साप्ताहिक अर्थसंक्षेप : ३.८९ अंकले बढ्यो नेप्से, दैनिक कारोबार ४ अर्ब पुग्न सकेन, नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्दै, गाडी भाडा घट्यो र भारतसँग रणनीतिक साझेदारी विस्तारमा जापानको जोड « Khabarhub

साप्ताहिक अर्थसंक्षेप : ३.८९ अंकले बढ्यो नेप्से, दैनिक कारोबार ४ अर्ब पुग्न सकेन, नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्दै, गाडी भाडा घट्यो र भारतसँग रणनीतिक साझेदारी विस्तारमा जापानको जोड


१९ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

सातामा ३.८९ अंकले बढ्यो नेप्से, दैनिक कारोबार ४ अर्ब पुग्न सकेन

वालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकार बनेदेखि तर्सिएको सेयर बजार यो साताभरीको कारोबारमा भने झिनो अंकले बढ्यो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) अघिल्लो साताको कारोबारको दिन २६४९.५१ बिन्दुमा पुगेकोमा शुक्रबार २६५३.४० बिन्दुमा पुगेको छ । जुन बिन्दु अघिल्लो हप्ताको तुलनामा ३.८९ अंकले धेरै हो ।

तीन महिनादेखि औसत रूपमा ओरालो लाग्दै आएको नेप्सेमा यो साताको दैनिक कारोबार कुनै पनि दिन ४ अर्ब पुग्न सकेन ।

सोमबार २ अर्ब ५८ करोड ८३ लाख ७६ हजार ३२ रुपैयाँ, मंगलबार ३ अर्ब ७ करोड ५६ लाख ५७ हजार ८७३ रुपैयाँ, बुधबार ३ अर्ब ५७ करोड ४१ लाख ६७ हजार ५८७ रुपैयाँ, बिहीबार ३ अर्ब ८ करोड ५९ लाख १२ हजार १४५ रुपैयाँ र शुक्रबार ३ अर्ब २६ करोड ३३ लाख ५ हजार ४७ रुपैयाँ बराबरको कारोबार भयो ।

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्दै

यामाहाले मनायो ७१ औँ वार्षिकोत्सव

एलजीले नेपाली उपभोक्ताका लागि ‘एसेन्सियल सिरिज’ घरेलु उपकरण सार्वजनिक गर्‍यो

‘सम्पत्ति शुद्धीकरण निवारण तेस्रो संशोधन विधेयक, २०८३’ पारित

‘सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ प्रतिनिधिसभाबाट पारित भएको छ ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ लाई पारित गरियोस्’ भनी प्रस्ताव गरेका थिए । बैठकले उक्त प्रस्तावलाई बहुमतले पारित गरेको हो ।

त्यसअघि बैठकमा उक्त विधेयकमाथि प्राप्त संशोधनहरूमाथि छलफल भई निणयार्थ प्रस्तुत गरिएको थियो । संशोधनहरूमाथि भएको छलफलका प्रश्नको जवाफ दिँदै मन्त्री वाग्लेले सम्पत्ति शुद्धीकरण विभागलाई थप प्रभावकारी बनाउन सरकार गम्भीर रहेको बताए ।

राष्ट्रिय विज्ञापन नीति स्वीकृत : डिजिटल विज्ञापनदेखि ‘डीपफेक’ सम्म नियमन, भ्रम छरे क्षतिपूर्ति

सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३ पारित

सहकारी पहिलो संशोधन विधेयक, २०८३ प्रतिनिधिसभाबाट पारित

अन्तरप्रदेश चल्ने सार्वजनिक यातायातको भाडा घट्यो

सार्वजनिक खरिदको नयाँ विधेयकमा ३० प्रतिशत कमको प्रस्ताव अमान्यदेखि श्रमिकलाई सामाजिक सुरक्षामा आबद्ध गर्नुपर्नेसम्म

नेपालको विकास निर्माण तथा सार्वजनिक खरिदको मेरुदण्ड मानिने सार्वजनिक खरिद प्रणालीलाई थप पारदर्शी, प्रतिस्पर्धी र नतिजामुखी बनाउन भन्दै सरकारले ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३’ संघीय संसदमा प्रस्तुत गरेको छ ।

प्रधानमन्त्री बालेन्द्र शाहद्वारा प्रस्तावित सो विधेयक असार १४ गते कानुनमन्त्री सोबिता गौतमले प्रतिनिधिसभामा स्वीकृतिका लागि प्रस्तुत गरेकी थिइन् ।

सार्वजनिक खरिद सम्बन्धी कार्यविधि, प्रक्रिया तथा निर्णयमा थप प्रतिस्पर्धा एवं स्वच्छता कायम गर्ने उद्देश्यले सो विधेयक ल्याइएको जनाइएको छ ।

साथै, विद्यमान सार्वजनिक खरिद ऐन, २०६३ मा रहेका कतिपय व्यवस्था अव्यवहारिक भएको र त्यसले विकासको गतिलाई रोकेको ठहर गर्दै सरकारले यो संशोधन प्रस्ताव गरेको हो । संसदमा स्वीकृत विधेयकमा के छन् नयाँ व्यवस्था ?

मार्कीचोक–भरतपुर खण्डमा असार २३ देखि विद्युत् परीक्षण सेवा

पेट्रोलियम पदार्थको मूल्य घट्दा अधिकांश निजी पेट्रोल पम्पहरू बन्द

स्वचालित प्रणाली अनुरुप सार्वजनिक यातायातको भाडा समायोजन गर्न महासंघको माग

ट्राफिक कारबाहीबाट एकैदिन २१ लाख ४० हजार राजस्व सङ्कलन

भारतीय अवरोध हटेपछि फेरि भारत जान थाल्यो नेपाली चिया

झन्डै दुई महिनादेखि भारतीय पक्षको गुणस्तर परीक्षण प्रक्रियाका कारण रोकिएको नेपाली चियाको निर्यात पुनः सुरु भएसँगै चिया उद्योग र किसानमा राहतको आशा पलाएको छ।

निकासी अवरोध हटेसँगै उद्योगमा थन्किएको चिया भारतीय बजारतर्फ जान थालेको छ भने नयाँ अर्डरसमेत आउन थालेका छन्।

भारतले गुणस्तर परीक्षणसम्बन्धी व्यवस्था परिमार्जन गर्दै सबै खेपको अनिवार्य परीक्षण हटाएर जोखिममा आधारित परीक्षण प्रणाली लागू गरेपछि काँकडभिट्टा–पानीट्यांकी नाका हुँदै नेपाली चियाको निकासी पुनः सुरु भएको हो ।

नयाँ व्यवस्थाअनुसार अब नेपालबाट जाने प्रत्येक पाँच खेपमध्ये एउटा खेपको मात्रै नमुना परीक्षण गरिनेछ।

झापामा मकै उत्पादन घट्यो 

रास्कोटमा खाद्यान्न अभाव नहुने

प्रकाशित मिति : १९ असार २०८३, शुक्रबार  ७ : ०१ बजे

खुला प्रतिस्पर्धाबाट छनोट भएका सात विश्वविद्यालयका उपकुलपतिले लिए शपथ

काठमाडौं – देशका विभिन्न विश्वविद्यालयमा नियुक्त भएका नयाँ उपकुलपतिहरूले पद

बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह

काठमाडौं – काठमाडौं उपत्यकासहित देशभर एक सय स्थानमा बर्डफ्लुको सङ्क्रमण

गोली हानेर लागुऔषध कारोबारी पक्राउ

काठमाडौं – नेपाल प्रहरीले लागुऔषध कारोबारी भारतीय नागरिकलाई गोली हानेर

बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो

बैतडी – बैतडीको गैराखानमा भएको बस दुर्घटनामा परी घाइते हुनेको

सरकार मुलुकको आर्थिक सङ्कट समाधान गर्न अग्रसर हुनुपर्ने : एमाले

काठमाडौं – नेकपा (एमाले)ले वर्तमान सरकार मुलुकको आर्थिक सङ्कट समाधान