गणतन्त्रबाट पछाडि फर्कन असम्भव : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले जनताले लडेर ल्याएको गणतन्त्रबाट पछाडि फर्कन सम्भव नरहेको बताएका छन् ।
शनिबार काठमाडौंमा राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको पाँचौ राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले निरङ्कुश हुकुमी शासन व्यवस्थालाई अन्त्य गर्दै जनताले लडेर ल्याएको गणतन्त्रबाट पछाडि फर्कन सम्भव नरहेको बताएका हुन् ।

प्रधानमन्त्रीलाई लखेट्छौँ भनेको शान्तिपूर्ण त होला ? भन्ने प्रश्न गर्दै प्रधानमन्त्री ओलीले अढाइ सय वर्ष राजतन्त्र हुँदा देशको अवस्था कहाँ थियो रु अहिले हामी कहाँ पुगेका छौँ भन्ने बुझ्न आग्रह गरे ।
उनले राजतन्त्र पक्षधरहरूले पहिला दिन पैसा दिएको मान्छे ल्याएको भन्दै दोस्रो र तेस्रो दिन मान्छेहरू घट्दै गएको जिकिर गरे । अब राजतन्त्र फर्काउने नभइ देशलाई सुशासन र विकासको बाटोमा अगाडि बढाउने बाटोमा अघि बढ्नुपर्ने उनले बताए । उनले अगाडि हिँड्न खोजेको घोडालाई पछाडि फर्काउन खोजे लात्ताले हान्न सक्ने जिकिर गरे । प्रधानमन्त्री ओली संविधानभन्दा माथि बसेर पैत्रिक सम्पत्ति थुपार्ने फेरि राजतन्त्र ल्याउनुपर्छ भन्दा लाज मान्नुपर्ने धारणा राखे ।
राष्ट्रिय हितलाई ध्यान दिएर अघि बढे एमालेको एकल बहुमत आउँछ : प्रधानमन्त्री
पहिचान, पहुँच र प्रतिनिधित्वको लडाइँमा किराँत समुदायसँगै छु : शेखर कोइराला
गृहमन्त्रीको राजीनामा माग्नु अनुचित : प्रधानमन्त्री
डिजिटल नेपाल फ्रेमवर्क सरकारको उच्च प्राथमिकतामा छ : मन्त्री गुरुङ
गणतन्त्र हल्लिँदा सबैभन्दा ठूलो पीर प्रचण्डलाई पर्नु स्वभाविक हो– राजेन्द्र लिङ्देन
नुवाकोटमा आयोजित एक कार्यक्रममा शनिबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पूष्पकमल दाहाल प्रचण्डले भाडामा मान्छे ल्याएर राजावादीले चुरीफुरी देखाएको टिप्पणी गरेका थिए । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रचण्डको टिप्पणीमा प्रतिउत्तर दिएका छन् ।
राजावादीको तेस्रो दिनको आन्दोलनमा सञ्चारकर्मीसँग कुरा गर्दै लिङ्देनले गणतन्त्रको आन्दोलन गर्दाताका प्रचण्डले मान्छे टाढाटाढाबाट बोकेर ल्याउने, पार्टी प्यालेसमा भोजभत्तेर गर्ने, पैसा वितरण गरेर जुलुश गर्ने गरेको र त्यही अनुभव सुनाएको बताए ।

‘विचरा प्रचण्डको धेरै प्रतिवाद गरिरहनुपर्ने केही कुरा पनि छैन । राम्रो भए पनि नराम्रो भए पनि उहाँ गणतन्त्रको संस्थापक हो । उहाँको नेतृत्वमा गणतन्त्रको मुद्दा नेपालमा उठेको हो’, लिङ्देनले भने, ‘त्यसकारणले गणतन्त्र हल्लिँदाखेरि सबभन्दा ठूलो पीर उहाँलाई पर्नु स्वभाविक हो । पीर परेका बेला के के बर्बराउने, के भन्ने, त्यस्तो कुरा आउनुलाई मैले अन्यथा मान्दिनँ ।’
राजावादीहरूसँग डराएर सरकारले आन्दोलन स्थलमै निषेधाज्ञा जारी गर्यो : राजेन्द्र लिङ्देन
गण्डकी सरकारको निर्णयविरुद्ध आन्दोलित यातायात व्यवसायीले भने– विदेशी पर्यटकमात्र बुकिङ गर्नू
बालुवाटारतर्फ बढ्दै राजावादी (तस्बिरहरू)
सुदूरपश्चिम प्रदेशसभा : विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल
सोलु-ओखलढुङ्गाको सीमा विवाद समाधान गर्न कार्यदल गठन
लुम्बिनीको समग्र विकासका लागि प्रचारप्रसारमा जोड दिनुपर्छ : मुख्यमन्त्री आचार्य
सार्वजनिक सवारीसाधनले घेर्यो चक्रपथ, मजदुर व्यवसायी भन्छन्- यो काष्टिङ मात्रै हो
शनिबार बिहान साढे ११ बजेदेखि साढे १२ बजेसम्म चक्रपथ घेराउपछि यातायात मजदुर व्यवसायीहरूले यो कार्यक्रम काष्टिङ मात्रै रहेको बताएका छन् ।
कोटेश्वरमा एक घण्टे कार्यक्रमको समापन गर्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव डेकनाथ गौतमले आजको कार्यक्रम कास्टिङ मात्रै हो असली चलचित्र जेठ १९ गतेबाट सुरु हुने बताए । गौतमका अनुसार सरकारसँगको धेरैपटकको छलफल र सम्वादपछि पनि समस्याको समाधान नभएपनि सात बुँदे मागपत्र सहित आन्दोलनमा उत्रनु परेकाले यो आन्दोलन यातायात मजदुर व्यवसायीको निर्णायक आन्दोलन हुने बताए ।

