आजका समाचार : ओलीले ल्याए झापा-५ को प्रतिवद्धतापत्र, प्रसाईँको बास हिरासतमै, शिवरात्रिका साधुलाई बिदाइ र रूस–यूक्रेन शान्ति वार्ता जेनेभामा « Khabarhub

आजका समाचार : ओलीले ल्याए झापा-५ को प्रतिवद्धतापत्र, प्रसाईँको बास हिरासतमै, शिवरात्रिका साधुलाई बिदाइ र रूस–यूक्रेन शान्ति वार्ता जेनेभामा


५ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

ओलीको दाबी : बहुमत नआए पनि यो निर्वाचनबाट एमाले पहिलो पार्टी बन्छ

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जेन–जी आन्दोलनका नाममा देशका विभिन्न स्थानमा भएको आगजनी, तोडफोड र लुटपाटको कडा शब्दमा आलोचना गरेका छन्।

झापा क्षेत्र नं। ५ केन्द्रित ४२ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गर्ने क्रममा दमकमा मंगलबार आयोजित कार्यक्रममा बोल्दै उनले सार्वजनिक तथा निजी सम्पत्तिमाथि आक्रमण गर्नेलाई ‘देशका दुश्मन’ र ‘विकासका विरोधी’ भने।

ओलीले दमकमा एमाले सरकारको पालामा निर्माण गरिएको बिजनेस कम्प्लेक्समा आगजनीको प्रयास भएको उल्लेख गर्दै त्यसको अर्थ र महत्व नबुझी गरिएको कार्य भएको बताए। ’जसले सार्वजनिक र निजी सम्पत्ति जलाए, ती देशका दुश्मन हुन्। विकासका विरोधी हुन्,’ उनले भने।

उनले जेन–जी आन्दोलनका नाममा घर जलाउने, सिंहदरबार र संसद् भवनमा आगजनी गर्ने कार्यलाई अपराध र आतंकको संज्ञा दिए। ‘उनीहरूले क्रान्ति गरेका होइनन्, विकास गरेका होइनन्। देशमा विध्वंश मच्चाएर अस्थिरता ल्याउने प्रयास गरेका हुन्,’ उनले आरोप लगाए।

कैलाली १ मा एमालेका न्यौपानेलाई नेकपा (संयुक्त) को समर्थन

बालेन र रविबारे केपी ओलीको टिप्पणी : स्टन्टबाज र पपुलिस्टहरूले फाइदा लिन थाले

झापा ५ का लागि ओलीले सार्वजनिक गरे ४२ बुँदे प्रतिबद्धता पत्र

काठमाडौंका २५० उम्मेदवारमध्ये १२० जनाले मात्र खोले बैंक खाता

भक्तपुर–१ : उम्मेदवारहरू विकासको ‘एजेन्डा’सहित घरदैलोमा

नेकपाको दाबी : रिपोर्ट हेर्दा निर्वाचनबाट हामी पहिलो दल बन्ने प्रष्ट छ

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले स्वच्छ, निष्पक्ष एवं भयमुक्त वातावरणमा निर्वाचन सुनिश्चितका लागि जिम्मेवारी र प्रतिबद्धता प्रदर्शन गर्न सबै पक्षलाई आह्वान गरेको छ ।

नेकपा निर्वाचन परिचालन समितिले मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै संकटबाट देशलाई बाहिर निकाल्न, स्वाधीनता र सार्वभौमसत्ता तथा राष्ट्रिय एकता सुदृढ गर्न, र स्वच्छ, निष्पक्ष एवं भयमुक्त वातावरणमा निर्वाचन सुनिश्चित गर्न सरकार, सुरक्षा निकाय, निर्वाचन आयोगलगायत सबै पक्षलाई उच्चतम इमानदारी, जिम्मेवारी र प्रतिबद्धता प्रदर्शन गर्न आह्वान गरेको हो ।

