आजका समाचार : नियमित नहुने भएपछि विशेष महाधिवेशन डाक्दै विश्व-गगन, लेखकमाथिको प्रतिबन्ध हट्यो, सम्झौता नभए आन्दोलन गर्ने दुर्गाको चेतावनी र युक्रेनी ड्रोन हमलामा २४ जनाको मृत्यु « Khabarhub

आजका समाचार : नियमित नहुने भएपछि विशेष महाधिवेशन डाक्दै विश्व-गगन, लेखकमाथिको प्रतिबन्ध हट्यो, सम्झौता नभए आन्दोलन गर्ने दुर्गाको चेतावनी र युक्रेनी ड्रोन हमलामा २४ जनाको मृत्यु


१७ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

गगन–विश्वले पुस २७ र २८ मा विशेष महाधिवेशन गर्दै

नेपाली कांग्रेशका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले यही पुस २७ र २८ गते पार्टीको विशेष महाधिवेशन गर्ने तयारी अघि बढाएका छन् । बहुमत महाधिवेशन प्रतिनिधिको आह्वानमा उनीहरूले विशेष महाधिवेशन गर्ने तयारी अघि बढाएका हुन् ।

नेपाली कांग्रेशका नेता अजयबाबु सिवाकोटीले महामन्त्री विश्वप्रकाश शर्मा अहिले ४ बजे विशेष महाधिवेशनको लागि प्रस्ताव बोकेर सभापति शेरबहादुर देउवाको निवासमा गएका छन् ।

‘केन्द्रको तर्फबाट दुईजना महामन्त्रीले आह्वान गरेर २७ र २८ गते महाधिवेशन गर्ने भन्ने भएको छ, त्यसको जानकारी महामन्त्री विश्वप्रकाश शर्माले पार्टी सभापतिलाई दिन जानुभएको छ’, उनले भने ।

नियमित महाधिवेशन पनि नगर्ने र विशेष पनि नगर्ने हो भने विधान लत्याउने काम हुने भन्दै विधानले दिएको व्यवस्थाअनुसार विशेष महाधिवेशन बोलाउन लागिएको उनले बताए । साथै, उनले विशेष महाधिवेशन रोक्ने कुरा तर्कसंगत नहुने पनि बताए ।

महामन्त्रीद्वयले गरे कांग्रेसको नियमित महाधिवेशन स्थगित

पूर्वगृहमन्त्री लेखकमाथिको प्रतिबन्ध फुकुवा

आइतबारसम्म सम्झौता नभए आन्दोलन गर्छौं : दुर्गा प्रसाईं

कांग्रेस विशेष महाधिवेशन : मिलाइदिन भृकुटीमण्डप व्यवस्थापन विभागलाई पत्र

समानुपातिक बन्दसूचीलाई लिएर ललितपुरको तीनै क्षेत्रका कांग्रेसीजन असन्तुष्ट

अध्यागमन विभागले कार्यान्वयनमा ल्यायो विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली

अध्यागमन विभागले विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली कार्यान्वयनमा ल्याएको छ । विभागले बिहीबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रमकाबीच गृहमन्त्री ओमप्रकाश अर्यालले विदेशी नागरिक व्यवस्थापन सूचना प्रणालीको शुभारम्भ गरेका हुन् ।

नेपाल भ्रमण गर्ने विदेशी नागरिकहरूको सुरक्षा, सूचनामा सहजीकरण, सम्भावित अपराध नियन्त्रण र नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउने उद्देश्यले विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली लागू गरेको विभागले जनाएको छ ।

उक्त सूचना प्रणालीको शुभारम्भ गर्दै गृहमन्त्री अर्यालले अध्यागमन सुधारको रणनीतिक योजना अन्तर्गत विदेशी नागरिकहरूको नेपाल बसाइको सूचना व्यवस्थापनलाई नजितामूखि बनाउन सूचना प्रणाली कार्यान्वयनमा ल्याएको जानकारी दिए ।

ओलीलाई जाँचबुझ आयोगले भन्यो- बयानका लागि पत्र काट्दैछौँ, नआए त्यतिबेलै कुरा हुन्छ

रास्वपाले चाह्यो भने समानुपातिक सूची सच्याउन सक्छ, तर, कसरी ?

