साप्ताहिक ब्रिफिङ : खुल्यो सिद्धबाबाको सुरुङ, भीम रावलका समर्थकलाई पनि कारबाही र भारतको रेल दुर्घटनामा ७ नेपालीको मृत्यु | Khabarhub Khabarhub

साप्ताहिक ब्रिफिङ : खुल्यो सिद्धबाबाको सुरुङ, भीम रावलका समर्थकलाई पनि कारबाही र भारतको रेल दुर्घटनामा ७ नेपालीको मृत्यु


११ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 9 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

सिद्धबाबा सुरुङमार्गको ब्रेक थ्रु, अब पहिरोले नसताउने विश्वास

राष्ट्रिय गौरवको आयोजना सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडकखण्डको माथिल्लो सिद्धबाबा मन्दिरदेखि एक किलोमिटर १२६ मिटर सुरुङमार्ग छिचोलिएको छ।

पाल्पाको तिनाउ गाउँपालिका–३ दोभानस्थित बहुप्रतिक्षित सिद्धबाबा सुरुङमार्गको मुख्य टनेलको पनि शुक्रबार ब्रेक थ्रु भएको हो । यसअघि तीनवटै बाइपासको ब्रेक थ्रु भइसकेको छ ।

विकास निर्माण र पूर्वाधारका हिसाबले नेपाल अघि बढ्दैछ  : प्रधानमन्त्री

सिद्धबाबा सुरुङमार्गको ब्रेक थ्रु, अब पहिरोले नसताउने विश्वास

विकास निर्माणको कामलाई गति दिन वर्तमान सरकार बनेको हो : उपप्रधानमन्त्री

सिद्धबाबा सुरुङ मेरै पालामा सुरु भएर सकिएकोमा खुसी छु : प्रधानमन्त्री

भारतको रेल दुर्घटनामा ज्यान गुमाएका सात नेपालीको सनाखत (विवरणसहित)

राष्ट्रपतिबाट माघ १८ गते संसद् अधिवेशन आह्वान
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनको हिउँदे अधिवेशन आह्वान गरेका छन् ।

राष्ट्रपति कार्यालयका अनुसार राष्ट्रपतिले नेपालको संविधानको धारा ९३ को उपधारा (१( बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा यही माघ १८ गते शुक्रबार सङ्घीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेका हुन् ।

राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को यही माघ ७ गतेको सिफारिसमा माघ १८ गते शुक्रबार दिउँसो १ बजे नयाँबानेश्वरस्थित संसद भवनमा दुवै सदनको अधिवेशन आह्वान गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

साढे तीन वर्षपछि एमालेमै फर्किँदै वामदेव गौतम

एमालेसँग मिल्न खोज्दा वामदेवको एकता अभियान नै फुट्यो

ओलीले दुई मुटु एक धड्कन भएर काम गरौँ भन्नुभएको छ : वामदेव गौतम (अन्तर्वार्ता)

स्वास्थ्य बीमा सुधारको कार्ययोजना प्रस्तुत गर्न प्रधानमन्त्रीको निर्देशन

किशोरीलाई एचपीभी खोप अभियान लगाउन मन्त्री पौडेलको अनुरोध

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ ( एचपीभी) खोप लगाउन अनुरोध गरेका छन् ।

उनले आज एक भिडियो सन्देश जारी गर्दै नेपालमा पाठेघरको मुखको क्यान्सरसम्बन्धी जोखिम बढ्दै गएको विभिन्न तथ्याङ्कले देखाएको भन्दै किशोरीलाई खोप लगाउन अनुरोध गरेका हुन् ।

उनले प्रारम्भिक किशोरावस्थामा एचपीभी खोप लगाएमा पाठेघरको मुखको क्यान्सर हुनबाट बच्न सकिने धारणा राखे ।

‘सरकारको नीति तथा कार्यक्रममा एचपीभी खोप ल्याउने योजना बनाएअनुरूप खोप ल्याएर देशैभर अभियान सञ्चालन गरिरहेका छौँ’, उनले भने, ‘यो अभियानअन्तर्गत कक्षा ६ देखि १० सम्मका छात्राहरू र विविध कारणले विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेरसम्मका सम्पूर्ण किशोरीलाई स्वास्थ्य सेवा विभागमार्फत खोप दिन थालिएको छ ।’

