राष्ट्रपतिसमक्ष सरकारको वार्षिक प्रतिवेदन पेस
राष्ट्रपति रामचन्द्र पौडेललाई प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको वार्षिक प्रतिवेदन पेस गरेका छन् ।
ओली राष्ट्रपति भवन, शीतल निवास पुगेर प्रतिवेदन पेस गरेका हुन् ।
नेपालको संविधानको धारा ५३ एवम् सुशासन व्यवस्थापन तथा सञ्जाल ऐन ऐन, २०६४ को दफा ४१ बमोजिमको नेपाल सरकारको वार्षिक प्रतिवेदन निकाल्ने गर्छ ।
सरकारको प्रतिवेदन बुझ्दै राष्ट्रपतिले भने- सुशासन र समतामूलक समाज निर्माणमा तदारुकता आवश्यक
प्रधानमन्त्री भन्छन्- विकासको गतिमा देश अगाडि बढिसकेको छ
सरकारलाई गलत काम गर्ने छुट छैन : कृषिमन्त्री अधिकारी
जनअपेक्षा बमोजिम निर्णय गरी प्रक्रिया अगाडि बढाउनुपर्छ : मुख्यमन्त्री कँडेल
ज्ञानेन्द्र शाह राजा बन्न लायक छैनन् : देउवा
ओलीसहितका नेताको निर्देशनविपरीत निर्वाचन माग्दै चौतारीमा हस्ताक्षर अभियान

नेकपा एमालेनिकट पत्रकारहरूको संगठन प्रेस चौतारी नेपालको नयाँ नेतृत्व चयन प्रक्रिया निर्वाचनसम्म लैजान हस्ताक्षर अभियान सुरू भएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओली, चौतारीका इन्चार्ज राजेन्द्र गौतम र जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकालको निर्देशनविपरीत निर्वाचन गराउन मागसहित हस्ताक्षर अभियान थालिएको हो ।
अध्यक्षमा दाबी गरिरहेका वर्तमान उपाध्यक्ष राजेश राईका समर्थक प्रतिनिधिहरूले नयाँ नेतृत्व चयन प्रक्रिया निर्वाचनबाट गर्नुपर्ने मागसहित महाधिवेशन स्थलमा फ्लेक्स ब्यानर राखेर हस्ताक्षर संकलन गरेका हुन् । उक्त अभियानको पक्षमा अहिलेसम्म डेढ सय बढी प्रतिनिधिले हस्ताक्षर गरिसकेका छन् ।
अस्कलमा अनेरास्ववियुको प्यानल विजयी, अध्यक्षमा रुद्रहरी पोखरेल
प्रत्येक प्रदेशमा नमूना हिरासत बनाउन सरकारलाई निर्देशन
७ महिनामा साढे ३ लाख बढीले व्यक्तिगत स्थायी लेखा नम्बर
पूर्वसूचना प्रणालीलाई सुदृढ बनाउन सरकार क्रियाशील : उर्जामन्त्री खड्का
एमालेनिकट पत्रकारलाई गौतमले भने- एक बित्ता नउफ्रिए हुन्छ, यो पत्रकार महासंघको चुनाव होइन

नेकपा एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पार्टीनिकट पत्रकारहरूलाई नयाँ नेतृत्व चयन सर्वसम्मतिबाटै गर्नुपर्ने बताएका छन्
विराटनगरमा आइतबार सुरू एमालेनिकट पत्रकारहरू संलग्न प्रेस चौतारी नेपालको दशौँ महाधिवेशन उद्घाटन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् ।
गौतमले अहिले नेपाल पत्रकार महासंघको चुनाव नभई एमाले निकटहरूको महाधिवेशन भएकाले कोही पनि आफूखुसी उफ्रिएर हिँड्न नहुने बताएका छन् ।
‘अहिले यहीँ महाधिवेशन स्थलमा केही केही साथीहरू एक बित्ता उफ्रिएर पैरवी गरिरहेका छन्’, उनले भने, ‘नेतृत्वमा पुग्ने इच्छा छ भन्ने कुरा पनि होला । तर प्रेस चौतारीको नेतृत्व चयनमा पार्टीसमेत इन्भल्भ हुन्छ । सबैले ख्याल गरौँ, यो नेपाल पत्रकार महासंघको चुनाव होइन ।’
भारतले बिजुली नदिए अहिले पनि लोडसेडिङ हुन्छ : शंकर पोखरेल
महासचिव पोखरेलको निर्देशन : प्रेस चौतारीको नयाँ नेतृत्व चुनाव होइन, सहमतिबाट गरौँ
एमाले मोरङको चुनाव सम्झाउँदै विनोद ढकालले भने : चौतारीले पनि अलग सन्देश देओस्
शेरधनको तर्क : ०८४ मा एकल बहुमत ल्याएर एमालेले २५ वर्ष देश हाँक्नु पर्छ
सञ्चारमन्त्रीले भने- सार्वजनिक सेवा प्रवाह चुस्त बनाउन सुशासन प्रवर्द्धनसम्बन्धी ऐन ल्याइएको हो
पृथ्वीनारायण क्याम्पसमा २८९७ मत खस्यो

