अर्थसंक्षेप : ११ करोड अनुदान-ऋण स्वीकार, नेप्से घट्यो, पर्वतारोहणबाट ३३ करोड भित्रियो र धान उत्पादन बढ्यो « Khabarhub

अर्थसंक्षेप : ११ करोड अनुदान-ऋण स्वीकार, नेप्से घट्यो, पर्वतारोहणबाट ३३ करोड भित्रियो र धान उत्पादन बढ्यो


४ मंसिर २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चीन र आईएमएफको ११ करोड अनुदान र ऋण स्वीकार्ने सरकारको निर्णय

सरकारले चीनबाट प्राप्त हुने २० लाख अमेरिकी डलर अनुदान र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) बाट प्राप्त हुने १० करोड ७० लाख अमेरिकी डलर सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले चीन सरकारले अनुदानस्वरूप उपलब्ध गराउने २० लाख अमेरिकी डलर स्वीकार गर्ने निर्णय गरेको हो ।

बैठकले अन्तर्राष्ट्रिय मुद्रा कोषले उपलब्ध गराउने १० करोड ७० लाख अमेरिकी डलर सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णयसमेत गरेको सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले जानकारी दिए।

यसैगरी, सरकारी, सार्वजनिक तथा सामुदायिक जग्गाको नापजाँच गरी लगत तयार गर्न आदेश जारी गर्ने निर्णय पनि बैठकले गरेको छ ।

चितवनमा धान उत्पादन ८ प्रतिशतले बढ्यो

प्यारापाइलट उत्पादन गर्न माछापुच्छ्रेमा खुल्यो प्याराग्लाइडिङ स्कुल

नेप्से परिसूचक ७ अंकले घट्यो, कारोबार साढे ३ अर्ब माथि

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सात दशमलव ३८ अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक शून्य दशमलव २८ प्रतिशतले घटेर दुई हजार ६२१ दशमलव २९ विन्दुमा कायम भएको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक भने शून्य दशमलव ०७ अंकले बढेर ४७७ दशमलव ०१ विन्दुमा पुगेको छ ।

त्यस्तै, फ्लोट परिसूचक शून्य दशमलव ३१ अंकले घटेर १८२ दशमलव ३७ विन्दुमा कायम हुँदा सेन्सेटिभ फ्लोट परिसूचक शून्य दशमलव ०७ अंकले बढेर १६२ विन्दुमा पुगेको छ ।

आज विभिन्न कम्पनीका एक करोड छ लाख दुई हजार ४६८ कित्ता शेयर तीन अर्ब ८८ करोड ७५ लाख ६३ हजार ४७० रुपैयाँमा खरिदबिक्री भएका छन् ।

एकैदिन १२ हजार २०० रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

जुवातास खेलिरहेका २५ जना पक्राउ

भोटेकोशी बाढीपीडित १४२ परिवारलाई नगद राहत

पर्वतारोहणबाट ३३ करोड ४२ लाख आम्दानी

सरकारले चालु आवमा १८८ टोलीलाई ४८ वटा हिमाल आरोहणको अनुमति दिएर ३३ करोड ४२ लाख ३४ हजार २२६ राजस्व संकलन गरेको छ ।

मनास्लु आरोहणका लागि अनुमति लिएका ४३ टोलीका ५०० जनाबाट २२ करोड ५८ लाख ५७ हजार १८९, धौलागिरि–१ आरोहणमा जाने ३७ जनाबाट ८४ लाख ७३ हजार ६५० र मकालु आरोहण गर्ने तीन आरोहीबाट छ लाख ८८ हजार ५० राजस्व प्राप्त भएको हो ।

यसैगरी, हिम्लुङ आरोहण दलका १३० जनाबाट ७९ लाख ७४ हजार २० र आमादब्लम आरोहणका टोलीका ४७६ जना आरोहीले सात करोड १३ लाख ४७ हजार १०० सलामी दस्तुर राज्यकोषमा दाखिला गरेका छन् ।

मुस्ताङमा ट्राफिक कारबाहीबाट १२ लाख ९६ हजार राजस्व संकलन

भृकुटीमण्डपमा आठौँ अन्तर्राष्ट्रिय कृषि यान्त्रिकीकरण प्रदर्शनी (तस्बिरहरू)


प्रकाशित मिति : ४ मंसिर २०८३, शुक्रबार  ७ : ०९ बजे

भारतको छैठौँ विकेट पतन, रिंकु सिंह पनि आउट

काठमाडौं- एसीसी एसिया कप राइजिङ स्टारमा अहिले नेपाल र भारत

दशौँ राष्ट्रिय खेलकुद : कर्णालीका ५ र लुम्बिनीका २ जिल्लामा खेल हुने, सुर्खेतमा मात्रै २३ खेल

 काठमाडौँ– कर्णाली प्रदेशमा आयोजना हुन गइरहेको दशौँ राष्ट्रिय खेलकुद-२०८३ अन्तर्गतका खेलहरू

शतक बनाएका तिलक वर्मा आउट

काठमाडौं- एसीसी एसिया कप राइजिङ स्टारमा अहिले नेपाल र भारत

धेरै समयपछि नेपाललाई सफलता, शतक बनाएका कुशाग्र ललितको बलमा ‘बोल्ड’

काठमाडौं– एसीसी एसिया कप राइजिङ स्टारमा अहिले नेपाल र भारत