आजका समाचार : एमालेले रोक्दैमा विद्या भण्डारी नरोकिने, जनार्दनले सिँगौरी खेलेको प्रचण्डको आरोप र जापान-अमेरिका व्यापारिक सम्झौता | Khabarhub Khabarhub

आजका समाचार : एमालेले रोक्दैमा विद्या भण्डारी नरोकिने, जनार्दनले सिँगौरी खेलेको प्रचण्डको आरोप र जापान-अमेरिका व्यापारिक सम्झौता


७ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : 5 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

ओलीलाई च्यासलमा स्टालिनसँग तुलना !
नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले राष्ट्राध्यक्ष र नेपाली सेनाको परमाधिपति समेत भइसकेको अवस्थामा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी दलीय राजनीतिमा फर्किन नहुने भन्दै रोक लगाएको छ । मंगलबार मध्यराति सम्पन्न केन्द्रीय कमिटीको बैठकले संविधानको पालना गराउने, राष्ट्राध्यक्ष भइसकेको र गणतन्त्रको प्रतीकलाई दलको नेता बनाउने विषय सुहाउँदो नभएको निष्कर्ष निकालेको पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।

‘पूर्वराष्ट्रपति देशको राष्ट्राध्यक्ष, राष्ट्रिय एकताको प्रतीक, देशको अभिभावक हो’, गौतमले भने, ‘यस्तो व्यक्ति राजनीतिक दलको नेता कार्यकर्ता हुने कुरा स्थापित मूल्यमान्यता अनुसार हुँदैन। यसले संविधान, मर्म र भावना विपरीत हुन्छ भन्ने केन्द्रीय कमिटिको निष्कर्ष निकालेको छ।’

बैठकले ७० वर्षको उमेर हद र दुई कार्यकालको सीमालाई पनि हटाएर ओलीलाई पार्टी अध्यक्ष बन्ने बाटो खुला गरिदिएको छ। यो निर्णयले आगामी भदौमा हुने विधान अधिवेशनले पास गरेपछि वैधता पाउने छ।

पूर्वराष्ट्रपतिको हकमा जनताले उठाउन सक्ने प्रश्न, प्रणाली माथि उठ्न सक्ने प्रश्नलाई रोक्न पार्टीको सक्रिय राजनीतिमा आउन हुँदैन भन्ने निष्कर्षमा पुगेको गौतमले मध्यराति बताएका थिए । राष्ट्रपति जस्तो गरिमामय पदमा पुगेको व्यक्ति कुनै पार्टीको झण्डा बोकेर हिँड्नु हुँदैन भनेर यो निर्णयमा पुगिएको गौतमले सुनाएका थिए ।

ओली वृत्तको ‘डिक्टेटर्स डाइलेमा’

आफूसँग प्रतिस्पर्धा गर्न तयार पूर्वराष्ट्रपतिलाई रोक्ने ओलीको प्रस्तावमा एमालेले लगायो ‘लालमोहोर’

पूर्वराष्ट्रपति दलीय राजनीतिमा फर्कन नहुने एमालेको निर्णय, तीन नेताको असहमति

पूर्व राष्ट्रपतिलाई सक्रिय राजनीतिमा रोक्नेसहित एमालेका आठ निष्कर्ष यस्ता छन् 

८ फुर्का जोडेर विद्यालाई एमालेको ‘सम्मान’

सुरेन्द्र र युवराजले केपीलाई घेर्दा जब मौन बसे ईश्वर पोखरेल…

पूर्वराष्ट्रपतिलाई रोक्ने निर्णयपछि विष्णु पौडेल भन्छन्- एमाले फुटाउन खोज्नेहरूको सपना तुहियो

विद्या भण्डारी नरोकिने

मदन भण्डारीकी छोरीको मार्मिक स्टाटस : नोटिसमा लिनु होला !

संसद्‍मा प्रधानमन्त्रीको जवाफ- भ्रष्टाचार गर्न दिन्न, आरोप लगाएकै भरमा कारबाही हुँदैन
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको वर्तमान सरकार एकता–सहकार्य–प्रतिस्पर्धा र सहअस्तित्वमा आधारित रहेको बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा सांसदहरुको प्रश्नोत्तरका क्रममा प्रधानमन्त्री ओलीले बिथोलिएको राजनीतिलाई २०७२ सालमा लयमा फर्काइएको उल्लेख गर्दै अहिले काँग्रेस–एमालेको योजनामा, अन्य दलहरूकोसमेत सहभागितामा निर्मित वर्तमान सरकार एकता–सहकार्य–प्रतिस्पर्धा र सहअस्तित्वमा आधारित रहेको बताएका हुन् ।

