जेन-जी युवाहरूको एकता पहल गरिदिन प्रधानमन्त्री कार्कीसँग जेन-जेड युनाइटेडको माग « Khabarhub

जेन-जी युवाहरूको एकता पहल गरिदिन प्रधानमन्त्री कार्कीसँग जेन-जेड युनाइटेडको माग


११ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ‘जेन–जेड युनाइडेट फर परिवर्तन’का प्रतिनिधिहरूले प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल गरेका छन्।

मंगलवार सिंहदरबारमा जेन–जी आन्दोलनका घाइते, शहीद परिवारका सदस्यहरूसहित युनाइटेडका प्रतिनिधिहरुले प्रधानमन्त्री कार्कीसँग छलफल गरेका हुन्।

छलफलमा सहभागी जेन–जेड युनाइटेडका प्रतिनिधिहरुले जेन–जी युवाहरूलाई एकताबद्ध राख्नका लागि सरकारका तर्फबाट पहल गर्न माग गरेको बताएका छन्।

छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै जेन–जी युनाइटेड फर परिवर्तनकी एक प्रतिनिधिले देशभरका जेन–जी युवाहरूको एकताका लागि पहल गरिदिन गृहमन्त्री ओमप्रकाश अर्याल र प्रधानमन्त्री सुशीला कार्कीलाई पत्र बुझाएको बताइन्।

उनले जेन–जी आन्दोलनको माग र मर्मअनुसार मुलुकलाई अगाडि बढाउन देशभरका जेन–जीहरू एक हुन आवश्यक रहेकोले सो अभियान जेन–जी युनाइटेड अभियान चलाइरहेको पनि बताइन्।

उनले जेन–जी समूहहरूलाई एकतावद्ध गर्न सरकारको तर्फबाट आवश्यक पहल गर्नेकुरामा प्रधानमन्त्री कार्की सकारात्मक रहेको पनि बताइन्।

प्रकाशित मिति : ११ कार्तिक २०८२, मंगलबार  १० : २७ बजे

जनकपुरधाममा मधेश प्रदेशस्तरीय सुरक्षा गोष्ठी सुरु

जनकपुरधाम– मधेश प्रदेश, गृह मन्त्रालय र सञ्चार तथा कानुन मन्त्रालयद्वारा

मध्यमार्गी ‘मोडल’मा पनि सभापति देउवा सकारात्मक नभएको कांग्रेस महामन्त्रीद्वयको दाबी

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले सभापति

सिन्धुलीमा बैंक लुटपाटमा संलग्न लुटेरा स्थानीयको नियन्त्रणमा

सिन्धुली– सिन्धुलीको घ्याङ्लेख गाउँपालिकामा रहेको एसबिआई बैंक लुटपाटमा संलग्न लुटेरालाई

सभापति देउवासँग कुरा नमिलेपछि बाहिरिए महामन्त्रीद्वय थापा र शर्मा

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा

टिपर दुर्घटनामा एक युवकको मृत्यु

पाल्पा– पाल्पाको रिब्दीकोट गाउँपालिका–२ जोर्तेस्थित विश्वकर्मा मन्दिर नजिकै टिपर दुर्घटना