आजका समाचार : सरकारभित्र किचलोबीच रिसोर्टमा रवि-स्वर्णिम वार्ता, वर्षाले धेरै क्षेत्र जलमग्न, माधव बिरामी भएपछि अड्कियो प्रचण्ड-गगन वार्ता र किभमा रातभर रुसी हमला, आवासीय तथा औद्योगिक क्षेत्रमा क्षति « Khabarhub

आजका समाचार : सरकारभित्र किचलोबीच रिसोर्टमा रवि-स्वर्णिम वार्ता, वर्षाले धेरै क्षेत्र जलमग्न, माधव बिरामी भएपछि अड्कियो प्रचण्ड-गगन वार्ता र किभमा रातभर रुसी हमला, आवासीय तथा औद्योगिक क्षेत्रमा क्षति


३ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


684
Shares
  • change font
  • change font
  • change font

बास बस्दै काभ्रेको रिसोर्टमा किन पुगेका थिए रवि र स्वर्णिम ?

शनिबार सार्वजनिक बिदाको दिन पारेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र उपसभापति एवम् अर्थमन्त्री डा. स्वर्णिम वाग्ले काभ्रेको एक रिसोर्ट पुगे ।

रवि धुलिखेलस्थित दुसित थानी हिमालयन रिसोर्टमा पत्नी निकिता पौडेल लामिछानेसहित थिए । उता स्वर्णिम भने रास्वपाका आफूनिकट नेताहरूको साथमा थिए ।

अलग अलग समयमा उक्त रिसोर्टमा पुगेका दुई नेताहरूबीच लामो कुराकानी भएको छ । उक्त रिसोर्टमा अर्थमन्त्री वाग्लेको आफ्नै लगानी छ । रिसोर्टमा उनीहरू शनिबारको बिदा मनाउन गएको दाबी गरिएको छ।

फुटको दिशामा कांग्रेस : साउनभित्रै काठमाडौंमा राष्ट्रिय भेला गर्ने इतरको निर्णय 

बिरामी हुनु अपराध होइन प्रधानमन्त्रीज्यू, जनताको उपचारमा थप करको भार किन ?

यी कुराले भन्छन् बालेनले स्वर्णिमलाई आफ्नो टिममा राख्न चाहेका थिएनन्

माधव नेपाल बिरामी, प्रचण्ड र गगनको भेटवार्ता पनि रोकियो

उत्पादन र रोजगारी बढाउन राष्ट्रपतिको जोड

कांग्रेसलाई नेकपाको सन्देश, ‘एमालेसँगको गठबन्धन औपचारिक रुपमा फुटेमात्रै सत्ता सहकार्य अघि बढ्छ’

शिक्षामन्त्रीलाई चितवनमा कालो झण्डा र कालै बेलुनले स्वागत

नागढुङ्गा सुरुङमार्ग सञ्चालन : सुरुमा इमर्जेन्सी सवारी मात्रै, अन्य सवारीलाई क्रमशः प्रवेश दिइने

सिस्नेखोला–नागढुङ्गा (२.६८८ किमि) सुरुङमार्ग सञ्चालनको पहिलो चरणमा एम्बुलेन्स लगायत अत्यावश्यक सवारीसाधनलाई मात्रै प्रवेश गराइने भएको छ ।

साउन दोस्रो सातादेखि सञ्चालन सुरु गर्ने लक्ष्य राखिएको आयोजनामा परीक्षण अवधिमा चरणबद्ध सवारीसाधन सञ्चालन गरिने भएको हो ।

पहिलो चरणमा इमजेन्सी जस्तै, एम्बुलेन्स लगायतलाई प्रवेश गराइन्छ ।

त्यसपछि क्रमशः कार, भ्यान साना सवारी, बस, ट्रक चरणवद्द रुपमा प्रवेश गराइनेछ,’ सिस्नेखोला–नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाका निर्देशक इ.सौजन्य नेपालले बताए ।

कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी

बागमती नदीले सतर्कता तह पार गर्‍यो, सतर्क रहन आग्रह

भारी वर्षाले काठमाडौं जलमग्न (तस्बिरहरू)

गण्डकीका तीन अदालतमा जलेका तीन हजार तीन सय मिसिल पुनः प्राप्ति

प्रहरीले कुलेश्‍वरमा गोली हानेर लागु औ‍षधसहित दुई जनालाई समात्यो

कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी

भेनेजुयला : भूकम्पको भग्नावशेषबाट चार हप्तापछि बिरालोको उद्धार, थप जीवत प्राणी उद्धारका लागि ‘आशा’ को सङ्केत

भेनेजुएलामा शनिबार एक बिरालोलाई भत्किएको आवासीय भवनको भग्नावशेष मुनिबाट कमजोर अवस्थामा उद्धार गरिएको छ । उद्धारकर्ताले यसलाई मृत्यु भएको भूकम्पपछिको अवस्थामा थप जीवनको लागि ‘आशाको किरण’ भनेका छन्।

गत जुन २४ मा दक्षिण अमेरिकी राष्ट्रमा आएका लगातारका भूकम्पबाट पाँच हजार १०० भन्दा बढी मानिसको मृत्यु भएको थियो । भूकम्पका कारण तटीय राज्य ला गुएरा सबैभन्दा बढी प्रभावित भएको थियो ।

स्वयंसेवी उद्धारक आन्द्रेस कार्भाजालले ला गुएराको एक आवासीय भवनमा खोजी गर्दा उक्त बिरालो भेटिएको थियो । विरालो भेटिएको भवन पूरै भग्नावशेषमा परिणत भएको थियो ।

इन्डोनेसियामा डुबेको डुङ्गाका पाँच यात्रुको तीन दिनपछि समुद्रबाट जीवित उद्धार

अफगानिस्तानको मरुभूमि हुँदै सीमा पार गर्ने क्रममा पाँच जनाको मृत्यु, १४ बेपत्ता

इरानी आक्रमणमा दुई सैनिक मारिएपछि अमेरिका आक्रोशित, बदला लिएको दाबी

इरानको खुजेस्तानमा ५ म्याग्निच्युडको भूकम्प

किभमा रातभर रुसी हमला, आवासीय तथा औद्योगिक क्षेत्रमा क्षति

प्रकाशित मिति : ३ श्रावण २०८३, आइतबार  ७ : ५६ बजे

बाढी पहिरोको क्षतिप्रति रुसी राष्ट्रपति पुटिनद्वारा दुःख व्यक्त

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले नेपालको उत्तरी जिल्लामा पहिरो

हाइड्रोपावरको सुरुङमा फसेका ३५० जनासहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार

काठमाडौँ । ​रसुवा जिल्लाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि हिजोदेखि अप्पर

चितवनमा भेटिएका शवको पहिचान भोलिदेखि

काठमाडौं । रसुवा बाढीमा बगेर बेपत्तामध्ये चितवनमा मात्र हालसम्म कुल

गोरखामा भेटिएका शवहरु पोखरा पठाइयो

काठमाडौँ । भोटेकोशीमा बुधबार गएको बाढीले बगाएर त्रिशूली नदीको गोरखातर्फको

जलविद्युत आयोजनाका ३३८ कर्मचारी सम्पर्कविहीन, २१२ जना उद्धारको पर्खाइमा

काठमाडौँ – रसुवा–त्रिशूली करिडोरमा आएको भीषण बाढीले कुल ६७५ मेगावाट