सबै पक्षको सामूहिक प्रयासबाट देश निर्वाचनको निर्णायक चरणमा पुगेको भन्दै नेकपाले आफ्नो पार्टीमाथिको विश्वास र भरोसा बढिरहेको दाबी गरेको छ । देशलाई इमानदारिताका साथ सही दिशामा नेतृत्व गर्न सक्षम शक्ति नेकपा मात्रै भएको नेकपा निर्वाचन परिचालन समितिका संयोजक अग्नीप्रसाद सापकोटाले बताए ।

ऊर्जा विकास र वातावरण संरक्षणबीच सहकार्य सुदृढ गर्न दुई मन्त्रालयबीच बैठक

बराम जातिको विशेष वा स्वायत्त क्षेत्र सुनिश्चित नगरेसम्म मत नदिने संघको घोषणा

नेकपा संयुक्तले सार्वजनिक गर्‍यो उद्यमशील अर्थतन्त्रसहितको चुनावी घोषणापत्र

जग्गा वर्गीकरण म्याद थपे पनि विराटनगरमा कारोबार सुस्त

रास्वपाका डोलप्रसाद अर्यालको चुनावी वाचापत्र सार्वजनिक

आगामी निर्वाचन काम गर्ने र भाषण गर्नेबीचको प्रतिस्पर्धा हो : अध्यक्ष घिसिङ

दुर्गा प्रसाईंलाई चार दिन हिरासतमा राख्न अनुमति

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई चार दिन हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति दिएको छ ।

सोमबार राति भक्तपुरको ठिमीस्थित घरबाटै पक्राउ परेका प्रसाईंलाई अनुसन्धानका लागि काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलले चार दिनको म्याद प्रहरीलाई दिएका हुन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनलाई सोमबार साँझ घरबाटै नियन्त्रणमा लिएर भद्रकालीस्थित परिसरमा ल्याइएको थियो ।

महाशिवरात्रिपछि नागाबाबा र साधु-सन्तलाई पशुपतिनाथबाट बिदाइ

पूर्वसञ्चारमन्त्रीको गाउँमा टेलिफोनको टावर ल्याइदिने अजयबाबुको प्रतिबद्धता 

उत्पादन बढाउँदै सिंहदरवार वैद्यखाना

तस्बिरमा हेर्नुहोस्, कुलमानको काठमाडौं–३ मा घरदैलो अभियान (तस्बिरहरू)

काठमाडौं-१ मा रञ्जु दर्शनाको घरदैलो (तस्बिरहरू)

डब्लुएचओद्वारा नेपाललाई दुई मेडिकल ग्यास एनालाइजर हस्तान्तरण

आगामी निर्वाचन काम गर्ने र भाषण गर्नेबीचको प्रतिस्पर्धा हो : अध्यक्ष घिसिङ

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन काम गर्ने र भाषण गर्ने बीचका प्रतिस्पर्धा भएको बताएका छन् ।

भरतपुर महानगरपालिका—१० चौबिसकोठीमा आज आयोजित चुनावी सभामा उनले अब आममतदाताले काम गर्नेलाई चिन्नुपर्नेमा जोड दिए । काम गर्ने र देशमा परिवर्तन गर्ने ध्येयससहित आफ्नो पार्टीको उदय भएको भन्दै अध्यक्ष घिसिङले आफ्नो अभियानमा साथ दिन आग्रह गरे।

उनले भने, ‘हामी देश र जनताको भविष्य उज्यालो पार्न आएका छौँ । यसमा जनताले साथ दिनुपर्‍यो ।’

पार्टीका जिल्ला संयोजक समीर केसीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश संयोजक, चितवनका तीनवटै निर्वाचन क्षेत्रका उम्मेदवारलगायतको उपस्थिति रहेको थियो ।

बुर्तिबाङ–ढोरपाटन सडक निर्माण धमाधम

जेन-जीका नाममा लुटिएको पेस्तोल कुखुराको खोरमा भेटियो, एकजना पक्राउ, अर्का युवा फरार

