अर्थसंक्षेप : १६ खर्ब बढी रेमिट्यान्स भित्रियो, माध्यमिक तहसम्म निःशुल्क शिक्षा र नेप्से ३८ अंकले बढ्यो « Khabarhub

अर्थसंक्षेप : १६ खर्ब बढी रेमिट्यान्स भित्रियो, माध्यमिक तहसम्म निःशुल्क शिक्षा र नेप्से ३८ अंकले बढ्यो


२८ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

९ महिनामा साढे १६ खर्ब बढी भित्रियो रेमिट्यान्स
चालु आर्थिक वर्षको नौ महिनामा नेपालमा विप्रेषण आप्रवाह ३९.१ प्रतिशतले वृद्धि भई १६५९ अर्ब ४१ करोड पुगेको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १०।२ प्रतिशतले बढेको थियो । २०८२ चैत महिनामा विप्रेषण आप्रवाह २०९ अर्ब ७५ करोड रहको छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह १३९ अर्ब ५४ करोड रहेको थियो ।

समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३१.९ प्रतिशतले वृद्धि भई ११ अर्ब ५५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ७.५ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) १८२० अर्ब ४२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १३०३ अर्ब १२ करोड रहेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति ९संस्थागत तथा व्यक्तिगत–नयाँ० लिने नेपालीको सङ्ख्या २ लाख ९४ हजार १८६ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या २ लाख ९३ हजार २५९ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः ३ लाख ५८ हजार २२२ र २ लाख ४९ हजार ६५२ रहेको थियो ।

झण्डै ३५ खर्ब पुग्यो विदेशी मुद्रा सञ्चिति

अर्थविद्हरूको आँखामा नीति तथा कार्यक्रम : केही नयाँ, कम महत्वकाङ्क्षी

माध्यमिक तहसम्म निःशुल्क शिक्षा, पाठ्यक्रम पुनरावलोकन गरिने घोषणा
माध्यमिक तहसम्म निःशुल्क शिक्षा व्यवस्था कार्यान्वयन गर्ने सरकारले घोषणा गरेको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो बताएका हुन् ।

सार्वजनिक शिक्षामा दीर्घकालीन लगानी गर्दै निजी शिक्षामा नियमन गर्दै सेवामुखी बनाउने नीति सरकारले लिएको छ ।उच्च शिक्षालाई श्रमबजारसँग आबद्ध गराउने, सामुदायिक विद्यालयमा उच्च गतिको इन्टरनेट र एआई जोडने नीति सरकारले लिएको छ ।

त्यस्तै, सरकारले शिक्षक नियुक्ति पदोन्नति र योग्यतामा आधारित बनाइने र उत्कृष्ट शिक्षक कार्यक्रम सञ्चालन गर्ने नीति लिएको छ ।

यस्तै शिक्षालाई गुणस्तरीय, जीवनोपयोगी तथा रोजगारमुखी बनाउँदै सबै तहको पाठ्यक्रम पुनरावलोकन गरिने जानकारी दिए। साथै, शिक्षण प्रणालीलाई समयानुकूल र व्यावहारिक बनाउँदै विद्यार्थीको सीप तथा क्षमता विकासमा जोड दिइने उल्लेख गरे।

किसान सूचीकरण परिचयपत्र र क्रेडिट कार्डमार्फत सहुलियतपूर्ण ऋण दिइने

३० हजार मेगावाट विद्युत उत्पादन गर्ने सरकारको लक्ष्य, प्रभावितलाई सेयर दिने 

जैविक मलमा अनुदान दिने सरकारको घोषणा

राजस्व प्रणालीलाई उद्यमीमैत्री बनाइने

नेप्से परिसूचक ३८ अंकले बढ्यो
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ३८ दशमलव १९ अंकले उकालो लागेर दुई हजार ७८३ दशमलव ८५ मा पुगेको छ । यो एक दशमलव ३९ प्रतिशतको वृद्धि हो ।

ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक छ दशमलव शून्य आठ अंकले उकालो लागेर ४७३ दशमलव ४१ मा पुगेको छ । कारोबार भएकामध्ये कूल २४७ कम्पनीको शेयर मूल्य बढेको छ भने १८ कम्पनीको ओरालो लागेको छ । यस्तै, चार कम्पनीको शेयर मूल्यमा कुनै परिवर्तन भएको छैन ।

