ग्यासको सहज आपूर्ति र महंगी नियन्त्रण गर्न सरकारलाई क्रान्तिकारीको चेतावनी « Khabarhub

ग्यासको सहज आपूर्ति र महंगी नियन्त्रण गर्न सरकारलाई क्रान्तिकारीको चेतावनी


२८ भाद्र २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आम नागरिक तथा विद्यार्थीले दैनिक उपभोग गर्ने वस्तुमा बढ्दो महँगी, कालोबजारी र एलपी ग्यासको अभावप्रति अखिल (क्रान्तिकारी) ले गम्भीर आपत्ति जनाएको छ ।

संगठनले जारी गरेको प्रेस वक्तव्यमा बजारमा कृत्रिम अभाव सिर्जना गरी कालोबजारी, मुनाफाखोरी तथा बिचौलियाले जनतालाई दुःख दिएको आरोप लगाइएको छ ।

विशेषगरी सहर बजारमा कोठा भाडामा लिएर अध्ययन गरिरहेका विद्यार्थी, सुत्केरी महिला, वृद्धवृद्धा तथा दैनिक ज्यालादारीमा निर्भर नागरिकहरू ग्यास अभावका कारण प्रभावित भएको संगठनको भनाइ छ ।

अखिल (क्रान्तिकारी) ले सरकारसँग कोठा भाडामा बसेर अध्ययन गरिरहेका विद्यार्थी, सुत्केरी महिला, वृद्धवृद्धा तथा विपन्न नागरिकलाई प्राथमिकताका आधारमा नियमित र सहज रूपमा एलपी ग्यास उपलब्ध गराउन माग गरेको छ ।

त्यस्तै, अस्वाभाविक मूल्यवृद्धि तत्काल नियन्त्रण गर्न, कृत्रिम अभाव र कालोबजारी गर्नेहरूमाथि कडा कारबाही गर्न तथा अत्यावश्यक वस्तुको नियमित आपूर्ति सुनिश्चित गर्न पनि संगठनले सरकारको ध्यानाकर्षण गराएको छ ।

वक्तव्यमा माग तत्काल सम्बोधन नगरिए आम विद्यार्थी तथा पीडित जनताको साथमा सडक संघर्षमा उत्रने चेतावनी दिइएको छ ।

त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारी सरकार तथा सम्बन्धित राज्य निकायले लिनुपर्ने संगठनले जनाएको छ । अखिल (क्रान्तिकारी) का संयोजक डि. बि. बुढाथोकीद्वारा भदौ २८, २०८३ मा जारी गरिएको वक्तव्यमा यस्तो चेतावनी दिइएको हो ।

प्रकाशित मिति : २८ भाद्र २०८३, आइतबार  ७ : ३८ बजे

मिनेन्द्र रिजालले गराए खुला उपसभापतिमा उम्मेदवारी दर्ता

काठमाडौँ– नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले १५औँ महाधिवेशनमा खुला

बर्दियाबाट सभापतिका दाबेदार राठोर महाधिवेशन प्रतिनिधि निर्वाचित

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिका दावेदार किशोर सिंह

अर्थशास्त्री डा. वलीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

काठमाडौं– अर्थशास्त्री डा. सुदन वलीले नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदका लागि

दुई महिनामै विपद्‌मा दोलखाका ६४ जनाको ज्यान गयो

दोलखा- पछिल्लो दुई महिना साउन र भदौमा प्राकृतिक विपद्का घटनामा परी

कांग्रेस महाधिवेशन : मनोनयन दर्ताको समय ६ बजेसम्म थपियो

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमितिको