अर्थसंंक्षेप : दशैँका लागि भदौ २९ देखि सुकिला नोट, ऊर्जा क्षेत्रमा लगानीको वातावरण बनाउन सरकार प्रयासरत र ३१ अंकले घट्यो नेप्से « Khabarhub

अर्थसंंक्षेप : दशैँका लागि भदौ २९ देखि सुकिला नोट, ऊर्जा क्षेत्रमा लगानीको वातावरण बनाउन सरकार प्रयासरत र ३१ अंकले घट्यो नेप्से


१५ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

‘ऊर्जा क्षेत्रमा लगानीको वातावरण सिर्जना गर्न सरकार प्रयासरत छ’

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ऊर्जा क्षेत्रमा लगानीको वातावरण निर्माण गर्न सरकार प्रयासरत रहेको बताएका छन् ।

सुदूरपश्चिम प्रदेशमा आगामी मङ्सिर १ र २ गते धनगढीमा गर्न लागेको ‘सुदूरपश्चिम प्रदेश लगानी तथा विकास सम्मेलन’को पूर्व सन्ध्यामा आज ऊर्जा मन्त्रालयमा आयोजित कार्यक्रममा उनले ऊर्जा क्षेत्रको विकासका लागि मन्त्रालयले नीतिगत सुधारलाई उच्च प्राथमिकतामा राखेको बताए ।

‘संविधान निर्माणपछि हामी कानुन निर्माणको चरणमा छौँ, जुन गतिमा कानुन निर्माण हुनुपर्ने हो त्यो अझै हुन सकेको छैन, ऊर्जा क्षेत्रको विकासका लागि सरकारले नीतिगत सुधारलाई उच्च प्राथमिकतामा राखेको छ’, उनले भने ।

सुदूरपश्चिममा हाइड्रोमा लगानी गर्न मुख्यमन्त्री शाहको आह्वान

राष्ट्रकविका नाममा २७ लाखको अक्षयकोष

ऋषिङमा २५ जना किसानले थाले अकबरेखेती

राष्ट्र बैंकले दशैँका लागि भदौ २९ गतेदेखि सुकिला नोट साट्ने

यो पटकको दशैँमा नेपाल राष्ट्र बैंकले नयाँ नोट नदिने भएको छ।केन्द्रीय बैंकले यो पटकको दशैँमा सुकिला नोट मात्र वितरण गर्ने भएको छ ।

सुकिला नोट साट्नका लागि भदौ २९ देखि असोज १० गतेसम्मको समय राष्ट्र बैंकले तोकेको छ।

नेपाल राष्ट्र बैंकले सूचना प्रकाशित गर्दै सर्वसाधारणलगायत विभिन्न संघ संस्थाका लागि उक्त मितिमा बैंकिङ कारोबार गर्दा सुकिला नोट सटही गर्ने व्यवस्था गरेको जनाएको छ ।

एशियन थाई फुड्सले सार्वजनिक गर्यो ‘डेभिल्स हट चिकेन नूडल्स’

माछापुच्छ्रे बैंकले ८ प्रतिशत लाभांश दिने 

राष्ट्रिय व्यावसायिक पहलको नयाँ कार्यसमिति निर्विरोध निर्वाचित

नेप्से ३१ अंकले घट्यो, कारोबार कति ?

आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३१ अंकले घटेको छ । आइतबार नेप्से १.१२ प्रतिशतले घटेर परिसूचक २७४९.८३ विन्दुमा पुगेको छ ।

नेप्सेमा भारी गिरावट आउँदा दिनभरमा ६ अर्ब ६ करोड १८ लाख २२ हजार रुपैयाँ बराबरको १ करोड ४८ लाख ५ हजार ५६९ कित्ता शेयर कारोबार भएको छ ।

बजार बन्द हुँदा २१ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने २२८ वटा कम्पनीको शेयर मूल्य घटेको छ । एक वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स ९ औँ वर्षमा 

एशियन लाईफको बिक्री नभएको हकप्रद शेयर लिलाममा 

एचएलआई लार्ज क्याप फण्ड निष्काशन

अवरुद्ध सडक तदारुकताका साथ खोल्न प्रयास गरिने

बाढीपहिरोका कारण अवरुद्ध सडक तदारुकताका साथ खोल्न प्रयास गरिने भएको छ ।

उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा आइतबार भएको बैठकमा विपद् पूर्व तयारी प्रतिकार्य शाखाले प्रभावित सडकबारे जानकारी दिएपछि गृह मन्त्रालयलगायत सम्बद्ध निकायका अधिकारीहरूले यथाशीघ्र बन्द सडक खोल्न प्रयत्न गर्ने बताएका हुन् ।

बाढीपहिरोले पासाङल्हामु राजमार्गअन्तर्गत रसुवा– गोसाईंकुण्ड, अरनिको राजमार्गअन्तर्गत भोटेकोशी –कोदारी र घट्टेखोला, बेनी–जोमसोम सडक खण्डअन्तर्गत दुईखोलीमा सडक अवरुद्ध छ ।

सपोर्ट लघुवित्तको विशेष साधारणसभा असोज ४ गते 

नारायणी डेभलपमेन्ट बैंकको हकप्रद निष्काशन असोज २ देखि 

वैशाखदेखि हालसम्म तीन हजार २८१ विपद्का घटना

प्रकाशित मिति : १५ भाद्र २०८२, आइतबार  ७ : ३० बजे

विश्वकपमा जर्मनीको गोल वर्षा, कुरासाओ ७–१ ले पराजित

ह्युस्टन – चार पटकको विश्व च्याम्पियन जर्मनीले फिफा विश्वकप २०२६

टेम्पो भिरमा खसालिएको घटनामा १२ जना वन कर्मचारी प्रहरी नियन्त्रणमा

धनगढी – कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा वन अतिक्रमण हटाउने क्रममा

देशलाई सुधार गर्ने अनुकूल अवस्था आएको छ, यो अवसर चुकाउनु हुँदैन : गगन थापा

ललितपुर – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशलाई सुधार गर्ने

डोरी नबाँधी बन्जी जम्प गराउँदा २१ वर्षीय युवतीको मृत्यु

काठमाडाैं – ब्राजिलको साओ पाउलो राज्यमा बन्जी जम्पिङका क्रममा भएको

अनुमतिबिनै नेपाली आकाशमा उड्यो भारतीय सैनिक हेलिकोप्टर

धनगढी – भारतको इन्डो–टिबेटियन बोर्डर पुलिस (आईटीबीपी)का महानिर्देशक सत्रुजित कपुर