काठमाडौंमा बढ्दै छ वायु प्रदूषण, सचेत रहन आग्रह

दिक्तेल–रेग्मीटार सडक : घर्तीभीरको चट्टान फुटाउन सुरु

म्याग्दीका उम्मेदवारको चुनावी मुद्दा : ‘वैकल्पिक सडक’ को व्यवस्था

हिउँदयाम सुरु भएसँगै डढेलो रोकथाम गर्न सामग्री हस्तान्तरण

अमेरिकी पहलमा चार वर्षपछि शान्ति प्रयास फेरि सक्रिय

रुसले युक्रेनमाथि पूर्ण आक्रमण थालेको करिब चार वर्ष पुग्न लाग्दा मस्को र किएभका प्रतिनिधिमण्डलहरू अमेरिकी पहलमा पुनः वार्ताको टेबलमा फर्किएका छन् ।

युद्धको चौथो वार्षिकोत्सवभन्दा एक साताअघि जेनेभामा सुरु हुन लागेको यो चरणलाई द्वन्द्वको सम्भावित मोडविन्दुका रूपमा हेरिएको छ । यद्यपि दुवै पक्षका अडान कठोर नै छन् ।

युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले आफ्नो प्रतिनिधिमण्डल स्विट्जरल्यान्ड आइपुगेको जानकारी दिएका छन् भने रुसी राज्य समाचार एजेन्सी तासले पनि रुसी टोली पुगेको जनाएको छ । दुई दिनसम्म चल्ने वार्ता बुधबारदेखि औपचारिक रूपमा सुरु हुने अपेक्षा गरिएको छ ।

रूस‑यूक्रेन युद्ध : जेनेभामा शान्ति वार्ता सुरु, गतिरोध कायमै

१६ महिनापछि बंगलादेशमा लोकतान्त्रिक सरकार: प्रधानमन्त्री रहमानको शपथ आज

बंगलादेशका अन्तरिम प्रमुख युनुसको राजीनामा अघि भारत लक्षित विवादास्पद अभिव्यक्ति

जब विद्यार्थी नेताले बंगलादेशको आन्दोलनमा लगाएको टीसर्टमै सांसदको शपथ लिए…

भारतलाई चिढ्याउँदै ‘सेभेन सिस्टर्स’ राज्यसँग नेपाल र भुटानलाई मुछेर बिदा भए मुहम्मद युनुस

जेनेभामा अमेरिका–इरान आणविक संवाद

बङ्गलादेशका भावी प्रधानमन्त्री रहमान र सांसदहरूले लिए शपथ

फ्रान्ससँग अहिलेसम्मकै ठूलो सैन्य सम्झौता : भारतले किन्दैछ ११४ अत्याधुनिक राफेल लडाकु जेट

खैबर पख्तुनख्वामा घातक विस्फोट






























प्रकाशित मिति : ५ फाल्गुन २०८२, मंगलबार  ८ : ०४ बजे

नवलपरासीमा रास्वपाका कार्यकर्ताले माओवादीका उम्मेदवार कुटेको आरोप

काठमाडौँ– नवलपरासी क्षेत्र नम्बर १ का नेकपा माओवादीका उम्मेदवारमाथि राष्ट्रिय

स्कटल्यान्डविरुद्ध ७ विकेटको जितसँगै नेपालको विश्वकप यात्रा सकियो

काठमाडौँ–जारी आईसीसी टी–२० विश्वकपमा नेपाली राष्ट्रिय क्रिकेटले पहिलो जित निकालेको

कक्षा १२ को परीक्षा वैशाख १४ गतेदेखि

भक्तपुर – यस वर्षको कक्षा १२ को परीक्षा आगामी वैशाख

एसपी सुवेदीलाई पर्सा पठाइयो

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय पर्सामा एसपी नरेशराज सुवेदीलाई खटाउने

स्कटल्यान्डविरुद्ध पावर प्लेमा नेपालको उत्कृष्ट सुरुवात

काठमाडौँ- आईसीसी टी–२० विश्वकप अन्तर्गत समुह चरणको अन्तिम खेलमा स्कटल्यान्डविरुद्ध