१६ लाख किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाइँदै

मन्त्री पौडेलद्वारा सुरक्षा निकायका अस्पतालसँग सहकार्य प्रस्ताव

भारतको रेल दुर्घटनामा ज्यान गुमाएका सात नेपालीको सनाखत (विवरणसहित)

भारतको महाराष्ट्रमा भएको रेल दुर्घटनामा ज्यान गुमाएका नेपाली नागरिकहरूको सनाखत भएको छ ।

परराष्ट्र मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै माघ ९ गते भएको रेल दुर्घटनामा ज्यान गुमाएका सात जना नेपाली नागरिकको सनाखत भएको जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार; दुर्घटनामा परी कैलालीका ४३ वर्षीया कमला नवीन भण्डारी र ४० वर्षीय लछिराम पासी, अछाम मंगलसेनका ११ वर्षीय हिमु नन्दराम विश्वकर्मा, ४४ वर्षीय नन्दराम पद्म विश्वकर्मा, ४२ वर्षीया मैसारा कामी विश्वकर्मा, अछामकै कमलबजारकी ६० वर्षीया जोक्ला उर्फ कला कामी र डन्डुवा बाँकेका राधेश्याम राधको ज्यान गएको हो ।

भारत रेल दुर्घटनामा परेका नेपालीप्रति अभिभावकीय भूमिका निर्वाह गर्न प्रचण्डको आग्रह

आगामी स्थानीय चुनावमा २५० पालिका जितेर माओवादी पहिलो पार्टी बन्छ : प्रचण्ड

पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी स्थानीय तहको निर्वाचनमा प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)लाई पहिलो पार्टी बनाउने उद्घोष गरेका छन् ।

माओवादी केन्द्रले मोरङको ग्रामथान गाउँपालिका–५ तेतेरियामा शनिबार आयोजना गरेको धन्यवाद ज्ञापन कार्यक्रम तथा खबरदारी सभा सम्बोधन गर्दै प्रचण्डले आगामी स्थानीय तहको निर्वाचनमा कम्तिमा २५० पालिका जितेर माओवादी केन्द्रलाई पहिलो पार्टी बनाउने उद्घोष गरेका हुन् ।

माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले गत स्थानीय तह निर्वाचनमा तेस्रो बनेको पार्टीलाई उपनिर्वाचनमा ग्रामथानवासीले पहिलो बनाएर पालिका अध्यक्षमा जिताउनु रणनीतिक महत्वको विषय भएको उल्लेख गरे ।

भारत रेल दुर्घटनामा परेका नेपालीप्रति अभिभावकीय भूमिका निर्वाह गर्न प्रचण्डको आग्रह

प्रचण्डको दाबी- राष्ट्रपतिलाई महाभियोगको डर देखाएर कांग्रेस-एमालेले सरकार बनाए

प्रचण्डको दाबी- ओलीका कारण देशको अवस्था सजिलो छैन

प्रचण्ड भन्छन्- सहिद परिवारको दुस्खसुखको साथी नै माओवादी

लोसपाका केन्द्रीय उपाध्यक्ष झा अशोक राई नेतृत्वको जसपा प्रवेश

३२ सिटेले दम्भ देखाएपछि वर्तमान गठबन्धन बन्यो

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले वर्तमान गठबन्धन सरकार जनताले दिएको जनमत र देशको आवश्यकताअनुसार बनेकाले कसैले चाहँदैमा नढल्ने बताएका छन् ।

पार्टी जिल्ला कमिटी धनकुटाले आयोजना गरेको तीन महिने ‘जरा केन्द्रित अभियान’ को आज उद्घाटन गर्दै उनले साना दलविना सरकार नै नबन्ने नकारात्मक सन्देश तोड्न वर्तमान सरकार बनेकाले यो निरन्तर अगाडि बढ्ने बताए ।

महासचिव पोखरेलले हालको संसद्मा दलहरूको उपस्थितिले गर्दा सरकार सञ्चालनको जनमत एमाले र कांग्रेसलाई मिलेर अगाडि बढ्ने रहेको भन्दै सोहीअनुसार सत्ता सहकार्य भएको धारणा राखे ।

नेकपा (माओवादी केन्द्र) सँगको गठबन्धन सरकार विघटनको प्रसङ्ग सुनाउँदै उनले ३२ सिट भएको पार्टीले एमाले र कांग्रेसभन्दा ठूलो भएको दम्भ देखाएकाले वर्तमान गठबन्धन बनेको जिकिर गरे ।

भीम रावललाई गृहजिल्लामा बाजाजागासहित स्वागत
सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेबाट साधारण सदस्यसमेत नरहने गरी निष्कासनमा परेका पूर्वउपाध्यक्ष भीम रावलको गृहजिल्ला अछाममा बाजागाजासहित स्वागत गरिएको छ ।

एमालेको कारबाहीमा परेपछि पहिलोपल्ट गृहजिल्ला पुगेका रावललाई समर्थकहरूले साँफेबगरमा राष्ट्रिय झन्डा र बाजागाजासहित स्वागत गरेका हुन् ।

गत पुस ११ गते बसेको एमाले सचिवालय बैठकले पार्टीबाट निकालेको एक सातापछि रावलले काठमाडौँमै पत्रकार सम्मेलन आयोजना गरेर ‘मातृभूमि जागरण अभियान’ चलाउने घोषणा गरेका थिए ।

अभियानअन्तर्गत गृहजिल्ला पुगेका रावललाई राष्ट्रिय झन्डा बोकेका उनका समर्थकहरूले साँफेबगरमा बाजागाजासहित स्वागत गरेको भिडियो सामाजिक सञ्जालमा राखिएको छ ।

ओली र महासचिव पोखरेलमाथि खनिँदै रावलले भने- निरंकुशता गाड्ने खाल्डो झापा र दाङमा तयार भइसक्यो

अछाममा एमालेलाई झट्का, एकसाथ एक हजार ८१ जना भीम रावलको अभियानमा जोडिए

महतो नेतृत्वमा राष्ट्रिय मुक्ति पार्टी नेपाल दर्ता, चुनाव चिह्न ग्यास सिलिन्डर

राजेन्द्र महतो अध्यक्ष रहने गरी गठन गरिएको राष्ट्रिय मुक्ति पार्टी नेपाल पार्टी मंगलबार निर्वाचन आयोगमा दर्ता भएको छ । गत ९ कात्तिकमा परेको निवेदनको छानबिनपछि आयोगले महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाललाई मान्यता दिएको हो ।

पार्टीका नेता केशव झाका अनुसार राष्ट्रिय मुक्ति पार्टी नेपाल दर्ता भएको छ । झाका अनुसार माछा चुनाव चिह्न माग्दै निवेदन गरिएकोमा आयोगले ग्यास सिलिन्डर तोकिदिएको छ । महतोले १७३ जना केन्द्रीय सदस्य कायम गर्दै दल दर्ताका लागि निवेदन दिएका थिए ।

यो दललाई गाढा निलो रंगको आयाताकार झण्डाको मध्य भागमा तीर धनुष रहने गरी झण्डासमेत प्रदान गरिएको छ।

दल दर्ता नं. २०१ कायम भएको झाले बताएका छन् । स्वदेशवाद, बहुलरष्ट्रवाद र सामुदायिक समाजवादको मार्ग निर्देशक सिद्धान्त बमोजिम पार्टी आगाडि बढ्ने पनि झाले बताएका छन् ।

२०८० फागुन महतोले महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गर्दै राष्ट्रिय मुक्ति अभियान सञ्चालन गरेका थिए।

सिमेन्टमा मूल्य बढ्नुको कारण सात दिनभित्र पेस गर्न लेखा समितिको निर्देशन
सङ्घीय संसद् प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले सिमेन्टको मूल्य बढेको विषयमा विस्तृत अध्ययन गरी सात दिनभित्र कारण पेस गर्न सरकारलाई निर्देशन दिएको छ ।

लेखा समितिको आजको बैठकको निर्णय सुनाउँदै सभापति ऋषिकेश पोखरेलले भने, ‘सिमेन्टको मूल्यवृद्धिले निर्माणको लागतसमेत बढेको तथा यस्तो मूल्यवृद्धि अस्वाभाविक देखिएकाले सम्बन्धित मन्त्रालयले हस्तक्षेप गर्नुपर्ने देखिन्छ । के कति कारणले मूल्य बढेको हो भनेर अध्ययन विश्लेषण गरी सात दिनभित्र पेस गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई यो समिति निर्देशन गर्दछ ।’