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले मुलुकमा सुशासन प्रवर्द्धन र सार्वजनिक सेवा प्रवाहमा बाधा देखिएका विद्यमान ऐन संशोधन गर्न सरकारले सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक ल्याएको स्पष्ट पारेका छन् ।
राष्ट्रियसभाको आजको बैठकमा ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्तावमाथिको छलफलमा उठेका जिज्ञासाको जवाफ दिँदै मन्त्री गुरुङले भने, ‘विधेयकमा अत्यन्त सकारात्मक र राम्रा प्रावधान समेटिएका छन्, यसले सेवा प्रवाह अझ प्रभावकारी बन्छ, यसमा विरोध गर्नुपर्ने कुनै ठाउँ नै छैन ।’
सुशासन कायम तथा प्रभावकारी सार्वजनिक सेवा प्रवाह आजको आवश्यकता भएको उल्लेख गर्दै मन्त्री गुरुङले प्रस्तुत विधेयकलाई पारित गरेर सहयोग गर्न आग्रह गरे ।
सैद्धान्तिक छलफलमा सांसदहरु डा बेदुराम भुसाल, कृष्णबहादुर रोकाया, तुलसाकुमारी दाहाल, गोपीबहादुर सार्की अछामी, तुलप्रसाद विश्वकर्मा, युवराज शर्मा, इन्दिरादेवी गौतम, गङ्गाकुमारी बेल्वासे, राजेन्द्रलक्ष्मी गैरे, डा अञ्जान शाक्य, तारामान स्वाँर, भुवनबहादुर सुनार, गोपाल भट्टराई, रेणु चन्द, विष्णुबहादुर विश्वकर्मा, शारदादेवी भट्ट, सुरेशकुमार आले मगर र श्रीकृष्णप्रसाद अधिकारीले भाग लिएका थिए ।
राष्ट्रियसभाबाट सहकारीसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक स्वीकृत
दीपक मल्लिकको घर भत्काइएको विषय छानबिन गर्न संसदीय समिति गठनको माग
बालेन्द्रले प्रकाशमानलाई भने- मलाई हराउने नाममा देश नहराउनू

काठमाडौं महानगर पालिका प्रमुख बालेन्द्र शाह (बालेन) ले सहरी विकास मन्त्री प्रकाशमान सिंह माथि प्रश्न गरेका छन् ।
शाहले सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै अव्यवस्थित बस्ती हटाउने, कपन खोलालाई व्यवस्थित गर्ने, बालमन्दिर बचाउने, सार्वजनिक सम्पत्ति जोगाउने प्रयास गर्ने कुरा सधैँ कुरामै रहेको भन्दै प्रश्न गरे । उनले आफूलाई हराउने नाममा आफ्नो सहर, क्षेत्र, र देश नहराउन समेत अनुरोध गरेका छन् ।
‘माननीय सहरी विकास मन्त्री प्रकाशमान सिंहज्यु, अव्यवस्थित बस्ती हटाउने, कपन खोलालाई व्यवस्थित गर्ने, बालमन्दिर बचाउने, सार्वजनिक सम्पत्ति जोगाउने प्रयास गर्ने कुरा सधैँ कुरामै रह्यो । कहिले गर्ने हो ?’ बालेनले भनेका छन्, ‘मलाई हराउने नाममा आफ्नो सहर, क्षेत्र, र देश चाहिँ नहराउनु होला।’
कार्यपालिका बैठक बोलाउन वडा अध्यक्षले बुझाए बालेन्द्रलाई पत्र
मुख्यमन्त्री सिंहले गरे जनकपुरधामका होटल अनुगमन
महासंघबाट सांसद बनाउन एमाले निकट किसान संगठनको माग
पाँच दिनदेखि बेपत्ता भएका भारतीय युवक कालीगण्डकीमा मृत फेला
वीरगञ्ज क्षेत्रमा अब भरपर्दो बिजुली, तीन सबस्टेसन जडान अन्तिम चरणमा

