरण गरेको कुरा नै त्रुटिपूर्ण छ’, उनले भने, ‘उहाँको संगठित सदस्यता पार्टीले निर्णय नगरेसम्म नवीकरण हुन सक्दैन । उहाँले सदस्यता त्यागिसकेको अवस्थामा पार्टीले नयाँ निर्णय गरेर मात्रै नवीकरण सम्भव हुन्छ ।’

भण्डारीले पार्टीको ११ औँ महाधिवेशनबाट नेतृत्व लिने तयारीसहित गत असार १४ गते राजनीतिमा फर्किएको घोषणा गरेकी थिइन् । तर एमालेले विधानको प्रावधानको किचलो झिकेर तगारो हालेको छ ।

के छ विधानको धारा ८ र ९ मा ?

ओलीले मंगलबार राति पनि पार्टीको विधानको धारा ८ र ९ लाई नै उद्धृत गर्दै भण्डारीलाई रोक्ने घोषणा गरेका हुन् । धारा ८ को उपधारा (१) को ‘क’ मा पार्टी सदस्यता समाप्त हुने विषयमा भनिएको छ, ‘स्वेच्छाले सदस्यता त्याग गरेमा ।’

त्यही धाराको उपधारा ३ मा भनिएको छ, ‘स्वेच्छाले सदस्यता परित्याग गरेको व्यक्तिले पुनः सदस्यता लिन चाहेमा सुरु प्रक्रिया गरी सदस्यता लिन सक्नेछ ।’

एमालेले भण्डारी पहिलोपटक राष्ट्रपति बनेपछि स्वेच्छाले सदस्यता त्यागेको निष्कर्षसहित पुनः प्राप्तिका लागि सुरूबाटै प्रक्रिया गर्नुपर्ने तर्क झिकेर राजनीतिमै आउन नदिने भएको हो ।

धारा ९ को उपधारा (३) मा अर्को कुरा भनिएको, ‘पार्टीले विशेष काममा खटाएको सदस्य कुनै कमिटी वा निकायमा संगठित नरहे पनि निजको सदस्यता कायम रहनेछ ।’

भण्डारीले स्वेच्छाले सदस्यता त्यागेको भन्दै पुनः सदस्य बन्न सुरु प्रक्रियाबाट जानुपर्ने तर्क अध्यक्ष ओली र उनीनिकटकाले गरेका छन् । भण्डारीले भने पार्टीले आफूलाई विशेष जिम्मेवारीमा पठाएकाले त्यो सकिएपछि २०८१ वैशाख १ गते नै सदस्यता नवीकरण गरिसकेको बताएकी छन् ।

भण्डारीका हकमा तगारो हालेको एमालेले अन्य नेताका हकमा यो प्रावधान लागू गरेको छैन । संविधानसभाको अध्यक्षदेखि सभामुखसम्म बनेका स्वर्गीय सुवास नेम्वाङ र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिना एमालेले पार्टीमा फर्किन रोकेन । नेम्वाङ पार्टी सदस्यता त्याग गरी पछि पुनः नवीकरण गरेर १०औँ राष्ट्रिय महाधिवेशनमा उपाध्यक्ष निर्वाचित भएका थिए ।

प्रकाशित मिति : ६ श्रावण २०८२, मंगलबार  ११ : ४५ बजे

राष्ट्रपति पौडेलद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले ‘सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३’ जारी

मोदी प्रमुख अतिथि रहने एनएक्सटी समिटमा रेनु दाहाल वक्ता

काठमाडौं- भरतपुर महानगरपालिकाकी पूर्वप्रमुख रेनु दाहालले भारतमा आयोजना हुने प्रतिष्ठित

एमआरपी स्टिकर नटाँसिएका सामग्रीको भन्सार जाँचपास बन्द

रसुवा- चीनबाट आयात गरिएका व्यवसायिक सामग्रीको भन्सार जाँचपास प्रक्रिया रसुवा

गगनले भने : सीमा क्षेत्रमा ‘१०० रुपैयाँ भन्सार’ नियम अव्यवहारिक, सर्वसाधारण अनेक सास्ती भोग्दैछन्

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भारतसँगको सीमावर्ती क्षेत्रमा लागू

डोजर नपुग्दै बाटो लागे धोबी खोलाका सुकुम्वासी (तस्बिरहरू)

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको सरकारले डोजर लगाउने भएपछि काठमाडौंको बूढानीलकण्ठस्थित