नागरिक बचाउ अभियानसँगको वार्ता सकारात्मक : मन्त्री खरेल

निर्वाचनमार्फत जिम्मेवारी हस्तान्तरण गर्न सरकार लागिसकेको छ : गृहमन्त्री 

मन्त्री खरेलबाट ज्यापू सङ्ग्रहालयको अवलोकन

राष्ट्रियसभा निर्वाचन : निर्वाचन अधिकृतको कार्यालय स्थापना

निकोलस भुसाल र हरिश विष्टको जीवनरक्षा गर्न माग

विगत १० दिनदेखि काठमाडौंको माइतीघरमा आमरण अनशनमा रहेका डा. निकोलस भुसाल र हरिश विष्टको जीवनरक्षाका निम्ति राष्ट्रिय मानव अधिकार आयोगले सरकारको ध्यानाकर्षण गराएको छ ।

आयोगले बिहीबार एक विज्ञप्ति जारी गर्दै उनीहरूको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको जनाएको छ । ‘निजहरूको प्रभावकारी स्वास्थ्य उपचारका लागि पहल गर्दै वार्ताको माध्यमबाट अनशनरत व्यक्तिहरूको माग सम्बन्धमा निष्कर्षमा पुग्न, पुर्‍याउन र उनीहरूको जीवनरक्षा गर्न आयोग नेपाल सरकारको ध्यानाकर्षण गराउँदछ,’ आयोगका सहायक प्रवक्ता श्यामबाबु काफ्लेद्वारा जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

भ्रष्टाचारको छानबिन र कारबाही गर्नुपर्नेलगायत विभिन्न मागसहित उनीहरू अनशनमा रहेका आयोगले जनाएको छ । ‘आयोगले गरेको पछिल्लो अनुगमनको क्रममा भुसाल र विष्टको स्वास्थ्य अवस्था गम्भीर रहेको, भुसालको रक्तचाप निकै कम रहेको र रगतमा चिनीको मात्रा समेत घटेको पाइएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।

स्वास्थ्य अवस्था कमजोर बनेपछि भुसाल र विष्टलाई बुधबार नेपाल चिकित्सक संघको पहलमा अस्पतालमा लगेर भर्ना गरिएको छ ।

निर्वाचनको वातावरणका निर्माणका लागि संसद् पुनर्स्थापनाको मुद्दा टुङ्गोमा पुर्‍याउन आग्रह

भोटखोलास्थित सीमा स्तम्भ निरीक्षण

‘धोती हाम्रो शान हो’ भन्दै मनाइयो धोती दिवस 

महाकालीसन्धिका तीन दशक : सिँचाइका लागि बगेन पानी

खोला किनारको मापदण्ड खारेजीको माग गर्दै प्रदर्शन (तस्बिरहरू) 

जेन-जी अभियन्ताको चेतावनी- समानुपातिक सूची नसच्याए रास्वपालाई भोट हालिदैन

धवलागिरी अस्पताल भवन : तीन पटक म्याद थप गर्दा काम अधुरै

तेस्रो पटक थपिएको समयावधि पूरा हुन करिब छ महिना बाँकी रहँदा यहाँस्थित धवलागिरी गाउँपालिका–७ ताकममा निर्माणाधीन पालिका स्तरीय अस्पताल भवनको भौतिक प्रगति ६० प्रतिशत छ ।

तीन वर्षअघि सम्पन्न हुनुपर्ने पाँच श्यया क्षमताको अस्पताल भवन निर्माणको बाँकी छ महिनामा ४० प्रतिशत काम सम्पन्न गर्न चुनौति छ । गत साउन महिनादेखि रोकिएको भवन निर्माण मध्यहिँउदसम्म पनि सूचारु नभएको म्याग्दी उद्योग वाणिज्य संघ अन्तर्गतको धवलागिरी बजार इकाईका सभापति तेजेन्द्र थापाले बताए।

