आज दिनभर कहाँ, के भयो ? पढ्नुहोस्, मुख्य समाचार « Khabarhub

आज दिनभर कहाँ, के भयो ? पढ्नुहोस्, मुख्य समाचार


२ मंसिर २०८३, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इनम प्रकरण – अनुसन्धानलाई प्रभाव पार्ने सामग्री प्रकाशन नगर्न प्रहरीको आग्रह

जिल्ला प्रहरी परिसर काठमाडौँले इनम सापकोटा समेत रहेको मुद्दाको अनुसन्धानलाई प्रभावित पार्ने गरी सञ्चार माध्यममा आएका अप्रमाणित विषयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

परिसरका प्रवक्ता तथा प्रहरी उपरीक्षक दानबहादुर थापाद्वारा जारी प्रेसवृत्तिमा अनुसन्धान अधिकारीको हवाला दिँदै अनुसन्धानसँग असम्बन्धित मोबाइल लोकेशन लगायतका अप्रमाणित विषय सार्वजनिक गरिएकोमा आपत्ति जनाइएको छ।

प्रचलित कानुन र विधिअनुसार संवेदनशील विषयका विवरण तथा प्रमाणहरू कुनै पनि पक्षलाई उपलब्ध नगराइएको प्रहरीको स्पष्टोक्ति छ।

अनुसन्धानको निष्पक्षता र गोपनीयता कायम राख्न प्रहरी सदैव प्रतिबद्ध रहेको जनाउँदै, आधिकारिकता पुष्टि नगरी यस्ता सामग्री सम्प्रेषण गर्दा जनमानसमा भ्रम सिर्जना हुन सक्ने भएकाले सचेत रहन आग्रह गरिएको छ।

भारत भ्रमणको पूर्वसन्ध्यामा प्रधानमन्त्रीसँग राजदूतको भेट

फास्ट ट्र्याकको लामो सुरुङ ‘ब्रेक थ्रु’ गर्दै राष्ट्रपतिले भने- अब समय र खर्च दुवै बचत हुन्छ

द्रुतमार्ग सडक आयोजनाको काम निर्धारित समयभित्रै सम्पन्न गर्न मन्त्री लम्सालको निर्देशन

सभामुख अर्याल र चिनियाँ जनसंघका अध्यक्ष वानमिङबीच शिष्टाचार भेट

संसद् अधिवेशन आह्वान गर्ने विषयमा छलफल भइरहेका छ : मन्त्री गौतम

मानव बेचबिखन तथा शारीरिक शोषण रोक्न प्रभावकारी कानुनी व्यवस्था गर्न सरकारलाई सुझाव

बराह सहकारी ठगीका मुख्य योजनाकार विश्वकर्मा पक्राउ

संघर्षको मैदानबाट लडेर आएका हौँ, एमाले फेरि सरकारमा जान्छ : ओली

नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले मुलुक स्वेच्छाचारी शासनको अन्तर्गत आतंकको छायामुनि चलिरहेको बताएका छन् ।

बुधबारबाट काठमाडौंमा सुरु एमालेको राष्ट्रिय भेला उद्घाटन गर्दै अध्यक्ष ओलीले देश भय र त्रासको वातावरणमुनि, असंवैधानिक, गैरकानुनी क्रियाकलापहरूको पेलाइमा, स्वेच्छाचारी शासनको अन्तर्गत चलिरहेको बताएका हुन् ।

उनले सरकारले फाँसीवादतर्फ दमनकारी, प्रतिशोधी व्यवहार देखाएको भन्दै प्रतिरोधका लागि तयार नेता तथा कार्यकर्तालाई निर्देशन समेत दिए ।

राजनीतिक चुनौती सामना गर्न तयार रहन पद्मा अर्यालको आग्रह

सुमनाको घोषणा- काठमाडौंको मेयरमा उम्मेदवारी दिन्छु

एमालेको राष्ट्रिय भेला उद्‌घाटन गर्न ओली कार्की ब्यांक्वेटमा

त्रिविका १२ क्याम्पस मात्र विकेन्द्रीकरणमा जान बाँकी, नियम परिमार्जनसहित समेट्ने तयारी