कूल एक करोड चार लाख ३९ हजार ४३२ कित्ता शेयर चार अर्ब ६१ करोड ३५ लाख ६३ हजार छ सय ३५ रुपैयाँमा कारोबार भयो । उच्च कारोबारका आधारमा रिलायन्स स्पिनिङ मिल्स, नेशनल हाइड्रोपावर कम्पनी, एसवाई प्यानल नेपाल, रिडी पावर कम्पनी र साहस ऊर्जा लिमिटेड शीर्ष स्थानमा रहेको छ ।

‘मूल्य पारदर्शिता सप्ताह’मा महासंघको ऐक्यवद्धता, अनिवार्य मूल्यसूची राख्न व्यवसायीलाई आह्वान

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

जेसीबी नेपालद्वारा पोखरामा १२ निर्माण उपकरण हस्तान्तरण

यातायात व्यवसायी महासंघको महाधिवेशन पोखरामा जारी

बजेट अभाव, अब गैँडा गणना अर्को वर्ष
बजेटको अभावमा गत वर्ष रोकिएको दुर्लभ एकसिङ्गे गैँडाको गणना यस वर्ष पनि नहुने भएको छ । हरेक चार वर्षमा हुँदै आएको गैँडाको गणना यस वर्ष बाघको गणना परेकाले गर्न नसकिएको हो ।

गैँडा गणना आनुवंशिक ‘जेनेटिक’ विधिबाट गरिन्छ । बर्खा लागेसँगै कार्यक्षेत्रमा खटिएर गणना गर्न नसकिने भएकाले अर्को वर्षमात्रै गरिनेछ । गणनाको काम राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गर्छ ।

विभागको वन्यजन्तुको सर्वेक्षणसँग सम्बन्धित प्राविधिक समितिको बैठकले आनुवंशिक विधिबाट गैँडा गणना गर्न आवश्यक ‘प्रोटोकल’ बनाउने निर्णय गरेको छ । समितिका संयोजक एवं विभागका वरिष्ठ इकोलोजिष्ट हरिभद्र आचार्यले प्रोटोकल तयार गर्नका लागि छलफल सुरु भइसकेको जानकारी दिए।

आनुवंशिक विधिबाट गणना गर्दा जनशक्ति परिचालन गरी गैँडाको गोबर (मल) संकलन गरेर प्रयोगशालामा डिएनए परीक्षणबाट सङ्ख्या र लिङ्ग पहिचान गर्ने गरिन्छ । एउटा गैँडा र अर्कोको गोबरको ‘जेनेटिक स्ट्रक्चर’ फरक हुने गर्दछ । आचार्यका अनुसार सामान्यतया गैँडाले एकै ठाउँमा दिसा गर्छन् ।

विपदबाट यसवर्ष १९ लाख बढी प्रभावित हुन सक्ने अनुमान

सुरक्षण मुद्रण केन्द्रमा लाइसेन्स छपाइ जारी

भारतीय सहयोगमा बन्ने कैलालीको सिद्धनाथ मावि भवनको शिलान्यास

‘सुपर घलेम्दी’ जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण सुरु

यातायात व्यवसायी महासंघको महाधिवेशन पोखरामा जारी










प्रकाशित मिति : २८ बैशाख २०८३, सोमबार  ६ : ५९ बजे

सरकारसँग जनता असुरक्षित हुन थाले : एमाले सचेतक घतानी (अन्तर्वार्ता)

काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा मनोनीत भएकी निता

पश्चिम एसियामा मिसाइल चल्दा नेपालका सडकमा असर, बिटुमिन नआउँदा रोकियो कालोपत्र

काठमाडौं- इरान र संयुक्त राज्य अमेरिकाबीचको युद्धले यतिबेला पश्चिम एसियालाई

रास्वपा उपनेता पराजुली भन्छन् : अरू दलले नगरेको काम गरेका छौँ, नीति तथा कार्यक्रमले राष्ट्रलाई मार्गनिर्देशन गर्छ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपनेता पराजुलीले सरकारको नीति

‘पारस्परिक लाभ, सम्मान र बहुपक्षीय सहकार्यका आधारमा परराष्ट्र सम्बन्ध’

काठमाडौं- सरकारले छिमेकी तथा मित्र राष्ट्रहरूसँग पारस्परिक लाभ, सम्मान र

आजका समाचार : आयो नीति तथा कार्यक्रम, संसद्‌मा पुगे आठवटै अध्यादेश, सरकारलाई सर्वोच्चको धक्का र राष्ट्रपति ट्रम्प बुधबार चीन जाँदै

भूमिहीन सुकुम्बासीको समस्यालाई दीर्घकालीन समाधान गरिनेसरकारले भूमिहीन सुकुम्बासीको समस्यालाई दीर्घकालीन