थुनछेक बहस नसकिएपछि रविलाई फेरि परिवारको जिम्मा लगाइयो

सुप्रिम सहकारी संस्थाको बचत रहम ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको मुद्दाको थुनछेक बहस जारी छ ।

तीन दिनदेखि जारी सुनुवाइका क्रममा शुक्रबार पनि थुनछेक बहस नसकिएपछि जिल्ला अदालतले रविलाई परिवारको जिम्मा लगाएर पठाएको छ ।

वरिष्ठ अधिवक्ता त्रिपाठीलाई कुट्ने पाण्डे चितवन-२ मा रविविरुद्ध चुनाव लडेर लागेका थिए रास्वपातिर

गत पुस २ गते जिल्ला अदालत काठमाडौं परिसरमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलाई कुटपिट आरोपमा पक्राउ परेका तीनमध्ये एकजना राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता रहेको खुलेको छ ।

त्रिपाठीमाथि जिल्ला अदालत काठमाडौं परिसरमा भएको हातपात प्रकरणमा पक्राउ परेका दोस्रो व्यक्ति रास्वपा कार्यकर्तासँगै सभापति रवि लामिछानेका खास कार्यकर्ता रहेको खुलेको हो ।

शनिबार पक्राउ परेका हुम्लाको अदानचुली गाउँपालिका-४ घर भई हाल काठमाडौंको सूर्यदर्शन हाइटमा बस्ने महानन्द जैसी रास्वपाका खास कार्यकर्ता हुन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंले जैसीको विस्तृत विवरण सार्वजनिक गरेको छैन । जैसीले आफूलाई महानन्द पाण्डेका नामबाट पनि चिनाउने गरेका छन् ।

घुस खुवाए, सरकारी साक्षी बनेर बयान फेरे, अहिले आफैँलाई मुद्दा !

विदेशबाट फर्किएका युवामा कृषि मोह 

‘हेल्प डेस्कमा प्रजिअ’ कार्यक्रम प्रभावकारी बन्दै

रित्तो गाग्री बोकेर काठमाडौं आइपुगे धरानका मेयर
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ खाली गाग्री बोकेर काठमाडौं आइपुगेका छन् ।

धरानमा पानीको हाहाकार भइरहेपछि उनी खानेपानीमन्त्री प्रदीप यादव र प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न रित्तो गाग्री बोकेर सोमबार काठमाडौं उत्रिएका हुन् ।

खानेपानी समस्या समाधानका लागि सरकारले प्रबन्ध नगरेको भन्दै मेयर साम्पाङ रुष्ट छन् । उनी यस्तो अवस्थामा खानेपानीमन्त्री यादव र प्रधानमन्त्री ओलीलाई भेट्न रित्तै गाग्री लिएर आएका हुन् ।

म्याग्दीलाई उज्यालो जिल्ला घोषणा गरिँदै, ९५ प्रतिशत घरमा पुग्यो बिजुली

जुनारले पहेँलपुर सिन्धुलीको खनियाँखर्क
धुलिखेल–सिन्धुली– बर्दिबास भएर गुड्ने सवारी साधनका अधिकांश यात्रुको यति बेलाको मुख्य कोसेली नै जुनार र सुन्तला बनेको छ ।

बिपी राजमार्गमा यात्रा गर्ने सवारी साधनका यात्रुहरू जुनार किन्नैका लागि भए पनि केही समय खनियाँखर्कमा विश्राम गर्ने गर्दछन् ।

यहाँको जुनारले छिमेकी जिल्लालगायत काठमाडौं र भारतका विभिन्न सहरसम्म लोकप्रियता पाएको छ । राजमार्गमा जुनारको कारोबारसमेत राम्रो हुँदा त्यस क्षेत्रका किसान र व्यापारीहरूको जीवन स्तर उकासिएको छ ।

पूर्वी तराईका विभिन्न जिल्लाबाट यही राजमार्ग हुँदै काठमाडौं आवतजावत गर्ने दैनिक हजारौँ साना ठूला सवारीका यात्रु नै जुनारको मुख्य ग्राहक हुन् ।

