आजका समाचार : राष्ट्रिय सभामा कांग्रेस-एमाले मिल्दा एक्लियो नेकपा, कांग्रेसका सुनिल निर्विरोध र अमेरिकाले भेनेजुएलाको तेल ल्याउने « Khabarhub

आजका समाचार : राष्ट्रिय सभामा कांग्रेस-एमाले मिल्दा एक्लियो नेकपा, कांग्रेसका सुनिल निर्विरोध र अमेरिकाले भेनेजुएलाको तेल ल्याउने


२३ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


879
Shares
  • change font
  • change font
  • change font

कुलमान र बब्लु निर्वाचन लड्न तम्तयार, अन्योलमा जगदीश र ओमप्रकाश

अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिमा सक्रिय मन्त्रीहरूको राजीनामा मागेको विषयले यतिबेला सञ्चार जगत तरंगित छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री कार्कीले आगामी फागुन २१ गतेको निर्वाचनमा भाग लिन चाहने र दलमा आबद्धहरूलाई राजीनामा दिन भनेकी हुन् । राजनीतिमा लाग्नेलाई आफूले स्वतन्त्र छाडिदिने बताएसँगै चारजना मन्त्रीहरूबारे सार्वजनिक प्रश्न उठेको हो।

प्रधानमन्त्रीले नामै तोकेर मन्त्रीहरूको राजीनामा भने मागेकी होइनन् । तर राजनीतिमा सक्रिय हुन लागेका र निर्वाचनमा उठ्नेहरूलाई आफूले स्वतन्त्रता छाडिदिने सन्देश कार्कीले दिएकी हुन् ।

ऊर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र सहरी विकाससहित तीन मन्त्रालय सम्हालेका कुलमान घिसिङको राजनीतिक सक्रियताबारे सबैभन्दा प्रश्न उठेको छ।

जेन-जी आन्दोलनका ४ महिना : सरकारले देखेन भ्रष्टाचार, उच्चस्तरीय छानबिन आयोग पनि गफमै सीमित

गगन-विश्वलाई संस्थापनको जवाफ : व्यक्तिले बोलाउँदैमा विशेष महाधिवेशन हुँदैन, अब औचित्य सकियो

कुलमानलाई प्रश्न गर्दा माइक खोसिएका इन्जिनियर भन्छन् : ‘देवत्वकरण’ गरिएकाहरू आलोचना सुन्नै नसक्दा रहेछन्

गण्डकीमा दुई जना राष्ट्रियसभा सदस्यका लागि छ जनाको मनोनयन दर्ता

राष्ट्रियसभा सदस्य निर्वाचन : सुदूरपश्चिमबाट चार जनाको मनोनयन दर्ता

अबको निर्वाचन महत्त्वपूर्ण छ : उपेन्द्र यादव

राष्ट्रिय सभा निर्वाचन : यी हुन जसपा नेपालका ३ जना उम्मेदवार 

कांग्रेस विशेष महाधिवेशनका लागि १८ वटा उपसिमिति, नेताहरू भन्छन् : विधानको व्यवस्थालाई ‍औचित्यहीन भन्न पाइँदैन

नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरले पुस २७ र २८ गते विशेष महाधिवेशन आयोजना गर्न कार्यतालिका सार्वजनिक गरेको छ ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरुले पौष २८ भित्र १५ औँ महाधिवेशन सम्पन्न हुन नसकेको भन्दै विधानको व्यवस्थाअनुसार पुस २७ र २८ गते काठमाडौंमा विशेष महाधिवेशन गर्न लागिएको जनाएका हुन् ।

पार्टी विधानले विधानसम्मत् प्रक्रिया पूरा गरी माग भएको विषेश महाधिवेशन नहुने परिकल्पना नगरेको पनि उनीहरूले बताएका छन् ।

पार्टीको विधान बमोजिम कारण देखाएर माग गरेको विशेष महाधिवशेनलाई असान्दर्भिक वा औचित्यहीन भन्ने अधिकार कसैलाई नरहेको उनीहरूले जनाएका छन् ।

रोकिएनन् गगन-विश्व : औपचारिक रुपमा अघि बढाए विशेष महाधिवेशनको तयारी

गगनको गुनासो : कांग्रेसमा विश्वप्रकाश र मलाई हेपियो, अब चुप लागेर बस्दैनौँ

सिटमा कुरो नमिलेपछि नेकपाले राष्ट्रिय सभामा छुट्टै उम्मेदवार उठाउँदै

सरकारले भयरहित र निष्पक्ष ढङ्गले चुनाव गराए हामी सहभागी हुन्छौँ र जित्छौँ : ओली

देशभर राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवार मनोनयन दर्ता

मधेशमा शान्ति र सद्भाव कायम गर्न गृहमन्त्रीको सक्रियता, मधेशी र मुस्लिम आयोगसँग छलफल

सञ्चारमन्त्री खरेलले भने- म आजको दिनसम्म कुनै पार्टीमा आबद्ध छैन

तत्कालीन ओली सरकारकै विरोधीलाई एमालेले बनायो राष्ट्रिय सभाको उम्मेदवार

एमालेले राष्ट्रिय सभाका उम्मेदवारको नाम टुंगो लगायो : लुम्बिनीबाट रामकुमारी झाँक्री

सुनसरी १ बाट संसदीय चुनाव लड्ने हर्क साम्पाङको घोषणा

अध्यक्षमाथि कालोमोसो दलेको विरोधमा डडेल्धुरा अस्पतालले आकस्मिक बाहेकका सेवा बन्द गर्ने

डडेल्धुरा अस्पताल विकास समितिका अध्यक्ष करूणाकर ओझामाथि भएको घटनाप्रति अस्पताल प्रशासनले गम्भीर आपत्ति जनाउँदै दोषीमाथि कानुनी कारबाहीको माग गरेको छ ।

पुस २३ गते दिउँसो १ः३५ बजे अध्यक्ष ओझालाई उनकै कार्यकक्षभित्र ने.क.पा.बहुमतको नाम लिएका केही व्यक्तिहरूले दुर्व्यवहार गरेका थिए । प्रमाणविहीन र तथ्यहीन आरोप लमा भनिएको छ ।

अध्यक्ष ओझा यस क्षेत्रको समग्र स्वास्थ्य प्रणाली सुदृढ गर्न तथा बिरामीलाई सहज, प्रभावकारी सेवा दिन निरन्तर अग्रपङ्क्तिमा खटिँदै आएको अस्पतालको भनाइ छ । यस्ता घटनाले अस्पतालको सेवा प्रवाहमा प्रत्यक्ष असर पर्नुका साथै कर्मचारी तथा पदाधिकारीहरूको मनोबल गिराउने अस्पतालको ठहर छ ।

डडेल्धुरा अस्पतालका अध्यक्ष ओझालाई कार्यकक्षमै दलियो कालोमोसो 

घोडाघोडीमा हरिहाँसको सङ्ख्या बढ्यो, जलपन्छीको घट्यो

स्वास्थ्यमन्त्री र इजरायली राजदूतबीच भेटवार्ता, इजरायलले प्राविधिक सहयोग गर्ने प्रतिबद्धता

सवारी साधनबाट हुने वायु प्रदूषण न्यूनीकरण गर्न सडकमै आकस्मिक चेकजाँच (तस्बिरहरू)

वीरगञ्जको जनजीवन सामान्य बन्दै

अमेरिकाले भेनेजुएलाबाट तेल आयात गर्ने तयारी, दुई देशबीच उच्चस्तरीय वार्ता सुरु

लामो समयदेखिको कूटनीतिक तिक्तता र आर्थिक प्रतिबन्धका बीच अमेरिका र भेनेजुएलाले ऊर्जा व्यापारमा नयाँ अध्याय सुरु गर्ने संकेत गरेका छन् । अमेरिकाले भेनेजुएलाको कच्चा तेल पुनः आफ्नो बजारमा भित्र्याउनका लागि द्विपक्षीय वार्ता अघि बढाएको छ ।

रोयटर्स समाचार संस्थाले जनाए अनुसार, दुई देशका अधिकारीहरूबीच भेनेजुएलाको तेल सिधै अमेरिका निर्यात गर्ने विषयमा छलफल भइरहेको छ ।

सम्बद्ध स्रोतहरूलाई उद्धृत गर्दै रोयटर्सले लेखेको छ कि यो वार्ताको मुख्य उद्देश्य भेनेजुएलाको राज्य नियन्त्रित तेल कम्पनीलाई अमेरिकी बजारमा पहुँच दिनु हो ।

ग्रिनल्यान्ड अधिग्रहणबारे ट्रम्पको संकेतपछि अन्तर्राष्ट्रिय विवाद चर्कियो

हिमपात र अत्यधिक चिसोका कारण पेरिसमा १४० उडान रद्द

उत्तर कोरियाको आणविक कार्यक्रम रोक्न दक्षिण कोरियाले माग्यो चीनको सहयोग

भेनेजुएला विदेशी नियन्त्रणमा छैन : कार्यवाहक राष्ट्रपति रोड्रिगेज

ओएचसीएचआरद्वारा भेनेजुएलाको अवस्थाबारे चिन्ता व्यक्त

प्रकाशित मिति : २३ पुस २०८२, बुधबार  ७ : ४२ बजे

भेनेजुएलामाथि अमेरिकी दमनमा सरकारको अभिव्यक्तिप्रति बाबुरामको आपत्ति

काठमाडौँ- पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले भेनेजुएलामाथि अमेरिकी दमनको सन्दर्भमा नेपाल

नदी किनाराको मापदण्डबारे फैसला पुनरावलोकन मुद्दामा सर्वोच्चले झिकायो कागजात

काठमाडौं– सर्वोच्च अदालतले नदी किनारको मापदण्डसम्बन्धी फैसला पुनरावलोकन गर्न माग

सूचना प्रविधि र सामाजिक सञ्जाललाई एमालेले मुख्य हतियार बनाउने

काठमाडौं – नेकपा (एमाले)ले सूचना प्रविधिको प्रयोगलाई पार्टीको अनिवार्य कार्यक्षेत्र

एमालेको ‘प्रतिरोधी’रणनीतिः राष्ट्रिय स्वयंसेवक फोर्स र टोल सुरक्षा समिति बनाउने

​काठमाडौं – पार्टी र नेतृत्व विरुद्ध भइरहेको घेराबन्दी र ‘भदौ

एमालेको निष्कर्ष : ​अन्तर्राष्ट्रिय शक्तिले ‘कलर रिभोलुसन’मार्फत् नेपालमा अस्थिरता निम्त्याउन खोजे

​काठमाडौं – नेकपा (एमाले)ले मंसिरमा सम्पन्न एघारौं राष्ट्रिय महाधिवेशनलाई पार्टी