निवर्तमान आईजीपी कार्कीको रिटमा कारण देखाउ आदेश, छलफलमा बोलाइयो

मुक्कुमलुङ केबलकार निर्माण विवाद फेरि सतहमा, खारेजी माग्दै माइती घरमा स्थानीय

एनपीएल इलिमिनेटर : चितवनले काठमाण्डुलाई दियो २०५ रनको लक्ष्य

नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको इलिमिनेटर खेलमा चितवन राइनोजले काठमाण्डु गोर्खाजलाई २०५ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ ।

पूरै २० ‌ओभर खेल्दै चितवनले ४ विकेटको क्षतिमा २०४ रन बनाएको हो । उसका ओपनर कामिल मिशाराले नटआउट १२० रन बनाए । यो एनपीएल इतिहासकै व्यक्तिकत सर्वााधिक रन हो ।

काठमाण्डुविरुद्ध वष्फोटक ब्याटिङ गर्दै चितवन राइनोजका ओपनर कामिल मिशाराले शतक बनाएका छन् । ५३ बलको सामना गर्दा चार चौका र आठ छक्काको मद्दतमा उनले शतक पूरा गरेका हुन् । यो एनपीएल तेस्रो सिजनको दोस्रो शतक हो ।

काठमाण्डु गोर्खाज र चितवन राइनोजबीचको खेल हेर्न पुगेका समर्थक

चितवनका कामिलले काठमाण्डुविरुद्ध हिर्काए शतक : बनाए एनपीएलको सर्वाधिक १२० रन

तीन महाशक्ति राष्ट्र प्रमुख सी, ट्रम्प र पुटिन एउटै मञ्चमा

चिनियाँ राष्ट्रपति सी चिनफिङ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन चीनको सेन्जेनमा आयोजित एसिया–प्यासिफिक इकोनोमिक कोअपरेसन (एपेक) शिखर सम्मेलनका क्रममा पहिलोपटक एकैसाथ देखिएका छन्।

सार्वजनिक भएका तस्बिरहरूमा तीनै शक्तिराष्ट्रका प्रमुखहरूले हात मिलाइरहेको देखिएको छ । सम्मेलनमा सहभागी हुन बुधबार सेन्जेन पुगेका अमेरिकी राष्ट्रपति ट्रम्पलाई चिनियाँ समकक्षी सीले विमानस्थलमै अंकमाल गरी न्यानो स्वागत गरेका थिए। यसअघि सीले रुसी राष्ट्रपति पुटिनलाई आफ्नो ‘पुराना मित्र’ का रूपमा सम्बोधन गरेका थिए ।

फिलिपिन्ससँग सहकार्य बढाउन ट्रम्पको जोड

कुवेतमा ड्रोन आक्रमणको चेतावनी, हवाई प्रतिरक्षा प्रणाली सक्रिय

एआईमा सहकार्य बढाउन सीको आग्रह

प्रकाशित मिति : २ मंसिर २०८३, बुधबार  ८ : ०५ बजे

कन्काई पुल निर्माण तत्काल अघि बढाउन माग

झापा – हुलाकी राजमार्गअन्तर्गत झापा गाउँपालिका र गौरीगञ्ज गाउँपालिका जोड्ने

नापजाँचको १२ वर्षपछि सर्लाहीका २७५ परिवारले पाए लालपुर्जा

काठमाडौं – सर्लाहीको विष्णु गाउँपालिका–५ र ६ का २७५ स्ववासी

आज दिनभर कहाँ, के भयो ? पढ्नुहोस्, मुख्य समाचार

इनम प्रकरण – अनुसन्धानलाई प्रभाव पार्ने सामग्री प्रकाशन नगर्न प्रहरीको

जलवायु विपद् र असुरक्षाका कारण सोमालियामा विस्थापन बढ्दै : संयुक्त राष्ट्रसङ्घ

संयुक्त राष्ट्रसंघ – खडेरी, बाढी तथा हिंसात्मक घटनाका कारण सोमालियामा

काठमाण्डु गोर्खाज र चितवन राइनोजबीचको खेल हेर्न पुगेका समर्थक

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत बुधबार काठमाण्डु गोर्खाज र चितवन