भवन निर्माण पुरा नहुँदा म्याग्दीका अन्य स्थानीय तहको तुलनामा भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित धवलागिरीको ताकममा अस्पताल सञ्चालन गर्ने योजना कार्यान्वयनमा ढिलाइ भएको छ उनले गुनासो गरे ।

नख्खु कारागारबाट फरार ३० प्रतिशत कैदीबन्दी सम्पर्कविहीन

प्रतिनिधिसभा निर्वाचन : सुदूरपश्चिममा १७ लाख १६ हजार मतदाता

सुदूरपश्चिम प्रदेशसभा : दलित सशक्तीकरण विधेयकमाथि छलफल

भक्तपुर क्यान्सर अस्पतालद्वारा तीन जिल्लामा नि:शुल्क स्वास्थ्य शिविर

क्रिप्टो कारोबारको अदृश्य सञ्जाल : ७५ प्रतिशत संलग्न युवा, विद्यार्थी र कर्मचारी जोखिममा

एक करोड ६८ लाखमा वडा कार्यालय भवन निर्माण

रसुवागढी नाका आजदेखि सञ्चालन

भू-क्षय रोक्न स्याली नदीमा तटबन्ध निर्माण

ट्रम्प बिना क्यापिटल दङ्गा सम्भव थिएन : स्मिथ

सन् २०२१ जनवरी ६ मा अमेरिकी क्यापिटलमा भएको दङ्गा राष्ट्रपति डोनाल्ड ट्रम्प बिना सम्भव नहुने पूर्व विशेष सल्लाहकार ज्याक स्मिथले बताएका छन् ।

उनले ट्रम्पलाई सन् २०२० को राष्ट्रपति चुनावको नतिजा उल्ट्याउने आपराधिक षड्यन्त्रमा ‘सबैभन्दा दोषी र सबैभन्दा जिम्मेवार व्यक्ति’ का रूपमा चित्रण गरे।

रिपब्लिकन नेतृत्वको हाउस जुडिसियरी कमिटीले बुधबार स्मिथले दिएको बन्द–ढोका अन्तर्वार्ताको प्रतिलिपि र भिडियो सार्वजनिक गरेको हो । सो अन्तर्वार्तामा स्मिथले ट्रम्पमाथि लगाइएका अभियोगहरूको आधार दृढतापूर्वक बचाउ गर्दै अनुसन्धान राजनीतिक प्रेरणाबाट गरिएको भन्ने आरोप अस्वीकार गरे।

अपडेट : क्रान्स मोन्टानामा बार आगलागी, ४० जनाको मृत्यु

स्विस आल्प्सको बारमा आगलागी, धेरै हताहत

सन् २०२५ मा १२८ पत्रकारको हत्या

फ्रान्समा १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध

अंग्रेजी नयाँ वर्ष २०२६ सुरु


























प्रकाशित मिति : १७ पुस २०८२, बिहीबार  ७ : ५३ बजे

एनभिए भलिबलः रुकुम पश्चिम सेमिफाइनलमा

काठमाडौं – राजधानीमा जारी नवौँ एनभिए भलिबल च्याम्पियनसिपअन्तर्गत आज भएको

दोधारा चाँदनीमा बाघको डमरु मृत फेला

कञ्चनपुर – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र दोधारा चाँदनीमा बाघको

अब राहदानी छपाइसँगै वितरण साविकअनुसार

काठमाडौं – राहदानी विभागले राहदानी पुस्तिकाको आपूर्ति र छपाइसँगै राहदानीको

वीरेन्द्रनगरमा कोठाभित्र निस्सासिएर एक जनाको मृत्यु, दुई बेहोस

कर्णाली – सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ बिरुवाबारीमा कोठामा निस्सासिएर एक जनाको

उत्साहपूर्वक मनाइयो इस्वी सम्वतकाे नयाँ वर्ष २०२६ को पहिलो दिन

काठमाडौं – विश्वभर धुमधामसाथ मनाइने इस्वी सन्को नयाँ वर्ष २०२६