आजका समाचार : देश बनाउने अभियानमा रहेको गगनको दाबी, टी-२० विश्वकप आजदेखि, रहेनन् सुनिल थापा र अमेरिका–भारत व्यापारिक सम्झौता « Khabarhub

आजका समाचार : देश बनाउने अभियानमा रहेको गगनको दाबी, टी-२० विश्वकप आजदेखि, रहेनन् सुनिल थापा र अमेरिका–भारत व्यापारिक सम्झौता


२४ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

कांग्रेस देश बदल्ने अभियानमा छ, एक भएर निर्वाचनमा जुटौँ : सभापति थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भाद्र २३ र २४ को आन्दोलनबाट पाठ लिएर सच्चिएको पार्टी कांग्रेसमात्रै रहेको बताएका छन् ।

नेपाली कांग्रेस काठमाडौं क्षेत्र नंवर ५ ले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सभापति थापाले भाद्र २३ र २४ को आन्दोलनपछि कांग्रेस सच्चिएर अघि बढेको र अब देश बदल्न अभियानमा रहको बताएका हुन् । उनले अहिलेको अवस्थामा सबैभन्दा नयाँ पार्टी माघ १ गते अधिवेशन गरेपछि कांग्रेस भएको उल्लेख गरे ।

सभापति थापाले कांग्रेस बदलिएको सन्देश तल्लो तहसम्म पुर्‍याउनुपर्ने र हिजो कांग्रेसलाई मत हालेका २७ लाख मतदातामाझ गएर वास्तविकता बुझाउन सक्नुपर्ने बताए । सभापति थापाले अधिवेशनपछि अव पार्टीमा कुनै पक्ष र विपक्ष नरहेको भन्दै एक भएर निर्वाचनमा होमिनुपर्नेमा जोड दिए । देशमा देखिएको भागवण्डाको संस्कृति तथा भ्रष्टाचार रोक्न कांग्रेस सशक्त भएर जाने भन्दै सभापति थापाले नयाँ कांग्रेसको सन्देश सामाजिक सञ्जालमार्फत समेत फैलाउन आग्रह गरे ।

त्यस्तै कांग्रेस महामन्त्री एवं काठमाडौं–५ का उम्मेदवार प्रदीप पौडेलले नागरिकको अपेक्षा अनुसार नीति र नेतृत्व दुवै सच्चिएर आएकाले पार्टीले नागरिकको विश्वास जित्ने बताए ।

दुर्गा प्रसाईलाई तत्काल रिहा गर्न राप्रपाको माग

काठमाडौंमा दाङका कांग्रेस उम्मेदवारको समर्थनमा युवा भेला

निर्वाचनका लागि सुदृढ सुरक्षा व्यवस्था गरेका छौँ : गृहमन्त्री

क्यान्सर उपचारमा कुनै कमी हुन दिइँदैन : स्वास्थ्यमन्त्री गौतम

प्रधानमन्त्री कार्कीद्वारा अभिनेता थापाको निधनमा शोक व्यक्त

आचारसंहिता अनुगमनलाई प्रभावकारी बनाउने केन्द्रीय सुरक्षा समितिको निर्णय

केन्द्रीय सुरक्षा समितिको बैठकले जिल्लास्तरमा आचारसंहिता अनुगमनलाई प्रभावकारी बनाउने भएको छ ।

गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले सञ्चार सम्पर्क नहुने मतदानस्थलको पहिचान गरी सम्पर्क हुने बैकल्पिक व्यवस्था गर्ने, निर्वाचन आचारसंहिताको उल्लङ्घन हुनेगरी मिथ्या र भ्रमपूर्ण सूचना र घृणास्पद अभिव्यक्ति दिने व्यक्तिको निगरानी गर्ने निर्णय भएको छ ।

आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा विश्वसनीय रूपमा सम्पन्न गर्ने विषयमा बैठक केन्द्रीत रहेको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए ।

निर्वाचन आचारसंहिताको उल्लंघन हुने गरी मिथ्या र भ्रमपूर्ण सूचना र घृणास्पद अभिव्यक्ति दिने व्यक्तिको निगरानी गर्ने, निर्वाचनसम्बन्धी सही, भरपर्दो सूचनामा सर्वसाधारणको पहुँच पुर्‍याउने, सामाजिक सञ्जालको दुरूपयोग रोक्न नेपाल प्रहरीको विशेष संयन्त्रलाई सशक्त र जिम्मेवार बनाइने भएको छ ।

युवा पुस्ताको भावनाअनुसार कांग्रेस क्रियाशील छ : महामन्त्री पौडेल

प्रतिनिधिसभा निर्वाचन २६ दिन बाँकी : २४ उम्मेदवारले बुझाए स्पष्टीकरण

बाँकेमा निर्वाचन आचारसंहिता उल्लङ्घनका १६ घटना

बाँकेमा निर्वाचन आचारसंहिता उल्लङ्घनका १६ घटना

११ हतियार स्थानीय प्रशासनलाई फिर्ता

वरिष्ठ कलाकार सुनिल थापाको हृदयघातका कारण निधन
वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ । स्वास्थ्यमा अचानक समस्या देखिएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा लगिएका थापाको ६८ वर्षको उमेरमा आज बिहान निधन भएको हो ।

कलाकार संघका अध्यक्ष मोहन निरौलाका अनुसार हृदयघातका कारण थापाको निधन भएको हो ।

नेपाली चलचित्रमा खलनायकको भूमिकामा सफल थापा ‘राते काइँला’ को नामले पनि चर्चित थिए ।

लामो समयदेखि नेपाली र भारतीय चलचित्र उद्योगमा सक्रिय थापा शंखमुलस्थित अपार्टमेन्टमा बस्दै आएका थिए।

अभिनेता थापाका श्रीमती, एक छोरा र एक छोरी छन् । उनको परिवारका सदस्य भारतको मुम्बईमा बस्दै आएका छन् ।

सडकका खाल्डाखुल्डी पुर्न ‘रेडिमिक्स’ तयार गर्दै सडक डिभिजन

फिदिम नगरपालिका पूर्ण खोप सुनिश्चित घोषित

रामप्रसादराई गाउँपालिका साकेला सिली संरक्षणमा जुट्दै

बलात्कार आरोपमा पूर्वप्रहरी ठगुन्ना भारतको बैंग्लोरबाट पक्राउ

झापा–४ मा पुराना र नयाँ राजनीतिक शक्तिको परीक्षण हुँदै

निर्वाचन चहलपहलसँगै आर्थिक गतिविधिमा बढोत्तरी

सर्वोच्चको आदेश कार्यान्वयन माग्दै विगेसोको माइतिघरमा प्रदर्शन

महाशिवरात्रिको तयारीस्वरूप पशुपति क्षेत्रमा सफाइ

धनुषामा ८४ प्रतिशत किशोरीलाई पाठेघर क्यान्सर रोगको विरुद्ध खोप लगाइयो

सार्क क्षेत्रको जाइका अलमनाइ एसोसिएसनको अध्यक्षमा भुसाल निर्वाचित

टी-२० विश्वकपको पहिलो खेलमा नेदरल्याण्ड्सविरुद्ध पाकिस्तान तीन विकेटले विजयी
आईसीसी टी-२० विश्वकप अन्तर्गत पहिलो खेलमा पाकिस्तानले नेदरल्याण्ड्सलाई तीन विकेटले पारजित गरेको छ । श्रीलंकाको कोलम्बोस्थित सिंहाली स्पोर्ट्स क्लबमा भएको खेलमा नेदरल्याण्ड्सले दिएको १ सय ४८ रनको लक्ष्य पाकिस्तानले तीन बल बाँकी छँदै पूरा गर्‍यो ।

पाकिस्तानको जितमा शाहिबजादा फरहानले सर्वाधिक ४७ रन बनाए । ३१ बलको सामना गरेका उनले चार चौका र दुई छक्का प्रहार गरे ।

त्यसैगरी, फहिम अशरफले २९ रन बनाए । ११ बलको सामना गरेका उनले दुई चौका र तीन छक्का प्रहार गरे । साइम ऐयुबले १३ बलमा २४ रन जोडे ।

बलिङतर्फ डच टिमका आर्यन दत्त र पउल भान मिकेरेनले समान दुई विकेट लिए भने लोगन भान बिक, काइल क्लेइन र रोलोफ भान डेर मेर्वेले समान एक विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले इनिङ सकिन एक बल बाँकी छँदै सबै विकेट गुमाएर १ सय ४७ रन बनाएको थियो ।

