आजका समाचार : अध्यादेशविरुद्ध विपक्षी एकजुट, संसद्को पहिलो दिनमै तनाव हुने संकेत, हमासले छाड्यो ८ बन्दी « Khabarhub

आजका समाचार : अध्यादेशविरुद्ध विपक्षी एकजुट, संसद्को पहिलो दिनमै तनाव हुने संकेत, हमासले छाड्यो ८ बन्दी


१७ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

महिला र दलितको प्रतिनिधित्व सुनिश्चित गर्न गृहमन्त्री र कानूनमन्त्रीसँग छलफल
सत्तापक्ष र प्रतिपक्षमा रहेका विभिन्न चार दलका नेताहरूले महिला र दलित समुदायको प्रतिनिधित्व सुनिश्चितताका लागि गृहमन्त्री र कानूनमन्त्रीसँग छलफल गरेका छन् ।

एकीकृत निर्वाचन कानूनको मस्यौदा अन्तिम चरणमा पुग्न लागेपछि नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का बहालवाला र पूर्व सांसदहरूले बिहीबार गृहमन्त्री रमेश लेखक र कानूनमन्त्री अजय चौरसियासँग छलफल गरेका हुन् ।

छलफलमा सहभागी कांग्रेसको प्रचार विभाग प्रमुखसमेत रहेका पूर्वमन्त्री मीन विश्वकर्माले चार वटै दलमा महिला र दलित समुदायबाट प्रतिनिधित्व गरिरहेका बहालवाला र पूर्व सांसदहरूले मन्त्रीद्वय लेखक र चौरसियासँग छलफल गरेको जानकारी दिए ।

‘एकीकृत निर्वाचन कानूनको मस्यौदा लगभग अन्तिम चरणमा पुगेकोले महिला र दलित समुदायको प्रतिनिधित्व सुनिश्चितताका लागि गृहमन्त्रीज्यू र कानूनमन्त्रीज्यूसँग महत्वपूर्ण छलफल भएको छ,’ उनले खबरहबसँग भने, ‘हामी चार दलका पूर्व र बहालवाला सांसदहरूले उहाँहरूसँग छलफल गरेका हौँ ।’

सरकार ढल्छ भनेर म्याद तोक्नेहरू छटपटाएका छन् : प्रदीप ज्ञवाली

प्राविधिक शिक्षामा लगानी बढाउन सभामुख घिमिरेको आग्रह

कांग्रेसले माघ २२ र २३ मा जिल्ला सभापति र उपसभापतिलाई प्रशिक्षण दिँदै

सूचना प्रविधिमार्फत अर्थतन्त्र वृद्धि गरिनेछ : मन्त्री गुरुङ

व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह-निर्यात बढाउनू

१८ गतेबाट संविधान संशोधनको बहस सुरु हुन्छ : उपसभापति गुरुङ

संविधान संशोधनका लागि २०८७ कुर्नु हुँदैन : शेखर कोइराला

अध्यादेशविरुद्ध एकीकृत समाजवादी सडकमा उत्रिन पनि तयार
नेकपा (एकीकृत समाजवादी)ले निश्चित वर्ग समूहलाई फाइदा हुने गरि सरकारले अध्यादेश ल्याएको भन्दै विरोध गर्ने निर्णय गरेको छ ।

पार्टी कार्यालय आलोकनगरमा बिहीबार बसेको समाजवादीको सचिवालय बैठकले कालाबजारी र निश्चित वर्ग र समूहलाई फाइदा हुने गरी सरकारले अध्यादेश ल्याएको भन्दै विरोध गर्ने निर्णय गरेको उपमहासचिव रामकुमार भट्टराईले जानकारी दिए ।

अध्यादेशले २० प्रतिशतभन्दा बढी नाफा खान नपाउने ऐन खारेज गरेको जनाउँदै समाजवादीले सिमेन्टको भाउ बढेको निष्कर्ष निकालेको छ।

उनले भूमिसम्बन्धी अध्यादेशले गिरिबन्धु जस्ता जग्गालाई वैध बनाउने काम भएकाले त्यसको विरोध गरिने उल्लेख गरे ।अध्यादेशविरुद्ध संघर्षमा जान पनि तयार हुनुपर्नेबारे बैठकमा छलफल भएको उनले पत्रकारहरूलाई जानकारी दिए ।