बारा र पर्सा जिल्लास्थित औद्योगिक करिडोर र आम उपभोक्ताको विद्युत् आपूर्तिलाई पर्याप्त, भरपर्दो र गुणस्तरीय बनाउन उच्च क्षमताका तीनवटा सबस्टेसनहरूको निर्माण अन्तिम चरणमा पुगेको छ ।
बाराको अमलेखगञ्ज तथा प्रसौनी र पर्साको वीरगञ्जमा निर्माणाधीन १३२ केभी क्षमताका तीनवटा सबस्टेसन निर्माण अन्तिम चरणमा पुगेको नेपाल विद्युत प्राधिकरणले जानकारी दिएको हो ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्थलगत अनुगमन गरी सबस्टेसन र प्रसारण लाइन निर्माण जतिसक्दो छिट्टो सम्पन्न गर्न आयोजना व्यवस्थापन र निर्माण व्यवसायीलाई निर्देशन दिए ।
वीरगञ्ज क्षेत्रको विद्युत् माग एवम् आपूर्ति व्वस्थापन र भारतसँगको विद्युत् व्यापारका लागि निर्माणाधीन प्रसारण लाइन तथा सबस्टेसन महत्पूर्ण रहेको उल्लेख गर्दै कार्यकारी निर्देशक घिसिङले यस्तो अवस्थामा संवेदनशील र जिम्मेबार भएर निर्धारित समयमै काम सम्पन्न गर्न आग्रह गरेका हुन् ।
कागबेनी स्नानस्थल जोखिमपूर्ण, नदीले बगाएकी महिलाको उद्धार गर्ने सेना सम्मानित
कर्णालीलाई १० अर्ब ७६ करोड समानीकरण अनुदान
प्राधिकरणबाट एकीकृत निर्देशिका तयार पार्ने काम भइरहेको छ : अध्यक्ष ओझा
सुन्तलाको जुस बनाएर अतिरिक्त आम्दानी
टाउकाको मोल नै एक अर्ब ३७ करोड तोकिएका हक्कानी अब अमेरिकाका मित्र ?

अमेरिकी सेनाको बलियो उपस्थितिलाई नाकाम सावित गर्दै विद्रोही तालिबानले सन् २०२१ अगष्ट १५ मा अफगानिस्तानको राजधानी काबुलको सत्ता कब्जा गर्यो ।
कट्टरपन्थी इस्लामिक समूह तालिबानको शक्तिको प्रमुख आधारमध्ये एक थियो – हक्कानी नेटवर्क !
सोही हक्कानी नेटवर्कका नेता सिराजुद्दिन हक्कानीले अमेरिकी सेनालाई लडाइँको मैदानमा हराबरा खेलाएका थिए ।
व्यापक जमिनी र हवाई आक्रमण गर्दासमेत तालिबानलाई कमजोर पार्न नसकेपछि सिराजुद्धिनका हकमा अमेरिकाले व्यक्ति हत्याको बाटो समात्यो ।
उनको टाउकाको मोल एक करोड अमेरिकी डलर (आजको विनिमयदर अनुसार नेपाली रुपैयाँ एक अर्ब ३७ करोड) तोक्यो ।
किएभमा रूसी आक्रमण : कम्तीमा तीन जनाको मृत्यु, १० घाइते
यमनी विमानस्थलमा अमेरिकी आक्रमण : हुथी
अमेरिकामा गोली चल्दा तीन जनाको मृत्यु, १५ घाइते
प्रतिक्रिया