न्यायाधीशमाथि महाअभियोग : सत्तापक्षको निर्णय कुर्दै कांग्रेस  « Khabarhub

न्यायाधीशमाथि महाअभियोग : सत्तापक्षको निर्णय कुर्दै कांग्रेस 


१६ कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले महाअभियोगबारे सत्तापक्षको स्पष्ट धारणा आएपछि मात्रै प्रतिपक्षी दलहरूले साझा धारणा बनाउने बताएका छन् ।

सोमबार कांग्रेस संसदीय दलको कार्यालयमा बसेको प्रतिपक्षी दलहरूको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले सत्तापक्षभित्रै महाअभियोगबारे टुंगो नलागेकाले आफूहरू पर्ख र हेरको अवस्थामा रहेको बताए ।

उनले महाअभियोगजस्तो गम्भीर विषयमा पार्टी र संसदीय दलबीच स्पष्ट समझदारी हुनुपर्नेमा जोड दिए ।

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) विश्वसनीय धारणा र तयारीसहित प्रस्तुत भएपछि प्रतिपक्षी दलहरू बसेर साझा निर्णयमा पुग्ने उनको भनाइ थियो ।

उनले संसद्मा हुने सकारात्मक काममा प्रतिपक्षी दलहरूको सहयोग रहने पनि स्पष्ट पारे ।

प्रकाशित मिति : १६ कार्तिक २०८३, सोमबार  ३ : ४४ बजे

त्रिवि मैदानमा जित, दादा र मिस्टर याकको दोस्ती (तस्बिरहरू)

काठमाडौं– त्रिवि क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिगको मस्टक जित,

सुदूरपश्चिम टस जितेर बलिङ गर्दै : चितवनलाई ब्याटिङको निम्तो

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको खोस्रो खेलमा

परिचयपत्रको विवरण प्रमाणीकरण नभए पनि सार्वजनिक सेवा नरोकिने

 काठमाडौँ – राष्ट्रिय परिचयपत्रको विवरण प्रमाणीकरणमा ढिलाइ भए पनि राहदानी, बैंक

सात महिनामा १ अर्ब ३३ करोडको अवैध सामग्री बरामद

काठमाडौँ – सशस्त्र प्रहरी बल, नेपालले पछिल्लो सात महिनामा सीमा क्षेत्रबाट १

भूमिहीनलाई पुर्जा वितरणमा ढिलाइ नगर्न मन्त्री रावलको निर्देशन

भद्रपुर– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा