परराष्ट्रमन्त्री खनाल बेइजिङमा « Khabarhub

परराष्ट्रमन्त्री खनाल बेइजिङमा


३१ जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको चार दिवसीय भ्रमणका लागि बेइजिङ पुगेका छन् । उनी गएराति त्यसतर्फ प्रस्थान गरेका थिए । 

बेइजिङस्थित नेपाली दूतावासका अनुसार उनी स्थानीय समय अनुसार आज त्यहाँ पुगेका हुन् । बेइजिङस्थित विमानस्थलमा उनलाई चीनका लागि नेपालका कार्यवाहक राजदूत श्रीमती रोशन खनाल तथा चीनको विदेश मन्त्रालयका अधिकारीहरूले स्वागत गरेका थिए । 

परराष्ट्रमन्त्री खनालको सम्मानमा नेपाली दूतावासले आजै साँझ एक स्वागत समारोह आयोजना गर्दैछ । समारोहमा उनले नेपाली समुदायसँग अन्तरक्रिया समेत गर्ने दूतावासले जनाएको छ ।

चीनमा रहँदा परराष्ट्रमन्त्रीले आफ्ना समकक्षी वाङसँग नेपाल–चीन सम्बन्ध अझ सुदृढ बनाउने तथा आपसी सहकार्यलाई अझ सबल बनाउने सम्बन्धमा द्विपक्षीय वार्ता गर्ने छन् । साथै उनले चीनका उच्च अधिकारीहरूसँग पनि बेग्लाबेग्लै भेटवार्ता गर्ने तालिका छ ।

मुलुकमा वैदेशिक लगानी भित्र्याउने उद्देश्यले बेइजिङस्थित नेपाली दूतावासद्वारा आयोजना हुने लगानी सम्मेलनमा मन्त्री खनाल सहभागी हुनाका साथै चिनियाँ उद्यमी व्यवसायीसँग पनि छलफल गर्ने कार्यक्रम छ । 

मन्त्री खनाल आगामी असार ३ गते स्वदेश फर्किने कार्यक्रम छ ।
 

प्रकाशित मिति : ३१ जेठ २०८३, आइतबार  १२ : ०६ बजे

भारतीय जेलमा रहेका नेपाली किसानको रिहाइका लागि पहल गर्न कांग्रेसको माग

काठमाडौं – नेपाली कांग्रेसले भारतको जेलमा रहेका दुई नेपाली किसानको

भारतले जिम्बाब्वेलाई दियो १९३ रनको लक्ष्य

काठमाडौं – युवा ब्याटर वैभव सूर्यवंशीको उत्कृष्ट ८१ रनको इनिङ्सको

कक्रोच आन्दोलनपछि भारतको राजनीति अब कता मोडिएला ?

काठमाडौं- भारतको राजनीतिमा विगत एक दशकभन्दा लामो समयदेखि प्रधानमन्त्री नरेन्द्र

लगातार ८ वर्ष फ्लप र कान्ट्रोभर्सीपछि साम्राज्ञीले साइन गरिन् फिल्म

काठमाडौं – प्राइममा रहेका हिरो अनमोल केसीको नायिकाका रुपमा फिल्म