ज्येष्ठ नागरिकका माग पूरा गर्न सहयोग गर्छु : प्रचण्ड | Khabarhub Khabarhub

ज्येष्ठ नागरिकका माग पूरा गर्न सहयोग गर्छु : प्रचण्ड


८ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ज्येष्ठ राष्ट्रिय नागरिक महासङ्घले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेको छ । महासङ्घका प्रतिनिधिहरूले अध्यक्ष निवास खुमलटारमा भेट गरी ज्येष्ठ नागरिकसम्बन्धी विभिन्न मागहरू राखेको हो ।

महासङ्घका पदाधिकारीहरूले भेटका क्रममा यातायातमा छुट, नागरिकता नपाएका ज्येष्ठ नागरिकको पहिचान र व्यवस्थापन, वृद्धभत्ता वितरण प्रणालीमा सुधार, आर्थिक वर्गीकरणका आधारमा भत्ता दिने व्यवस्था तथा राष्ट्रिय सभामा ज्येष्ठ नागरिकको तर्फबाट प्रतिनिधित्व सुनिश्चित गर्ने लगायतका मागहरू राखेका छन् ।

खासगरी दुई हजार पाँच सय बढी ज्येष्ठ नागरिक नागरिकताविहीन रहेको र यसले उनीहरूलाई राज्यका सेवाबाट वञ्चित गरेको भन्दै समस्या समाधान गर्न नेतृत्व लिइदिन महासङ्घले अनुरोध गरेको छ ।

महासङ्घका मागप्रति गम्भीर चासो व्यक्त गर्दै अध्यक्ष दाहालले आफ्नोतर्फबाट सक्दो सहयोग गर्ने बताए । उनले भने, ‘तपाईंहरूले उठाएका मागहरू अत्यन्तै न्यायसङ्गत छन् । म आफ्नो तर्फबाट सक्दो सहयोग गर्नेछु । माओवादी केन्द्रले सकारात्मक पहल  गर्नेछ ।

प्रकाशित मिति : ८ श्रावण २०८२, बिहीबार  ११ : ३८ बजे

सवारी दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

बागमती – पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९ पशुपतिनगरमा आज साँझ

अनलाइन जुवामा १३ करोड भारु स्वाहा !

मुम्बई – मुम्बईका एक व्यक्तिले अनलाइन जुवा छलीमा फसेपछि आफू

अनिल साहको कप्तानीमा भारत भ्रमणमा जाने क्रिकेट टोली घोषणा

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार भारत भ्रमणका लागि

सुदूरपश्चिममा डेङ्गीबाट दुई सय ८८ जना सङ्क्रमित

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा पछिल्लो आठ महिनामा दुईसय ८८ जनामा

लोप हुँदै निगालोबाट बनेका डोकोडालो

हुम्ला – पछिल्लो समय प्लास्टिकजन्य सामग्रीको प्रयोग बढ्दै गएकाले निगालोको