कीर्तिपुरबाट खरिपाटी लगिएका सुकुम्वासी फकाउन मन्त्रीहरूको लर्को « Khabarhub

कीर्तिपुरबाट खरिपाटी लगिएका सुकुम्वासी फकाउन मन्त्रीहरूको लर्को


२८ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कीर्तिपुर नगरपालिका–१० सुन्दरीघाटस्थित राधास्वामी होल्डिङ सेन्टर डुबानमा परेपछि त्यहाँका सुकुम्वासीलाई सरकारले भक्तपुरमा सारेको छ।

सरकारले कीर्तिपुरको उक्त होल्डिङ सेन्टरबाट भक्तपुरको खरिपाटीमा ३१ घर परिवारका ८९ जनालाई सारेको हो।

शनिबार र आइतबार बिहान दुई दिन गरेर उनीहरूलाई खरिपाटी लगिएको हो । केही सुकुम्वासीलाई भक्तपुरको बोडेमा लगिएको छ ।

सुकुम्वासीलाई भक्तपुर सारिएसँगै मन्त्रीहरूको पनि लर्को लागेको छ। मन्त्रीहरू भावुकता नबाँड्न आग्रह गर्दै सुकुम्वासी बस्तीमा पुगेका हुन् ।

बागमती किनारका बस्ती डुबानमा पर्ने भन्दै प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको गत वैशाख १२ गतेदेखि जवर्जस्ती बल प्रयोग गरेर सुकुम्वासीलाई हटाएको थियो।

यसरी हटाइएका सुकुम्वासीलाई १५ दिनमा व्यवस्थापन गर्न सरकार असफल भएको थियो ।

यस्तोमा आइतबार गृहमन्त्री सुधन गुरुङ, स्वास्थ्यमन्त्री निशा मेहता, शिक्षामन्त्री सस्मित पोखरेल, श्रममन्त्री रामजी यादव, महिला मन्त्री सीता वादी र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावल लर्को लागेर सुकुम्वासी फकाउन पुगेका हुन् ।

त्यसक्रममा मन्त्री रावलले भूमिहीन सुकुम्वासीलाई कानुनी प्रक्रियाबाटै लालपूर्जा दिइने बताइन्। हतारमा लालपूर्जा दिँदा कानुनी समस्या आउन सक्ने बताउँदै उनले आगामी समयमा प्रश्न नउठ्ने गरी सरकारले काम गरिहेको जिकिर गरिन्।

सुकुम्वासीलाई फकाउँदै रावलले दीर्घकालीन समाधानमा केन्द्रित भएर सरकार सक्रिय रहेको बताइन् । उनले नतिजा दिने गरी सरकारले काम गरिरहेको बताउँदै चाँँडै लालपुर्जा दिने बताइन् ।

प्रकाशित मिति : २८ असार २०८३, आइतबार  ४ : २८ बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल