प्रधानमन्त्रीले छाया अर्थमन्त्री चलाउँदै, के गरिरहेका छन् डा स्वर्णिम ? « Khabarhub

प्रधानमन्त्रीले छाया अर्थमन्त्री चलाउँदै, के गरिरहेका छन् डा स्वर्णिम ?


४ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


984
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले अर्थमन्त्रीको भूमिकामा डा स्वर्णिम वाग्ले हुँदाहुँदै प्रधानमन्त्री कार्यालयबाट नै छाया अर्थ मन्त्रालय सञ्चालन गरिरहेका छन् । 

अर्थ मन्त्रालयसँग कुनै समन्वय नै नगरी उनले श्रृंखलाबद्ध रूपमा अर्थतन्त्र र आर्थिक क्षेत्रसँग छलफल गर्दै आएका छन् । चालु आर्थिक वर्षको बजेट निर्माण प्रक्रियादेखि पछिल्लो गतिविधिले प्रधानमन्त्री कार्यालयले स्वायत्त अर्थ मन्त्रालय अस्वीकार गरेको वा प्रधानमन्त्री शाहले अर्थमन्त्री डा वाग्लेलाई अस्वीकार गरेको देखिएको हो ।

सोमबार नै प्रधानमन्त्री र अर्थमन्त्रीको भिन्दाभिन्दै छलफल

सोमबार १२ बजे प्रधानमन्त्री शाहले पुँजीबजार, धितोपत्र व्यवसाय र बिमा क्षेत्रका सरोकारवाला व्यक्तिहरूलाई प्रधानमन्त्री कार्यालयमा बोलाएर छलफल सुरु गरेका छन् ।

जुन छलफलमा अर्थ मन्त्रालय अन्तर्गतकै निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष गोपाल भट्ट र नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अध्यक्ष अमृत लम्साल सहभागी भएका छन् ।

त्यस्तै, सो छलफलमा स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकाल, नासा सेक्युरिटिजका सन्दीप जलान, नेप्सेका पूर्व कार्यकारी अधिकृत सीताराम थपलिया, नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख नवराज सिलवाल, नागरिक स्टक डिलर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत महेश्वरलाल श्रेष्ठ, प्रियाराज रेग्मी र अम्बिकाप्रसाद ढकाल सहभागी हुँदैछन् ।

प्रधानमन्त्री कार्यालयकाअनुसार सो भेटघाटमा पुँजी बजारको अवस्था, धितोपत्र व्यवसाय तथा बिमा क्षेत्रको सुदृढीकरण, नीतिगत सुधारका प्रयासहरू र राष्ट्रिय अर्थतन्त्रको विषयमा छलफल हुनेछ । जुन विषयहरू अर्थ मन्त्रालयसँग सम्बन्धित छन् । तर, छलफलमा भने अर्थमन्त्री नै सहभागी हुँदै छैनन् ।

प्रधानमन्त्री शाहले आर्थिक क्षेत्रका व्यक्तिहरूसँग निरन्तर एकपक्षीय हिसाबले संवाद अगाडि बढाएपछि सोमबार नै उही समयमा अर्थमन्त्री डा वाग्लेले बजेट कार्यान्वयन गर्ने मन्त्रालयका सचिव भनेर आधा दर्जन मन्त्रालयका सचिवहरूलाई बोलाएर बैठक सुरु गरेका छन् । 

जुन बैठकमा योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्ट र अर्थ सचिव डा. घनश्याम उपाध्यायसहित पूर्वाधार, उद्योग वाणिज्य, कृषि, स्वास्थ्य, शिक्षा, परराष्ट्र, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, श्रम, महिला बालबालिका, गृह र रक्षा मन्त्रालयका सचिव सहभागी छन् । तर, सो बैठकमा प्रधानमन्त्री कार्यालयको तर्फबाट सहभागिता रहेको छैन ।

केही दिन यता प्रधानमन्त्री शाहले अर्थतन्त्र र आर्थिक क्षेत्रसँग सरकारी निकाय र व्यक्तिहरूसँग अर्थमन्त्री डा वाग्लेलाई बाहिर नै राखेर श्रृंखलाबद्ध छलफल गर्दै आएका छन् ।

केही दिन अघि उनले औद्योगिक तथा व्यावसायिक क्षेत्रको छाता संगठनका प्रतिनिधिहरूसँग छलफल गरेका थिए । जुन छलफलमा सांसद विदुषी राणा सहभागी थिइन । त्यसपछि उनले नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा विश्व पौडेलसँग छलफल गरे । तर, ती दुवै छलफलमा उनले अर्थमन्त्री डा वाग्लेलाई भने सहभागी गराएनन् ।

पेचिलो बन्दै प्रधानमन्त्री अर्थमन्त्री सम्बन्ध

सरकार निर्माण प्रक्रियादेखि चिसो सम्बन्ध भनेर चर्चामा रहेको प्रधानमन्त्री शाह र अर्थमन्त्री डा वाग्लेबीचको सम्बन्ध पछिल्ला दिनमा थप पेचिलो बन्दै आएको गतिविधिले देखाएको छ ।

प्रधानमन्त्री शाह र अर्थमन्त्री डा वाग्लेबीचको सम्बन्धको तिक्तता उत्कर्षमा पुगेपछि शनिबार र आइतबार काभ्रेको धुलिखेलस्थित दुसित थानी रिसोर्टमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र अर्थमन्त्री डा वाग्लेबीचमा लामे आवासीय छलफल भएको थियो । तर, सभापति र डा वाग्लेबीचमा भएको गोप्य छलफलको निष्कर्ष भने अहिलेसम्म दुवै पक्षले सार्वजनिक गरेका छैनन् ।

यद्यपी प्रधानमन्त्री र अर्थमन्त्रीबीचको सम्बन्ध चिसिँदै गएको विषयमा नै उनीहरूबीच गोप्य छलफल भएको बारेमा निकट स्रोतले बताएका छन् । तर, सो छलफलपछि सोमबार झन् प्रधानमन्त्री र अर्थमन्त्रीको भिन्नाभिन्दै छलफलले समस्याको हल हुनेभन्दा पनि थप पेचिलो दिशातर्फ जान लागेको संकेत गरेको छ ।

प्रकाशित मिति : ४ श्रावण २०८३, सोमबार  १२ : ५० बजे

शिक्षामन्त्री पोखरेल र अमेरिकी कार्यवाहक राजदूत अर्बमबीच भेटवार्ता

काठमाडौं- शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका

तयारी पोसाक उद्योगको विकास र प्रवर्द्धनमा सरकार प्रतिबद्ध : प्रधानमन्त्री 

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित कच्चा पदार्थमा आधारित गुणस्तरीय

ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले लालीगुराँस सहकारी र तपाइ हाम्रो

जानकी मन्दिर विवादबारे हर्कले भने, ‘म बाटैमा थिएँ, श्रमदातालाई अपमान गरेछन्’

काठमाडौं- जनकपुरधामस्थित जानकी मन्दिर परिसरमा श्रम संस्कृति पार्टीका नेता-कार्यकर्ता र

पर्यटनलाई एकीकृत विकास गर्दै मकवानपुरगढी

बागमती– जिल्लाको मकवानपुरगढी गाउँपालिकाले घरबास, कृषि पर्यटन र सांस्कृतिक पर्यटनलाई