अन्तर्राष्ट्रिय…

रुस युद्ध विराममा सहमत नभए ट्रम्पले थप प्रतिबन्ध लगाउने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनले युक्रेनविरुद्ध युद्ध विराम गर्न पहल नगरे थप प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्। उनले रुस-युक्रेन युद्धको विषयमा यस्तो बताएका हुन्।

ट्रम्पले हाउथीलाई वैदेशिक आतंकवादी सङ्गठन ठहर गरेका छन्। हाउथी यमनमा इरानको सहयोगमा सञ्चालित सैन्य समूह हो। यमन, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्समा भएका धेरै आक्रमणमा हाउथी जिम्मेवार छ।

त्यसैगरी ट्रम्पले दक्षिणी सीमामा १५ सय सेना परिचालन गरेका छन्। तत्कालका लागि ती सेना कानुन उपयोग गर्नका लागि नभई भौतिक संरचना निर्माणमा सक्रिय रहने जनाइएको छ।

अमेरिकी संसद्ले ल्याएको नयाँ आप्रवासी विधेयक पारित गरेको छ। सो विधेयक २६३(१५६ मतले पारित भएको हो।

युद्ध विरामपछि गाजा र वेस्ट बैंकमा आफन्त कुर्नेको खुसी
हमास र इजरायलको प्रतीक्षित युद्ध विराम लागु भएको छ। केही समय अघि मात्र इजरायली जेलबाट ९० जना प्यालेस्टाइनी हस्तान्तरण गरिएको छ।

आइतबारको सुरुवातमा नै गाजामा रहेको रेडक्रसमार्फत हमासले सुरुवाती तीन इजरायली बन्दी रिहा गरेको छ। यसरी रिहा हुनेमा ३१ वर्षीय डोरान स्ट्रेन बेचर, २८ वर्षीय एमाली डमारी र २४ वर्षीय रोमी गोनेन छन्।

सहयोगका लागि पुगेका खाद्यान्नका ट्रकहरू पनि गाजा प्रवेश गर्न थालेका छन्। प्रत्येक दिन ६०० ट्रक खाद्यान्न गाजा प्रवेश गर्ने जनाइएको छ।

वेस्ट बैङ्कमा रहेको अफर जेलमा बाहिर हजारौँ प्यालेस्टाइनी जेलबाट छुट्नेलाई पर्खेर बसेका थिए। पहिलो चरणमा छाडिने करिब ३३ इजरायली बन्दीको बदलामा १९०० जना प्यालेस्टाइनीलाई इजरायलले जेलबाट छाडने छ।

अमेरिकामा फेरि टिकटक चल्यो

शपथपछि के निर्णय गर्न सक्छन् ट्रम्पले पहिलो दिन ?

चीन अमेरिकासँग सहकार्य गर्न तयार : उपराष्ट्रपति हान

सर्बियाली अवकाश गृहमा आगलागी, आठ जनाको मृत्यु

चिकित्सकको बलात्कारपछि हत्या : दोषी ठहर रोयलाई आजीवन कारावास

अमेरिकामा जन्मिएकालाई स्वत: नागरिकता खारेज गर्दै ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशमा जन्ममा आधारित नागरिकताको व्यवस्थालाई हटाउनेतर्फ कदम चालेका छन् ।

ट्रम्पले संघीय एजेन्सीहरूलाई आदेश दिँदे बच्चाको जन्ममा आधारित नागरिकताको स्वीकार नगर्न भनेका हुन् । उनको यो आदेशका कारण अब माता-पिता अवैध आप्रवासी भएका र अस्थायी भिसामा अमेरिकामा रहेकाहरूका बच्चा त्यहाँ जन्मिए नागरिकता पाउने छैनन् ।

यस आदेशको कार्यान्वयनका लागि एजेन्सीहरूलाई ३० दिनको समय दिइएको छ। तर यो मामिलामा ट्रम्पले अझै कयौँ चुनौतीको सामना गर्नु पर्ने हुन सक्छ ।

जन्ममा आधारित नागरिकता, अमेरिकी संविधानको १४ औँ संशोधनको ब्याख्याका रुपमा लामो समयदेखि रहँदै आएको छ। ट्रम्पको नयाँ कदमलाई यसै व्याख्यालाई समाप्त गर्ने पहलका रुपमा लिइएको छ ।