उनले वर्तमान सरकार राष्ट्रमा देखिएका चुनौती सामना गर्दै अघि बढेको जिकिर गरे । देशमा स्थिरता र स्थायित्व कायम गर्न र स्थिरता र स्थायित्व सरकारसँग नभई देशमा सुशासन र तीव्र आर्थिक विकासमा सदुपयोग गर्ने नीतिका साथ सरकारअघि बढिरहेको उनले बताए ।

उनले सरकारले मधेश प्रदेशका आठ वटै जिल्ला विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको र तराईमा सम्पूर्ण शक्ति परिचालन गर्ने स्पष्ट पारे ।

अडियो घुसकाण्डमा मुछिएका मन्त्री पक्राउ गर्न प्रधानमन्त्रीलाई ज्ञानेन्द्र शाहीको चुनौती

रास्वपा र राप्रपाले गरे संसद् बहिष्कार (तस्बिरहरू)

रास्वपाले भन्यो- स्पेनको कार्यक्रममा नक्कली सहभागी बनाएर लगेको तथ्य सार्वजनिक हुँदानि सरकारले देखेन

संसद्‍मा प्रधानमन्त्रीको जवाफ- सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्‍याउन सरकार संवेदनशील छ

संसद्‍मा प्रधानमन्त्रीको जवाफ- भ्रष्टाचारका कुनै पनि घटनालाई सहन सकिँदैन

संसद्‍मा प्रधानमन्त्रीको जवाफ- भ्रष्टाचार गर्न दिन्न, आरोप लगाएकै भरमा कारबाही हुँदैन

तराई–मधेसमा खानेपानी र सिँचाइका लागि काम गरिने प्रधानमन्त्रीको प्रतिबद्धता

एमालेमा स्वाभिमान र स्वतन्त्रताको लडाइँ आवश्यक : कर्ण थापा

माधव नेपालले भने- कसैले चाहँदैमा पार्टीको अस्तित्व समाप्त हुँदैन

गगन थापा भन्छन्- निर्वाचनमा गठबन्धन गर्न हुँदैन

जनार्दनलाई प्रचण्डको जवाफ- सिँगौरी खेल्न दिएकै छु, जति मन लाग्छ खेल्दै बस्‍नुस्
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ३६ वर्षसम्म पार्टीको नेतृत्व नछाड्नुको कारण खुलाएका छन् ।

नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४७औँ स्मृति दिवसको अवसरमा बुधबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उनले ‘३६ वर्षसम्म के गर्यो रु’ भन्नेलाई जवाफ दिएका हुन् । माओवादीको नेतृत्व हस्तान्तरण गर्न आफू तयार रहे पनि जिम्मेवारी सम्हाल्नेगरी कोही नेता योग्य भइनसकेको प्रचण्डले बताएका छन् ।

‘३६ वर्षसम्म के गर्‍यो भन्नेहरूलाई मेरो जवाफ छ, माओवादी धारलाई ०४८ सालमा एकताबद्ध गर्यो, ०५२ सालमा विद्रोह गर्‍यो, ०६३ सालमा शान्ति वार्तामा हस्ताक्षर गर्‍यो’, उनले भने, ‘शान्ति र विद्रोहको नेतृत्व गर्न सबै नेताले सक्छन् त रु वामपन्थी सबै एक हौँ भनेकै हो, कसका कारण एकता भएन सबैलाई थाहा नै छ ।’

गण्डकीका मन्त्रीको तुच्छ कमेन्ट, ‘त्यो सुरेन्द्र भन्ने को हो ? त्यसलाई कसैले खोजेको छैन’

गणतन्त्रप्रतिको गहिरो चिन्ता तथा सरोकार हामीलाई नै छ : प्रचण्ड

पूर्वमन्त्री रायमाझीको मुद्दामा १८ गते पेसी

जगदुल्ला जलविद्युत आयोजना निर्माणको प्रक्रिया अघि बढाउन निर्देशन

घुस प्रकरण : राजकुमार गुप्तापछि रञ्जिता श्रेष्ठले पनि अख्तियार पुगेर दिइन् बयान

उपप्रधानमन्त्री सिंहले भने- एकले अर्कालाई हिलो छ्यापाछ्याप गरेर पार्टी बलियो  हुँदैन

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

चुरे संरक्षणका लागि दोहन रोकौँ : उपप्रधानमन्त्री सिंह

दुई आयोगबीच सहयोग, समन्वय र सहकार्य हुने
बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र राष्ट्रिय मानव अधिकार आयोगबिच सहयोग, समन्वय र सहकार्य गर्ने सहमति भएको छ ।

राष्ट्रिय मानव अधिकार आयोगमा रहेका सूचना, विवरण, जानकारी र उजुरी तथा सङ्क्रमणकालीन न्यायका विविध पाटाका विषयमा दुई आयोगको बिचमा सहयोग, समन्वय र सहकार्य गर्ने सहमति भएको बेपत्ता आयोगका सदस्य तथा प्रवक्ता सिर्जना पोखरेलले जानकारी दिए ।

