भूकम्प प्रभावित म्यान्मामा बङ्गलादेशले उद्धार टोली पठाउने | Khabarhub Khabarhub

भूकम्प प्रभावित म्यान्मामा बङ्गलादेशले उद्धार टोली पठाउने


१७ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

ढाका– भूकम्पको राहत तथा उद्धारकार्यमा सहयोग पुर्‍याउन बङ्गलादेशको सशस्त्र बलको उद्धार टोली आइतबार विशेष उडानमार्फत म्यान्मा प्रस्थान गर्ने भएको छ ।

बङ्गलादेशको सशस्त्र बलको अन्तरसेवा जनसम्पर्क (आईएसपीआर) ले शनिबार एक विज्ञप्ति जारी गर्दै टोली आइतबार म्यान्मा प्रस्थान गर्ने जानकारी दिएको हो ।

बङ्गलादेशी सशस्त्र बलले आपत्कालीन औषधि, राहत सामग्री, उद्धार कार्य र चिकित्सा सहायता उपलब्ध गराउने जनाइएको छ ।

म्यान्मामा शुक्रबार ७.७ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पका कारण भौतिक संरचनाका साथै व्यापक रूपमा मानवीय क्षति पुगेको छ । 

राज्य प्रशासन परिषद्को मिडिया समूहले आइतबार उपलब्ध गराएको जानकारीअनुसार अहिले (आइतबार मध्यान्न) सम्म एक हजार ६४४ जनाको मृत्यु भएको, तीन हजार ४०८ जना घाइते भएका छन् भने १३९ जना हराइरहेका छन् ।

प्रकाशित मिति : १७ चैत्र २०८१, आइतबार  ३ : २३ बजे

करेन्ट लागेर एक जनाको मृत्यु

भीमफेदी – मकवानपुरमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।

सप्तरी गोलीकाण्ड : चारबुँदे मागसहित सङ्घर्ष समितिले बुझायो ज्ञापनपत्र

सप्तरी – सप्तरीको राजगढमा प्रहरीको गोली लागेर स्थानीय लालु यादवको

पोखरीमा डुबेर बारामा सात वर्षीय बालकको मृत्यु

बारा – बाराको कलैया उपमहानगरपालिका– ३ गङ्गापुरमा आज दिउँसो पोखरीमा

वरिष्ठ पत्रकार तेजबहादुर भण्डारीको निधन

कञ्चनपुर – नेपाल पत्रकार महासङ्घका पूर्वकेन्द्रीय उपाध्यक्ष तथा वरिष्ठ पत्रकार

स्थानान्तरण गरिएको ओखरबोट माविको भवन पहिरोको जोखिममा

म्याग्दी – म्याग्दीको मालिका गाउँपालिका–४ मा रहेको ओखरबोट माध्यमिक विद्यालयको