शपथ ग्रहण लगत्तै आफ्नो ओभल अफिसमा अमेरिकी राष्ट्रपतिले अन्य कयौँ आदेशमा पनि हस्ताक्षर गरेका छन् । जसमा जन्ममा आधारमा नागरिकता दिने प्रावधान हटाउने पनि एक रहेको छ ।

ट्रम्पले कर र प्रतिबन्धको धम्की दिएपछि संवादमा जुटे पुटिन र सी चिनफिङ

ट्रम्पको शपथ समारोहमा खालिस्तानी नेता पुगेपछि भारतलाई तनाव

ट्रम्पका १० घोषणा स् तेस्रो लिङ्गीको मान्यता खारेज, अवैध आप्रवासीलाई आपत्, अरु देशमाथि कर थोपर्ने

इजरायली क्याबिनेटबाट युद्ध विराम स्वीकृत
इजरायली क्याबिनेट गाजामा युद्ध विराम गर्ने प्रस्ताव पारित गरेको छ। शुक्रबार साँझ उपस्थित ३३ क्याबिनेटका सदस्यले शनिबार बिहान सो प्रस्ताव पारित गरेका हुन्।

यसअघि शुक्रबार नै सेक्युरिटी क्याबिनेटमा प्रस्ताव स्वीकृत भएर पूर्ण क्याबिनेटमा पुगेको थियो। बुधबार ड्राफ्ट भइसकेको सो युद्ध विराम आइतबारदेखि लागू हुनेछ।

सुरुवातमा इजिप्टको सीमामा रहेका खाद्यान्नका ट्रक प्यालेस्टाइन प्रवेश गर्ने अनुमान गरिएको छ। युद्ध विरामको घोषणा भइसकेपछि पनि इजरायली आक्रमणमा सय जना भन्दा बढीको ज्यान गइसकेको छ। एकै सातामा सबै भन्दा धेरै जनाको ज्यान गएको युद्ध सुरु भएपछि यो पहिलो पटक हो।

बुधबार युद्ध विराम भएपछि प्यालेस्टाइनी अथोरोटीका राष्ट्रपति मोहम्मद अब्बासले पहिलो पटक सञ्चार माध्यममा आफ्नो कुरा राखे। उनले युद्ध बिरामलाई पूर्ण रूपमा लागु गर्न आफू कटिबद्ध रहेको बताएका छन्।

दक्षिणी सुडानको स्थिति सरकारको नियन्त्रण बाहिर

इरानमा सर्वोच्च अदालतका दुई न्यायाधीशको गोली हानी हत्या

सम्झौताअन्तर्गत पहिलो चरणमा ७३७ कैदी रिहा गर्ने इजरायलको घोषणा

गाजामा आइतबार बिहान ८ः३० बजेबाट युद्धबिराम लागू हुने

किएभमा रुसी आक्रमण, चार जनाको मृत्यु

युद्धबिराम घोषणापछि पनि १२२ प्यालेस्टाइनीको हत्या

बेलारुसका ३३ जना राजनीतिक बन्दीलाई आममाफी

इजरायलले सार्वजनिक गर्‍यो ३३ बन्धकहरूको सूची, विपिन जोशी परेनन्

प्रकाशित मिति : ११ माघ २०८१, शुक्रबार  ८ : २८ बजे

पोखरा महानगरपालिकाको १६औँ नगरसभा सम्पन्न

गण्डकी – पोखरा महानगरपालिकाको १६औँ नगरसभा सम्पन्न भएको छ ।

पोखरामा भोलिदेखि ‘टाइगर कप’ भलिबल प्रतियोगिता

कास्की – पोखरा रङ्गशालामा भोलिदेखि सुरु हुने पाँचौँ संस्करणको ‘टाइगर

सत्तामा रहँदा हामीले गल्ती गरेका छैनौँ : प्रचण्ड

दाङ – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री

नेपाल कबड्डी लिग : विराटनगर ब्यान्डिट्स विजयी

काठमाडौं – हिमालयन रेइडर्सलाई पराजित गर्दै विराटनगर ब्यान्डिट्स नेपाल कबड्डी

सूर्यविनायक नगरपालिकाले बनायो सुविधासम्पन्न भवन

भक्तपुर – सूर्यविनायक नगरपालिकाले कार्यालय सञ्चालन गर्न सुविधा सम्पन्न भवन