दुई आयोगबिच पीडितलाई केन्द्रबिन्दुमा राखी बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको चार वर्षे कार्ययोजना र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग नियमावली, २०८२ को मस्यौदा निर्माण गर्नुपर्ने विषयमा पनि छलफल भएको छ ।

पर्या-पर्यटनको नयाँ गन्तव्य बन्दै ‘लौटैया ताल’

पर्यटकीय सम्भावना बोकेको मुस्ताङको ‘लुम्बुक झरना’

उच्च अदालत सुर्खेत, जुम्ला इजलासबाट ९३ प्रतिशत मुद्दा फर्छ्यौट

शतप्रतिशत अनुदानमा प्राविधिक शिक्षा दिँदै ‘पौवादुङमा’

आकाशबाट हेर्दा तीन जिल्लाको संगम (तस्बिरहरू)

अहिलेसम्म कतिले गरे सगरमाथा आरोहण ? महिला मात्रै ७०४ जना

जङ्गली च्याउ खाएर बिरामी परेका दिदी भाइको मृत्यु, आमाछोरी बिरामी

रसुवा बाढीपछि चीनमा रोकिएका नेपाललाई आज स्वदेश ल्याइँदै

चाँडै चीन भ्रमणको सम्भावना छ : राष्ट्रपति ट्रम्प
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट भविष्यमा नै चीन भ्रमण गर्ने सम्भावना रहेको बताएका छन्। सेप्टेम्बर महिनामा दोस्रो विश्व युद्धको स्मरणमा हुने कार्यक्रममा उपस्थित हुने हो या अन्य कुनै समयमा भन्ने बारे ट्रम्पले केही पनि खुलाएका छैनन्।

सेप्टेम्बरको सो कार्यक्रममा रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनको पनि उपस्थिति रहने छ। यो वर्षको सुरुवातमा नै ट्रम्प र उनका समकक्षी चिनियाँ राष्ट्रपति सी चिनफिङ बीच भएको फोन वार्तामा एक अर्कालाई आफ्नो देशमा स्वागत गरेका थिए।

केही समयको अन्तरालमा दुई वटा भेटघाटको अवसर छ। सेप्टेम्बर महिनामा दोस्रो विश्व युद्ध भएको ८० वर्षको सम्झनामा बेइजिङमा कार्यक्रम हुनेछ। सो कार्यक्रममा रुसी राष्ट्रपति पुटिन पनि चीन जाने छन्। अक्टोबर महिनाको अन्त्यमा दक्षिण कोरियाले आयोजना गर्ने एपेक सम्मेलनमा उनीहरूको भेट हुने सम्भावना छ।

जापान र अमेरिकाले गरे ठूलो व्यापारिक सम्झौता

म्याक्रोन–मर्जले नाटो र इयु–अमेरिका व्यापारिक विवादमा वार्ता गर्ने

कुवेतमा कामदार भिसामा ठगी गर्ने गिरोह सार्वजनिक

दक्षिण कोरियामा जन्मदरमा कीर्तिमानी वृद्धि

गाजामा ’ठूलो सङ्ख्यामा भोकमरी’ को चेतावनी

अमेरिकासँगको व्यापार वार्तामा ‘समन्वयलाई सुदृढ’ बनाउने चीनको भनाइ






 





























प्रकाशित मिति : ७ श्रावण २०८२, बुधबार  ७ : ५२ बजे

भक्तपुरमा पृथक गठामङ्गल पर्व, राक्षसको प्रतीक घण्टाकर्ण टोलटोलमा घुमाएर मारियो

भक्तपुर – प्रत्येक साउन कृष्ण चतुर्दशीका दिन नेवार समुदायमा मनाइने

ईश्वर पोखरेलले भने : विद्या भण्डारीको पार्टी सदस्यता रातारात वेबसाइटबाट हटाइयो

काठमाडौं – नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पूर्वराष्ट्रपतिलाई सामान्य

प्रहरी नायव निरीक्षकमा ७७ जना बढुवा सिफारिस (सूचीसहित)

काठमाडाैं – नेपाल प्रहरीको जनपद प्रहरी समूहतर्फ ७७ जना प्रहरी

इयु–अमेरिका व्यापार वार्ता : समाधान खोज्ने प्रयास जारी, आवश्यक परेमा वैकल्पिक कदमको तयारी

ब्रसेल्स – युरोपेली संघ (इयु) का प्रमुख व्यापार प्रतिनिधि मारोस

पक्राउ परेका व्यक्तिको तस्बिर तथा भिडियो सार्वजनिक नगर्न प्रहरीको परिपत्र

काठमाडौं – प्रहरी प्रधान कार्यालयले कुनै पनि घटना तथा अपराधमा