जंगलको बीचमा अर्कैको घरमा बस्थ्यो हायु परिवार, मोबाइल फोनको अन्तिम लोकेशन रामेछाप « Khabarhub

जंगलको बीचमा अर्कैको घरमा बस्थ्यो हायु परिवार, मोबाइल फोनको अन्तिम लोकेशन रामेछाप


१२ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ स्थित भण्डास बिप्पर कटेरीबाट हराएका एकै परिवारका १६ जनाको अन्तिम लोकेशन रामेछाप देखिएको छ।

गत बिहीबार राति या शुक्रबार बिहान घर छाडेका उनीहरू सुनकोशी तरेर रामेछापतिर लागेको पुष्टि मोबाइल फोनको लोकेशनले गरेको हो । यद्यपि सोमबार उर्मिला हायुको परिवारका कुनै पनि सदस्यको फोन लागेको छैन ।

वडाध्यक्ष रविन श्रेष्ठका अनुसार रेकर्डमा रहेका सबै फोन नम्बरमा सम्पर्क गर्दा स्विच अफ भनिरहेको छ। ‘वडा कार्यालयमा रेकर्ड राखिएका सबै नम्बरमा फोन गर्दा स्विच अफ भनिरहेको छ’, उनले खबरहबलाई भने, ‘हामीले प्रहरीसँगको समन्वयमा लोकेशन पत्ता लगाउँदा उनीहरू रामेछापको भूगोलमा पुगेको देखिएको छ ।’

स्थानीय उर्मिला हायुसहित उनको परिवारका १६ जना गायब भएको पुष्टि सोमबार बिहान भएको थियो । तर हायु परिवारका सदस्य बिहीबार राति या शुक्रबार बिहानबाटै गायब भएको अनुमान जनप्रतिनिधले गरेका छन् ।

गोलन्जोर गाउँपालिकाका प्रवक्ता रेगन राज थापाका अनुसार घर छाडेर गायब हुनेमा उर्मिला हायुसहित उनका ६ जना छोरा, ६ जना छोरी, १ जना बुहारी, १ जना नातिनी र १ जना ज्वाइँसमेत रहेका छन् । बिहीबार घरमा बंगुर काटिएकाले छोरीज्वाइँसमेत आएको खुलेको छ । वडाध्यक्ष श्रेष्ठका अनुसार सुरूमा १६ जना हराएको खुले पनि अहिले १८ जना एकसाथ गायब भएको पाइएको छ ।

सोमबार बिहान खबर आएपछि प्रहरीको टोली र वडाध्यक्ष रविन श्रेष्ठ हायु परिवारको जंगलबीचको घरमा पुग्दा कुकुर रोइहरहेको थियो । भैंसी र बाख्रासहितका चौपाया बेवारिसे थिए । आँगनमा बनाइएको भान्सा घरमा आगो लागेर जलेको थियो ।

वडाध्यक्ष श्रेष्ठका अनुसार प्रहरीको सहयोगमा उनीहरूको मोबाइल फोन ट्र्याकिङ गर्दा अन्तिम लोकेशन रामेछापमा देखाएको थियो । फोनको लोकेशन रामेछापमा देखाए पनि हायु परिवारसमेत त्यहीँ पुगे नपुगेको पुष्टि भएको छैन । अहिले फोन गर्दा कसैकोमा सम्पर्क नभएको श्रेष्ठले बताए ।

हायु संघका केन्द्रीय अध्यक्ष लक्ष्मण हायुका अनुसार यो परिवारले बिहीबार मात्रै वडा कार्यालयबाट करिब एक लाख ९२ हजार रुपैयाँ भत्ता बुझेका थिए । उनीहरू लोपोन्मुख सूचीमा रहेकाले राज्यले यो सुविधा दिने गरेको छ।

अर्कातिर तीन दिनअघि मात्रै यो परिवारका राजु हायु विदेशबाट आएका थिए । उनीहरू बसोबास गर्दै आएको घर पनि अर्कैको रहेको अध्यक्ष हायुले बताए । जंगलको बीचमा रहेको घर छाडेर सामूहिक रुपमा बसाइँ सरेको हुन सक्ने अनुमान स्थानीयले गरेका छन् । उता वडाध्यक्ष श्रेष्ठले सहकारीसहितको ऋणको तनावले गाउँ छाडेको हुन सक्ने आशंका पनि गरेका छन् ।

प्रकाशित मिति : १२ श्रावण २०८२, सोमबार  ५ : ३३ बजे

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज अपराह्न

नेपालको परराष्ट्र नीति दिग्भ्रमको दिशामा उन्मुख भयो : ज्ञवाली

काठमाडौँ – पूर्वपरराष्ट्रमन्त्री एवम् एमाले उपअध्यक्ष प्रदीप ज्ञवालीले सरकारको कमजोर

जन्मथलो बेनीबाट प्रकाश दुतराजको नयाँ साङ्गीतिक यात्रा

म्याग्दी – गायक प्रकाश दुतराजले जन्मथलो म्याग्दीबाट सामूहिक लोकसङ्गीत साङ्गीतिक

भोटेकोशी बाढीमा एक हजार ३८४ शव भेटिए, चार हजार बढी अझै बेपत्ता

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन जारी, प्रधानमन्त्री कोषमा रकम जुट्दै

काठमाडौँ – भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढी प्रभावितका