बढ्दो महँगी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण
राष्ट्रियसभाको आजको बैठकमा सांसदले दैनिक उपभोग्य वस्तुको बढ्दो महँगी, एलपी ग्यासको अभाव, दलित समुदायमाथिको विभेद, सीमा विवाद र जनस्वास्थ्यसँग सम्बन्धित विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
बैठकको शून्य समयमा सांसद कृष्णबहादुर रोकायले खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिले उपभोक्ता मारमा परेको बताए । सांसद विष्णुकुमारी सापकोटाले महँगी नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न आग्रह गरिन् ।

सांसद श्रीकृष्णप्रसाद अधिकारीले बजारमा खाना पकाउने ग्यासको अभाव देखिएको, खाद्यवस्तुको मूल्यवृद्धि बढ्दै गएको तथा विषादीयुक्त खाद्य पदार्थका कारण जनस्वास्थ्यमा गम्भीर असर पुग्न गएको बताए ।
अप्ठेरोमा परेकालाई घरमा ग्यास पुर्याउने : प्रजिअ
भेरी अस्पतालमा दुई वर्षदेखि बन्द रहेको सिटी स्क्यान मेसिन सञ्चालन
राष्ट्र बैंक ऐनमा ‘डिजिटल करेन्सी’
नेपाल राष्ट्र बैंक ऐन, २०५८ संशोधन विधेयकमा ‘डिजिटल करेन्सी’लाई कानुनी मुद्राका रूपमा समेट्ने व्यवस्था गरिएको छ । निजी रूपमा जारी हुने क्रिप्टो तथा भर्चुअल करेन्सीलाई भने करेन्सी वा कानुनी ग्राह्य मुद्रा नमानिने स्पष्ट उल्लेख गरिएको छ ।
प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको आजको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफलका क्रममा डिजिटल करेन्सीको अर्थ र कानुनी दायराबारे छलफल भएको हो ।

सो अवसरमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक दीर्घ रावलले डिजिटल करेन्सीको व्यवस्था राख्दा केन्द्रीय बैंक डिजिटल करेन्सी (सीबीडीसी) समेटिने बताए।
क्रिप्टो तथा भर्चुअल करेन्सीलाई भने राष्ट्र बैङ्क ऐनमा समेटिरहन आवश्यक नरहेको उनले स्पष्ट पारे। कार्यकारी निर्देशक रावलका अनुसार क्रिप्टो तथा भर्चुअल करेन्सीसँग सम्बन्धित विषय सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुनबाट सम्बोधन भइसकेका छन् ।
सूक्ष्म, साना तथा मझौला उद्योगलाई जोगाउन पुनरुत्थान कार्यक्रम आवश्यक : पूर्वअर्थमन्त्री खनाल
दक्षिण कोरियामा अनलाइन किनमेलमा दोहोरो अङ्कको वृद्धिदर
उद्योग वाणिज्य महासङ्घका थप तीन विषयगत समिति गठन
नेपाल उद्योग वाणिज्य महासङ्घअन्तर्गत थप तीन वटा विषयगत समितिले पूर्णता पाएका छन् । महासङ्घका अनुसार यसअघि आठ वटा समितिले पूर्णता पाइसकेकामा बैंक, फाइनान्स तथा बिमा समिति, मेला समिति र पर्यटन तथा हवाई यातायात समिति विस्तार भएका हुन् ।
महासङ्घको सचिवालय टेकुमा आज आयोजित कार्यक्रममा कार्यवाहक अध्यक्ष सुरकृष्ण वैद्यले नवनियुक्त उपसभापति, सदस्य तथा सल्लाहकारलाई मनोनयनपत्र हस्तान्तरण गरे। उनले विषयगत समिति निजी क्षेत्रका समस्या, सम्भावना र आवश्यकताको पहिचान गर्ने महत्वपूर्ण संयन्त्रका रूपमा रहेका बताए।

अध्यक्ष वैद्यले समितिलाई आफ्नो क्षेत्रसँग सम्बन्धित समस्या र नीतिगत विषयमा अध्ययन गरी महासङ्घमार्फत सरकारसमक्ष प्रभावकारी रूपमा प्रस्तुत गर्न आग्रह गरे। निजी क्षेत्रको सशक्तीकरण, आर्थिक समृद्धि, नीति निर्माणमा सहजीकरण तथा लगानीमैत्री वातावरण निर्माणमा समितिको भूमिका महत्वपूर्ण रहने उनले विश्वास व्यक्त गरे।
‘ट्राफिक प्रहरीको उद्देश्य दुर्घटना न्यूनीकरण हो, जरिवाना असुली होइन’
सेवाग्राहीसँग घुस मागेको आरोपमा वन कार्यालय प्रमुखविरुद्ध मुद्दा












प्रतिक्रिया