अर्थ समाचार : प्रधानमन्त्री राहत कोषमा १२ अर्ब, बाढीपीडितलाई विदेशको राहतमा हवाई ढुवानी शुल्क छुट, जेन-जी आन्दोलनको एक वर्षमा दिशाहीन अर्थराजनीति र मन्त्री नै भन्छिन् : ग्यास अभाव टार्न सकिनँ « Khabarhub

अर्थ समाचार : प्रधानमन्त्री राहत कोषमा १२ अर्ब, बाढीपीडितलाई विदेशको राहतमा हवाई ढुवानी शुल्क छुट, जेन-जी आन्दोलनको एक वर्षमा दिशाहीन अर्थराजनीति र मन्त्री नै भन्छिन् : ग्यास अभाव टार्न सकिनँ


२४ भदौ २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

बाढीपीडितका लागि विदेशबाट आउने राहत सामग्रीमा हवाई ढुवानी शुल्क छुट

नेपाल वायुसेवा निगमले हालै आएको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकका लागि पठाइने राहत सामग्रीको हवाई ढुवानीमा विशेष सहुलियत दिने निर्णय गरेको छ।

निगमले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अन्तर्राष्ट्रिय स्टेसनबाट बाढीपीडितका लागि पठाइने राहत सामग्रीमा लाग्ने सम्पूर्ण ढुवानी शुल्क एक महिनाका लागि पूर्ण रूपमा छुट गर्ने जनाएको छ ।

निगमका अनुसार सम्बन्धित दूतावाससँग समन्वय गरी दूतावासको आधिकारिक पत्रका आधारमा बाढीपीडितका लागि पठाइने खाद्यान्न, औषधि, लत्ताकपडा तथा अन्य आवश्यक राहत सामग्री ढुवानी गर्दा शुल्क छुट दिइनेछ ।

अनुगमनको जिम्मेवारी लिएकी मन्त्री नै भन्छिन् : बजारमा चिनीको भाउ १५० रुपैयाँ केजी पुगिसकेछ

मन्त्रीले सुनाइन् बजारमा ग्यासको हाहाकार टार्न सरकारले आफैँ उद्योग खोल्ने योजना

प्रधानमन्त्री राहत कोषमा १२ अर्ब जम्मा भयो

जेन-जी आन्दोलनको एक वर्ष : दिशाहीन छ देशको अर्थराजनीति

गत वर्षको भदौ २३ गते जेन–जी पुस्ताका युवाहरूको आह्वानमा भएको आन्दोलनको एक वर्ष पूरा भएको छ ।

भ्रष्टाचार र नेपो बेबी विरुद्धको नारामा भएको आन्दोलनले भदौ २४ गतेको विध्वंश हुँदै तत्कालीन सरकारलाई फ्याँकेर संसद् विघटन हुँदै निर्वाचनसम्म पुऱ्यायो । निर्वाचनले पनि पुराना राजनीतिक दललाई किनारामा पुर्‍याएर नयाँ दललाई झण्डै दुई तिहाइ सहितको मत दिएर देशको अभिभारा सुम्पियो ।

तर, जेन–जीको नाममा कुनै राजनीतिक गन्तव्य निर्धारण नगरी आयोजना भएको आन्दोलन, निर्वाचन र नयाँ राजनीतिक शक्ति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को ६ महिने सरकारसम्म आइपुग्दा देश थप अर्थराजनीतिक अनिश्चिततातर्फ गएको देखिएको छ । जसले गर्दा निजी क्षेत्र र अन्तर्राष्ट्रिय समुदायले वर्तमान सरकारलाई हेर्ने दृष्टिकोणमा पनि अलमलको स्थिति बन्न पुगेको छ ।

उद्योगीलाई दोष थोपर्दै मन्त्री भन्छिन् : हामी निरीह छौँ, पैसा तिरेर पनि ग्यास नपाउँदा लाज लागेको छ

रसुवा बाढीपछि पुनरुत्थान प्याकेज अघि बढाउँदै सरकार

बाढीपीडित नेपाललाई श्रीलङ्काको १० लाख डलर सहयोग

उखु किसानको सधैँको पीडा : उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

प्रकाशित मिति : २४ भदौ २०८३, बुधबार  ६ : ५२ बजे

१४ जना यात्रु सवार जेट बोट सप्तकोशीमा दुर्घटना : तीन जनाको मृत्यु

विराटनगर – भोजपुरको कोप्चेबाट सुनसरीको बराहक्षेत्रतर्फ यात्रु लिएर आउँदै गरेको

राष्ट्रपति पौडेलले गरे नवदुर्गा मन्दिरमा पूजाअर्चना

भक्तपुर- राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाका अवसरमा

पाकिस्तानका पूर्वकप्तान उल हकको नेतृत्वमा सुदूरपश्चिम : को-को छन् कोचिङ स्टाफ ?

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपिएल) को टोली सुदूरपश्चिम रोयल्सले

बेल्डाँडीमा बाघ धपाउन हात्ती परिचालन

महेन्द्रनगर– कञ्चनपुरको बेल्डाडी गाउँपालिका–५ इमलिया क्षेत्रमा पाटेबाघ बस्ती नजिकै देखिएपछि

केन्यामा बस र ट्रक ठोक्किँदा २२ जनाको मृत्यु

एजेन्सी– केन्याको मुख्य राजमार्गमा आइतबार बस र ट्रक एकआपसमा ठोक्किँदा