प्रधानमन्त्रीसँग भेटेपछि राजदूत श्रीवास्तव भन्छन् : नेपाल-भारत सम्बन्धलाई थप सुदृढ बनाउने कुरा भयो « Khabarhub

प्रधानमन्त्रीसँग भेटेपछि राजदूत श्रीवास्तव भन्छन् : नेपाल-भारत सम्बन्धलाई थप सुदृढ बनाउने कुरा भयो


२५ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री वालेन्द्र शाहसँग भेटेर शुभकामना सुनाएको बताएका छन्।

काठमाडौंस्थित भारतीय राजदूत श्रीवास्तवले प्रधानमन्त्री बालेन शाहसँग भेटवार्ता गरेर प्रधानमन्त्री नरेन्द्र मोदीको तर्फबाट न्यानो शुभकामना व्यक्त गरेको बताएका छन्।

गत चैत १३ गते प्रधानमन्त्री भएका वालेन्द्रले करिब ४ महिनापछि मात्रै छिमेकी देशका राजदूतसँग भेट्ने समय मिलाएका हुन् । उनले यसअघि वैशाख २८ गते नेपाल आउन लागेका भारतका विदेश सचिव विक्रम मिस्रीसँग पनि भेट्न मानेका थिएनन्।

त्यसकारण मिश्रीको प्रस्तावित नेपाल भ्रमण गत वैशाख २५ गते अन्तिम समयमा स्थगित भएको थियो। मिस्री नयाँ सरकारसँग संवाद गर्न र प्रधानमन्त्री शाहको सम्भावित भारत भ्रमणका विषयमा छलफल गर्न नेपाल वैशाख २८ गते आउने तयारीमा थिए।

तर उनै बालेन अब छिमेकी राजदूतहरूसँग प्रत्यक्ष संवाद गर्ने अवस्थामा पुगेका हुन् । नेपालमा एकपछि अर्को समस्याका कारण घेराबन्दीमा परिरहेका बेला उनले छिमेकी देशका राजदूतहरूलाई विश्वासमा लिने कोसिस थालेका हुन् ।

सोमबार बिहान करिब पौने घण्टा भएको भेटमा नेपाल-भारत सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको भारतीय राजदूत श्रीवास्तवले सामाजिक सञ्जाल एक्समार्फत् बताएका छन् ।

उनका अनुसार प्रधानमन्त्री शाहसँग भेटवार्तामा दुई देशबीचको बहुआयामिक तथा बलियो साझेदारीलाई थप गहिरो बनाउने विषयमा विचार आदानप्रदान भएको छ।

भारतको दूतावासले नेपालसँगको सम्बन्धलाई थप मजबुत बनाउने विषयमा छलफल भएको जानकारी सोमबार दिउँसो दिएको छ।

प्रकाशित मिति : २५ श्रावण २०८३, सोमबार  १२ : ४६ बजे

नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक

नवलपुर– नारायणी नदीमा ठूलो बाढी आएपछि नदीमाथि निर्माण भएको पुलमा

मनाङको हिम्लुङ हिमालमा पहिरो, मानवीय क्षतिको आशंका

काठमाडौं- आइतबार बिहान मनाङको नार्पाभूमी गाउँपालिका-५ स्थित हिम्लुङ हिमालमा हिमपहिरो

बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी

काठमाडौं– अविरल वर्षासँगैको पहिरो, बाढी तथा डुबानबाट प्रभावित क्षेत्रमा नेपाली

होर्मुज जलडमरूमध्य पुनः खोल्न इरान आफ्ना सर्तमा अडिग

तेहरान– मध्यपूर्वमा जारी युद्ध अन्त्य गर्ने प्रयासस्वरूप होर्मुज जलडमरूमध्य पुनः

नारायणगढ-मुग्लिन सडक सञ्चालनमा, पृथ्वी राजमार्ग पनि आजै सञ्चालनमा ल्याइने

चितवन– नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । अविरल वर्षाका कारण