अध्यादेश अस्वीकार गर्ने विपक्षी दलहरूको निर्णय

युवाहरूको ऊर्जा समाज रूपान्तरणमा प्रयोग हुनुपर्छ : प्रचण्ड

मधेश केन्द्रित दलहरूद्वारा आठ सदस्यीय कार्यदल गठन

माओवादीले अध्यादेशविरुद्ध संसद्‍मा अस्वीकारको सूचना दर्ता गर्ने

अग्नि सापकोटाको निष्क-ओली नेतृत्वको सरकार असफल भइसक्यो

मधेश केन्द्रित दलहरूको बैठक सिंहदरबारमा

अध्यादेश अस्वीकार गर्ने विपक्षी दलहरूको निर्णय, संसद्मा तनाव हुन सक्ने

ऊर्जा उत्पादनमा पूँजी परिचालन गर्न बङ्गलादेशका लगानीकर्तालाई आग्रह
बङ्गलादेशको ढाकास्थित नेपाली राजदूतावासले ‘नेपाल र बङ्गलादेशबीचको व्यापार र लगानी सम्बन्ध’ विषयमा कार्यशाला आयोजना गरेको छ । साथै दूतावासले ऊर्जा उत्पादनमा पूँजी परिचालन गर्न बङ्गलादेशका लगानीकर्तालाई आग्रह पनि गरेको छ ।

बुधबार साँझ भएको कार्यक्रममा राजदूत घनश्याम भण्डारीले नेपाल र बङ्गलादेश बीचको बढ्दो आर्थिक संलग्नताबारे चर्चा गर्दै व्यापार, ‘कनेक्टिभिटी’, ऊर्जा र पर्यटनलगायत क्षेत्रमा हासिल भएको प्रगति, नेपालबाट पहिलोपटक ४० मेगावाट जलविद्युत् बङ्गलादेश आयात, ऊर्जा सहयोगले दुई देशलाई मात्र नभई सम्पूर्ण दक्षिण एसिया क्षेत्रलाई त्यसबाट लाभ हुने बताए ।

‘सामाजिक सञ्जालसम्बन्धी विधेयक’ फिर्ता लिन रास्वपाको आग्रह

‘सामाजिक सञ्जालसम्बन्धी विधेयक सञ्चार क्षेत्रसँग छलफल गरेर ल्याइने छ’

दमौली अस्पतालमा कार्यरत डाक्टरमाथि हातपातको प्रयास

‘स्टार्टअपमा आकर्षण बढाउन महिलामैत्री कानुन आवश्यक’

जनतासँग प्रत्यक्ष संवाद गर्न ‘हेल्लो धनराज’ सुरु

सिरहाका तीन अस्पतालाई स्वास्थ्य उपकरण सहयोग

आप्रवासी अपराधी राख्न जेल विस्तार गर्ने ट्रम्पको निर्णय
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्वान्टानमाओ खाडीमा रहेको बन्दी गृहलाई बढाउने विषयमा हस्ताक्षर गरेका छन्।

आप्रवासी राख्नका लागि नै सो निर्णय गरिएको अमेरिकी सञ्चार माध्यमले उल्लेख गरेका छन्। उनले अमेरिकामा रहेका उच्च प्राथमिकतामा रहेका अपराधीलाई उक्त स्थानमा लगेर राख्नका लागि गृह र रक्षा मन्त्रालयलाई निर्देशन दिइसकेका छन्।

क्युबाको दक्षिण पूर्वमा रहेको ग्वान्टान्माओ क्षेत्र सन् १८९८ मा भएको स्पेन अमेरिका युद्धपछि अमेरिकाले कब्जामा लिएको हो।

सन् २००२ मा त्यस स्थानमा जेल खडा गरेर आठ सय जना शङ्कास्पद आतङ्कवादी राखिएको थियो। बाइडेन प्रशासनको समयमा त्यहाँ ३० जना रहेको जनाइएको छ।

हमासले ४८२ दिनपछि छाड्यो तीन इजरायली र पाँच थाई नागरिक

अमेरिकामा हेलिकप्टर र विमान आकाशमै ठोक्किए, १८ जनाको शव भेटियो

हमासले आज ८ बन्दी रिहा गर्ने, तीन इजरायली र पाँच थाई नागरिक

इजरायली बन्धक बर्जरलाई रेडक्रसको जिम्मा लगाइयो

रुसी ड्रोन आक्रमणबाट चार युक्रेनीको मृत्यु

प्रकाशित मिति : १७ माघ २०८१, बिहीबार  ८ : ०० बजे

फिफा विश्वकप : भिड्दैछन् फ्रान्स र सेनेगल

काठमाडौँ । फिफा विश्वकप २०२६ मा छैटौँ दिन चार खेल

फेवातालमा हावाहुरीले पल्टायो डुंगा, दुई भारतीय पर्यटकको उद्धार

काठमाडौँ । सशस्त्र प्रहरीले फेवातालबाट दुई जना भारतीय पर्यटकको सकुशल

उपकुलपतिका उम्मेदवारहरूलाई अन्तर्वार्तामा बोलाइयो

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले विभिन्न विश्वविद्यालयमा उपकुलपतिका लागि

११ महिनामा सरकारको झण्डै ११ खर्ब राजस्व उठायो

काठमाडौँ : सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ

बडीकेदारका तत्कालीन अध्यक्ष, उपाध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बडीकेदार गाउँपालिका डोटीका तत्कालीन अध्यक्ष