कोण सभालाई सम्बोधन गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले चक्रपथ घेराउ कार्यक्रम अभूतपूर्व रुपमा सफल भएको बताउँदै जेठ १९ गतेदेखि सम्पूर्ण सवारीसाधनहरू पूर्णरुपमा नचल्ने बताए । उनले भने १८ गते ९भोली० साढे ११ बजे माइतिघर मण्डलामा यातायात मजदुर व्यवसायीहरुको हजारौँको सभा गरिने र १९ गतेदेखि सम्पूर्ण सवारीसाधनहरू घर ग्यारेजमै थन्क्याउने बताए ।
फेवातालको सिमानामा पोल गाढ्न सुरु, चारै किल्लामा १ हजार ५५ पोल गाडिने
गाउँपालिकाको नामकरण गरिएको ताल नै संकटमा
प्रदेशसभा निर्वाचन क्षेत्रलक्षित सडकअन्तर्गत दोस्रो चरणको काम हुँदै
मन्त्री भण्डारीले गरे बाढीग्रस्त सडक क्षेत्रको निरीक्षण
जैमिनीमा एक सय ४० रोपनी बाँझो जग्गामा केराखेती
बाढीले डाइभर्सन बगाउँदा पूर्व–पश्चिम लोकमार्ग अवरुद्ध
मनसुन भित्रिएसँगै बाढी-पहिरोको जोखिम, सतर्कता अपनाउन आग्रह
बाढीले निर्माणाधीन ‘एसियन हाइवे’का तीन डाइभर्सन बगायो
कर्णाली राजमार्ग चार दिन बन्द हुने
चौरगाउँमा उत्पादन भएको १०३ क्वीन्टल लसुन काठमाडौँ पठाइयो
भारतमा माओवादी सकिँदैछ ?
तेलङ्गानाको वारङ्गल जिल्लास्थित कडवेन्दी गाउँ बाहिरबाट हेर्दा एक आम भारतीय गाउँजस्तै लाग्छ ।तर, इँटा र ढुङ्गाबाट बनाइएका र सेतो रङ दलिएका घरहरूबीच रहेका राता समाधिस्थलहरूले यो गाउँलाई पृथक बनाएको छ । गाउँको बीचैमा डोट्टी कोमुरैय्याको एक समाधि छ, जो कडवेन्दीमाा जन्मिएका एक किसान नेता थिए ।

सन् १९४६ को जुलाई ४ तारिकका दिन यही गाउँमा उनको हत्या भएको थियो । हैदरावादस्थित निजाम कलेका इतिहास विभाग प्रमुख सहायता प्राध्यापक रामेश पन्नीरू लेख्छन्, ‘कोमुरैय्याको शहादतले नै तेलङ्गानामा सशस्त सङ्घर्षको शुरुवात गर्यो ।’
१९४६ देखि १९५१ सम्म तेलङ्गानामा किसान विद्रोह भयो । यही विद्रोही समयान्तरमा भारतीय माओवादी आन्दोलनको प्रेरणा बन्यो । कोमुरैय्याको शहादत पछि कडवेन्दीका हजारौँ मानिस माओवादी आन्दोलनमा आवद्ध भए, ती मध्ये धेरैले आफ्नो ज्यान गुमाए ।
‘गाजाको मानवीय अवस्था युद्ध सुरु भएदेखि अहिलेसम्मकै गम्भीर’
तस्करीका कारण पाकिस्तानी अर्थतन्त्रलाई १२ अर्ब डलर घाटा
चीनले एसियामा सैन्य बल प्रयोगको तयारी गरिरहेको पेन्टागन प्रमुखको दाबी
पानामामा भारतीय सांसद शशी थरुरले भने – भारतले आतंकवाद सहँदैन
दुई हजार भन्दा बढी अफगान परिवार स्वदेश फिर्ता
रुससँग सीमा जोडिएका युक्रेनका ११ गाउँ खाली गर्न आदेश
२५ करोड मौरी भागेपछि सावधानी अपनाउन अमेरिकी प्रहरीको चेतावनी
प्रतिक्रिया