साढे ४ घण्टा बसेर सकियो सरकार, दल र जेनजीको संयुक्त बैठक « Khabarhub

साढे ४ घण्टा बसेर सकियो सरकार, दल र जेनजीको संयुक्त बैठक


१२ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


393
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा बसेको सरकार, राजनीतकि दल र जेनजीको पहिलो संयुक्त बैठक सकिएको छ। प्रधानमन्त्री निवास बालुटारमा बसेको बैठक साढे ४ घण्टामा सकिएको प्रधानमन्त्रीका संचार संयोजक राम रावलले जानकारी दिए।

आजको बैठा आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभाको निर्वाचन केन्द्रित भएको उनको भनाइ छ।
बैठकमा प्रधानमन्त्री सुशीला कार्कीले मुलुक आफूहरूले नै बनाउनुपर्ने बताइन्। उनले बैठकको सुरुवातमै भनेकी थिइन्, हाम्रो हो, हामीले नै बनाउने हो, हामीले नबनाए कसैले बनाइदिँदैन। एकपटकको कुराकानीले हुँदैन, बारम्बार हुनुपर्छ। हामीले सुरुवात गरेका छौँ। आआफ्ना विचार राख्न म खुला गर्छु।’

बैठकमा जेनजीहरुले सुशासन, भ्रष्टचारीहरुलाई कारबाही लगायतका मागहरू सरकारले सम्बोधन गर्नुपर्न बताए। उनीहरुले कारबाही र सुशासनलाई सँगसँगै लैजान पनि सरकारसँग माग गरे। चुनाव हुनै पर्ने तर चुनाव भएर मात्रै पनि नहुने उनको भनाइ छ।

‘चुनाव चाहिएको छ, गर्नुपर्छ तर चुनाव चुनाव भनेर मात्र हुँदैन,’ उनीहरुले भने, ‘हाम्रो आन्दोलनको मुख्य माग सुशासन हो। भ्रष्टाचारविरुद्धको कारबाही हो। यी दुवै एजेन्डामा सरकार सँगसँगै अगाडि बढ्नुपर्छ।’

प्रकाशित मिति : १२ कार्तिक २०८२, बुधबार  ९ : ४३ बजे

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु

विश्वकपमा अनुशासन उल्लंघनको घटना : अर्जेन्टिनाका खेलाडी, अफिसियल तथा फुटबल संघलाई लाखौँ डलर जरिबाना

काठमाडौं । गत महिना सम्पन्न फिफा विश्वकपका दौरान देखिएको विवादास्पद

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको