राष्ट्र बैंकको स्थापना दिवसमा अन्तर बैंक फुटसल प्रतियोगिता « Khabarhub

राष्ट्र बैंकको स्थापना दिवसमा अन्तर बैंक फुटसल प्रतियोगिता


१२ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– नेपाल राष्ट्र बैंकको ७० औँ वार्षिकोत्सवको अवसरमा अन्तर बैंक फुटसल प्रतियोगिता आयोजना गरिएको छ । 

नेपाल राष्ट्र बैंक कर्णाली प्रदेश कार्यालयको आयोजनामा कर्णाली प्रदेशस्तरीय चौथौँ अन्तर बैंक फुटसल प्रतियोगिता आयोजना गरिएको हो । 

अन्तर बैंक फुटसल प्रतियोगितामा १६ वटा बैंकले भाग लिएको र प्रतियोगिता दुई दिनसम्म चल्ने नेपाल राष्ट्र बैंक कर्णाली प्रदेश कार्यालयका प्रमुख राजनप्रसाद रेग्मीले जानकारी दिए । 

‘स्थापना दिवसका अवसरमा बित्तीय संस्थाको भाइचाराको सम्बन्ध होस भनेर फुटसल प्रतियोगिताको आयोजना गरिएको हो,’ उनले भने,‘यसले बित्तीय संस्थाहरूको आत्मीयता पनि बढाउँछ ।’

फुटसल प्रतियोगितामा विजेता टिमलाई पुरस्कारको पनि व्यवस्था गरिएको रेग्मीले जानकारी दिए । 

राष्ट्र बैंकले पछिल्लो चरणमा वियुक्त साक्षरताका साथै विभिन्न नवीनतम काम गर्न थालेको बैंकर्स संघ कर्णाली प्रदेशका अध्यक्ष डा.सुरज टण्डनले बताए ।

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार  ४ : ३९ बजे

अख्तियारमा तनहुँका स्थानीय तहविरुद्ध ७३ उजुरी

दमौली– अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयमा तनहुँका स्थानीय तहविरुद्ध

यस्तो छ आजको कृषिउपजको थोक मूल्य

काठमाडौं–  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

सानोथिमि बाल सुधारगृहमा झडप र आगजनी

भादगाउँ– मध्यपुरथिमि–२ सानोथिमिस्थित बाल सुधारगृहमा बिहीबार राति झडप र आगजनी

सुशील स्टारर ‘परिवर्तन’ प्रदर्शनमा आएपछि हलमा छन् ६ नेपाली फिल्म

काठमाडौं – नायक सुशील श्रेष्ठ र नायिका अञ्जना बराइली स्टारर

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज शुक्रबार बस्दैछ ।