महासचिव शंकरसँग सम्बन्ध बिग्रिएपछि केन्द्रीय कमिटी बैठक आफैं एक्लै चलाउँदै ओली « Khabarhub

महासचिव शंकरसँग सम्बन्ध बिग्रिएपछि केन्द्रीय कमिटी बैठक आफैं एक्लै चलाउँदै ओली


५ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- महासचिव शंकर पोखरेलसँग सम्बन्ध बिग्रिएपछि सोमबारदेखि सुरू केन्द्रीय कमिटी बैठकको कमान्ड अध्यक्ष केपी शर्मा ओलीले आफैंसँग मात्रै राखेका छन्।

ललितपुरको भनिमण्डलस्थित एक पार्टी प्यालेसमा भइरहेको बैठकको सबै कमान्ड आफ्नो हातमा लिएर ओली अघि बढेका हुन्।

ओ‌लीले बैठक आफैं सञ्चालनदेखि कसलाई बोल्न दिने नदिने, के बोल्न दिनेसम्म तय गर्न थालेपछि सुरूमै नेता कृष्णगोपाल श्रेष्ठसँग भनाभन भएको छ।

श्रेष्ठले नेतृत्वको कडा आलोचनासहित कुरा राखिरहेपछि ओलीले बीचमै रोकेका थिए । उनले आफूसहित नेतृत्वको आलोचना गरेपछि कृष्णगोपाललाई बस्न भनेका थिए ।

तर कृष्णगोपालले आफ्नो कुरा राख्न पाउनुपर्ने अडान राखे । त्यसपछि केही बेर भनाभनको अवस्था भयो । भनाभनको अवस्था हुँदा कृष्णगोपालले उभिएर विरोध जनाएका छन्।

अहिले बैठक पनि ओली एक्लैले चलाइरहेका छन्। महासचिव पोखरेलले यो बैठकमा नेतृत्व परिवर्नसम्बन्धी प्रतिवेदन लैजान चाहेका छन्। तर ओली कुनै हालतमा रोक्ने योजनामा छन्।

एघारौँ महाधिवेशनमा रोजेर दोहोर्‍याएका महासचिवसँग सम्बन्ध बिग्रिएपछि ओलीले त्यसबेला असन्तुष्ट प्रदीप ज्ञवालीलाई साथमा लिएका छन्। उनले ज्ञवालीलाई अलग्गै प्रतिवेदन पनि बनाउन लगाएका थिए ।

ओलीले यसअघि बैठकको सुरूमा मोबाइल फोन प्रयोग नगर्न केन्द्रीय सदस्यहरूलाई निर्देशन दिए । उनले भोलिदेखि बैठक हल बाहिरै मोबाइल राख्ने व्यवस्था गरिने जानकारी दिए ।

‘केन्द्रीय कमिटीको बैठकमा कसैको पनि मोबाइल बिलकुलै नबजोस भन्ने आग्रह गर्छु । भोलिदेखि मोबाइल बैठक हल बाहिर राख्ने काम हुनेछ,’ ओलीले भने ।

उनले बैठकभित्र मोबाइल चलाउने, हेर्ने वा बजाउने अनुमति नहुने स्पष्ट पारे । बैठकमा नेता बोलिरहेका बेला मोबाइलमा कुरा नगर्न र मोबाइल निकालेर भिडियो खिच्न तथा रेकर्ड गर्नसमेत रोक लगाइएको उनले बताए ।

‘मोबाइल रेकर्ड मोडमा राख्न पाइने छैन । भिडियो मोडमा राख्न पाइने छैन । लाइभ गर्न पनि पाइँदैन,’ ओलीले भने, ‘लाइभ गर्नेजति क्यामेराहरूले गर्नेछन् ।’

ओलीले बैठकका क्रममा आफ्नो आसन छाड्दा पनि अध्यक्षको अनुमति लिनुपर्ने र बोल्नुपरे अध्यक्षको ध्यानाकर्षण गराएर अनुमति पाएपछि मात्रै बोल्नुपर्ने नियम सुनाए । विशेष परिस्थितिमा भने अध्यक्षले आवश्यकताअनुसार समय उपलब्ध गराउने उनले बताए ।

प्रकाशित मिति : ५ आश्विन २०८३, सोमबार  २ : २४ बजे

चारसय बढी ग्राहकलाई भूमिगत विद्युतीकरणबाट विद्युत्

चितवन– भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणअन्तर्गत ४६०

कांग्रेसको मतगणना द्रूतगतिमा

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका

दसैँ मनाउन काठमाडौँबाट बाहिरिने यात्रुको चाप बढ्यो

काठमाडौँ– बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप

चौदण्डीगढी नगरपालिकाबाट सदा समुदायलाई दसैँखर्च सहयोग

उदयपुर– उदयपुरको चौदण्डीगढी नगरपालिकाले नगरभित्रका सदा समुदायलाई दसैँ खर्च उपलब्ध

एक महिलासँगको टेलिफोन अडियो प्रकरणमा सांसद सुनारमाथि रास्वपाबाट छानबिन सुरु

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद खगेन्द्र सुनारमाथि