आजका समाचार : एसएसबीको हस्तक्षेपविरुद्ध प्रदर्शन, काभ्रे दुर्घटनाबारे छानबिन समिति गठन र अमेरिका–इरान सम्झौता ‘धेरै नजिक’ « Khabarhub

आजका समाचार : एसएसबीको हस्तक्षेपविरुद्ध प्रदर्शन, काभ्रे दुर्घटनाबारे छानबिन समिति गठन र अमेरिका–इरान सम्झौता ‘धेरै नजिक’


३० जेठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

निर्वाचन परिणामलाई लिएर हार स्वीकार्दिनँ : कुलमान घिसिङ
उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले निर्वाचन परिणामलाई लिएर हार नस्वीकार्ने बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष घिसिङले पछिल्लो निर्वाचनमा सोचेजस्तो परिणाम नआए पनि त्यसलाई हारका रूपमा नलिने स्पष्ट पारे।

उनले उक्त परिणामलाई अनुभव र सिकाइको रूपमा लिँदै आगामी दिनमा पार्टीलाई अझ सशक्त र देशव्यापी बनाउने प्रतिबद्धता व्यक्त गरे।

‘यो हाम्रो लागि पहिलो खुट्किलो हो, जनताको विश्वास र माया हामीले गुमाएका छैनौँ,’ अध्यक्ष घिसिङले भने।

उनले आगामी दिनमा जनताको विश्वासलाई शक्तिमा रूपान्तरण गर्ने लक्ष्यसहित अघि बढ्ने बताए। त्यसैगरी, उनले पार्टी सदस्यता विस्तारलाई अभियानकै रूपमा अगाडि बढाउन नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।

रास्वपा बागमती प्रदेश अधिवेशनमा मतदान

आर्थिक तथा प्राविधिक अभावले करोडौँका डायलासिस मसिन प्रयोगविहीन

बाली लगाउनुअघि नै समर्थन मूल्य तोक्ने व्यवस्था लागू

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी निर्वाचित

आगामी आवमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने

डिजिटल अभियानको परिणामले संस्थापन कांग्रेस मख्ख, भेलामार्फत दबाब बढाउँदै इतर समूह

कांग्रेसले नयाँ वर्ष २०८३ सुरु भएसँगै ‘एक महिने जरामा जाउँअभियान’ सुरु गर्‍यो । अभियानको मुख्य उद्देश्य जरा तहसँग छलफलमा जुट्दै क्रियाशील सदस्यता डिजिटल्ली अद्यावधिक गर्ने थियो ।

जसको औपचारिक सुरुवात पार्टी सभापति गगनकुमार थापाले वैशाख १ मा गरे । उनले काठमाडौँ महानगरपालिका–३० को वडा इकाई कार्यालयमा उपस्थित भएर आफ्नो क्रियाशील सदस्यता अध्यावधिक गरेका थिए ।

२१ फागुनमा भएको निर्वाचनबाट विक्षिप्त बनेको कांग्रेसले पार्टीलाई प्रविधिमुखी बनाउँदै भुईँ तहसम्मको अवस्थामा केन्द्रको सहज पहुँचका लागि पनि उक्त अभियान सुरु गरेको थियो ।

एक महिनाको समयावधि तोकिएकोमा प्राविधिक जटिलता देखाउँदै जेठ २१ र २८ गते राति १२ बजेसम्म गरी दुई पटक म्याद थपियो । एक महिनाको समयावधि तोकिएकोमा उक्त अभियान पुरा १ महिना २८ दिनसम्म चल्यो । जसबाट ८० प्रतिशत बढी सदस्यले डिजिटल्ली सदस्यता अद्यावधिक गराएको पार्टीले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

‘पार्टी शुद्धीकरण र पुनर्गठन’का लागि एमालेले थाल्यो सुझाव संकलन

मतभेद र असन्तुष्टिलाई संवादबाट समाधान गरिनुपर्छ : नेता निधि

बेरुजुलाई ‘फाष्ट ट्र्याक’बाट न्यूनीकरण गर्न आवश्यक 

वैदेशिक रोजगारीबाट फर्किएका युवालाई उद्यमशीलता तालिम

एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड

काभ्रे बस दुर्घटनासम्बन्धी छानबिन गर्न समिति गठन

सुस्तामा भारतीय एसएसबीको हस्तक्षेपविरुद्ध माइतीघरमा प्रदर्शन

नेकपा माओवादीले नवलपरासीस्थित सुस्ता क्षेत्रमा भारतीय सीमा सुरक्षा बल ९एसएसबी० को हस्तक्षेपको विरोध गर्दै शनिबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ।

‘राष्ट्रिय स्वाधीनता, सीमा सम्मान र जनअधिकारको रक्षा गरौँ’ तथा ‘सीमा हाम्रो हो, सत्ता हाम्रो हो, निर्णय हाम्रो हो’ लगायतका नारासहित माओवादीका नेता तथा कार्यकर्ताले प्रदर्शन गरेका हुन्।

प्रदर्शनकारीहरूले सुस्ता क्षेत्रमा भारतीय एसएसबीबाट नेपाली भूमि र नागरिकमाथि भइरहेको भनिएको हस्तक्षेप तत्काल रोक्न सरकारसँग माग गरेका छन्। उनीहरूले राष्ट्रिय सीमाको रक्षा, नेपाली भूमिमाथिको अतिक्रमण अन्त्य तथा सीमावर्ती क्षेत्रका नागरिकको अधिकार सुनिश्चित गर्न सरकार गम्भीर बन्नुपर्ने बताएका छन्।

पाल्पामा ८४२ एचआइभी सङ्क्रमित : नियमित औषधि सेवन गर्ने ३५४ जना

इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था

जलविद्युत् रोयल्टी बाँडफाँडका मुख्य सूचक तय, भौगोलिक अवस्थालाई ५० प्रतिशत भार

कृत्रिम पोखरी निर्माणपछि घट्यो मानव–वन्यजन्तु द्वन्द्व

नेपाल–भारत सीमास्तम्भ मर्मतको समीक्षा, संयुक्त संयन्त्रलाई सक्रिय बनाउने सहमति

‘जेन–जी डाक्टरलाई न्याय दे’ भन्दै चिकित्सकहरूको प्रदर्शन

आर्थिक तथा प्राविधिक अभावले करोडौँका डायलासिस मसिन प्रयोगविहीन

अमेरिका–इरान सम्झौता ‘धेरै नजिक’
अमेरिका र इरानबीच महिनौँदेखि जारी तनाव अन्त्यका लागि सम्झौता गर्ने कदमका लागि ठूलो सफलता मिल्ने अपेक्षा गरिएको छ । इरानका विदेशमन्त्री अब्बास अराघचीले दुई देश सम्झौताका लागि सबैभन्दा नजिक रहेको बताएका छन् । यसैगरी, अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोशल’ मा सम्झौता नजिक पुगेको भन्ने आफ्नो एक दिन पहिलेको पोस्टलाई पुनः पोष्ट गरेपछि सम्झौताको सम्भावनालाई थप बढावा मिलेको छ । पोष्टमा राष्ट्रपति ट्रम्पले सम्झौतामा हस्ताक्षर हुन अन्तिम कागजी प्रक्रिया मात्र बाँकी रहेको बताएका छन् ।

प्रस्तावित सम्झौतालाई उद्धृत गर्दै अराघचीले एक्समा लेखेका छन्, ‘इस्लामावादको पहलमा भएको यो सम्झौता प्रस्ताव अहिलेसम्मकै सबैभन्दा धेरै विषयमा सहमति नजिक पुगेको सहमति हो ।’ अराघचीको पोष्टको केही मिनेटपछि राष्ट्रपति ट्रम्पले ट्रुथ सोसल अकाउन्टमा उक्त पोस्ट पुनः पोस्ट गरेका थिए ।

यसले प्रस्तावित सम्झौताका सर्तहरूमा मतभेदका बाबजुद वार्ता सही दिशामा अघि बढिरहेको बुझ्न सकिन्छ । राष्ट्रपति ट्रम्पले सम्झौता पूरा हुने विश्वास व्यक्त गरेको भोलिपल्ट अराघचीको यो टिप्पणी आएको हो । अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकाले भर्खरै इरानसँग युद्धका विषयमा ठूलो सम्झौता गरेको भन्दै सम्झौतामा हस्ताक्षर हुन केही काम मात्र बाँकी रहेको सङ्केत गरेका छन् ।

ट्रम्पले पत्रकारहरुसँग भने, “अब केवल कागजातलाई अन्तिम रूप दिन मात्र बाँकी छ । अबको केही दिनमा यो काम सम्पन्न गरिसक्नुपर्छ ।” शुक्रबार इरानी विदेशमन्त्री अराघचीले मिडिया संगठनहरू र विश्लेषकहरूलाई वार्ता पूरा नभएसम्म सम्झौताको सामग्रीको बारेमा अनुमान नगर्न आग्रह गरेका थिए । उनले भनेका थिए, “जबसम्म यसको अन्तिम निर्णय हुँदैन, तबसम्म मिडियाले यसको सामग्रीको बारेमा अड्कलबाजी गर्नबाट टाढा रहनु पर्छ।”

सर्त पूरा नभएसम्म अन्तिम आणविक सम्झौतामा हस्ताक्षर नगर्ने इरानको चेतावनी

युद्धविरामकैबीच दक्षिणी लेबनान खाली गर्न इजरायलको चेतावनी

पाकिस्तानमा ७६३ अफगान कैदी रिहा, ३७ सय शरणार्थी स्वदेश फिर्ता

निकासी आदेशपछि लेवनानमा इजरायली आक्रमण

भारतीय वायु सेनाको विमान दुर्घटना 

पाकिस्तानमा भारी वर्षा, चार जनाको मृत्यु, १६ घाइते





प्रकाशित मिति : ३० जेठ २०८३, शनिबार  ७ : ५६ बजे

मोरक्कोसँग भिड्दै ब्राजिल : समर्थकको मन जित्न सफल होलान् त भिनिसियस ?

काठमाडौं – पाँच पटकको विश्व विजेता ब्राजिलले फिफा विश्वकप २०२६

सुर्खेतको हिरासतमा अचेत भेटिएका २१ वर्षीय युवकको मृत्यु

कर्णाली – जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको

बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु

ढाका – गत मे महिनामा बङ्गलादेशमा सडक, रेल र जलमार्ग

यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा

काठमाडौं – यस वर्षको मनसुनमा काठमाडौँ महानगरपालिले १२८ ठाउँमा डुबानको

दुर्गम जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिकको म्याद असार ७ सम्म थप

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनलाई लक्षित गर्दै क्रियाशील