टी-२० विश्वकपमा वेस्ट इण्डिजद्वारा स्कटल्याण्ड ३५ रनले पराजित

आईसीसी टी–२० विश्वकप सुरु, नेदरल्याण्ड्सविरुद्ध पाकिस्तान फिल्डिङमा

अमेरिका–भारत अन्तरिम व्यापार सम्झौताको घोषणा
संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०२५ फेब्रुअरी मा सुरु गरेको अमेरिका–भारत द्विपक्षीय व्यापार सम्झौता (बिटीए) वार्तालाई अगाडि बढाउन अन्तरिम व्यापार सम्झौताको घोषणा गरेका छन् ।

संयुक्त राज्य अमेरिका र भारत बीचको अन्तरिम सम्झौताले व्यापारमा ऐतिहासिक कोसेढुङ्गाको प्रतिनिधित्व गर्दै आपसी हित र पारस्परिक सन्तुलित व्यापारको साझा प्रतिबद्धता प्रदर्शन गर्ने जनाइएको छ ।

सम्झौताको एक हिस्साको रूपमा, भारतले सबै अमेरिकी औद्योगिक सामानहरू र अमेरिकी खाद्य र कृषि उत्पादनहरूको विस्तृत श्रृंखलामा शुल्क हटाउने वा घटाउने छ । जसमा सुकेको अन्न, रूख बदाम, ताजा र प्रशोधन गरिएका फलफूलहरू, सोयाबिन तेल, वाइन लगायत समावेश छन् ।

संयुक्त वक्तव्य अनुसार संयुक्त राज्य अमेरिकाले कपडा , छाला जुत्ता, प्लास्टिक , रबर, जैविक रसायन, घरको सजावट, र केही मेसिनरी क्षेत्रहरूलाई समेट्ने सान्दर्भिक कार्यकारी आदेश अन्तर्गत भारतीय मूलका सामानहरूमा १८ प्रतिशतको पारस्परिक शुल्क लागू गर्नेछ । ‘अन्तरिम सम्झौताको सफल निष्कर्षमा, अमेरिकाले जेनेरिक फार्मास्यूटिकल्स, रत्न र हीरा, र विमानका भागहरू लगायत सामानहरूको विस्तृत श्रृंखलामा पारस्परिक शुल्क हटाउनेछ ।’

नाइजेरियामा दुई आक्रमण, ३० जनाको मृत्यु

सर्वसाधारणमाथि आक्रमण र दुर्व्यवहारले गाजाको मानवीय अवस्था गम्भीर संकटमा

इस्लामाबादको मस्जिदमा विस्फोट : मृत्यु हुनेको सङ्ख्या ३१ पुग्यो

इरान–अमेरिका अप्रत्यक्ष वार्ता बीच नयाँ प्रतिबन्ध घोषणा

अमेरिकी सांसदहरूको प्रतिनिधिमण्डल ग्रिनल्याण्ड भ्रमणमा जाने

इराकी सुरक्षाबलको कारबाहीमा सात आतंककारी मारिए

भेनेजुएलामा आममाफी विधेयक विवादमा, विपक्षद्वारा गम्भीर कमजोरीको आरोप






प्रकाशित मिति : २४ माघ २०८२, शनिबार  ७ : ५२ बजे

सर्लाहीमा लक्ष्यभन्दा बढी बालबालिकालाई दादुरा विरुद्धको खोप

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलले सर्लाहीको मङ्गलवा नगरपालिकामा लक्ष्यभन्दा

गुल्मीमा ४८ मतदानस्थल अतिसंवेदनशील सूचीमा

गुल्मी – यहाँका ४८ वटा मतदानस्थल अतिसंवेदनशील सूचीमा रहेका छन्

निर्वाचन प्रहरीको भूमिका महत्वपूर्ण छः गृहमन्त्री अर्याल

नुवाकोट – गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने

टी-२० विश्वकप : भारतले अमेरिकालाई दियो १६२ रनको लक्ष्य

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह ‘ए’ को

परिवर्तनको मुद्दालाई पार्टीले अगाडि बढाएको छ : उपसभापति वाग्ले

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा स्वर्णीम