कांग्रेसले स्वीकार गरेन सभापति गगन थापाको राजीनामा « Khabarhub

कांग्रेसले स्वीकार गरेन सभापति गगन थापाको राजीनामा


८ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसको शुक्रबारदेखि जारी केन्द्रीय कार्यसमिति बैठकले सभापति गगनकुमार थापाको राजीनामा अस्वीकृत गरेको छ ।

आइतबार केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले थापाले बुधबार सभापति पदबाट दिएको राजीनामा अस्वीकृत गर्ने निर्णय लिएको हो ।

गत बुधबार उपसभापति विश्वप्रकाश शर्मालाई दिएको राजीनामासम्बन्धी पत्र केन्द्रीय कार्यालय सानेपामा शुक्रबार बसेको बैठकमा पेश भएको थियो ।

उपसभापति विश्वप्रकाश शर्माको अध्यक्षतामा बसेको बैठकले फागुन २१ गतेको निर्वाचनको समीक्षा र पार्टीको नियमित पन्ध्रौँ महाधिवेशनबारे पनि छलफल गरेको थियो । त्यही छलफलका क्रममा सभापति थापाको राजीनामाबारे सबै नेताको कुरा सुनेपछि स्वीकार नगर्ने निर्णय आइतबार गरेको हो ।

थापा अनुपस्थित रहेपछि सभापतिको कुर्सी खाली राखेर बैठक सञ्चालन गरिएको थियो। बैठकको नेतृत्व उपसभापति शर्माले गरेका थिए ।

प्रतिनिधिसभा निर्वाचनको समीक्षा र भावी रणनीति तय गर्ने उद्देश्यले बोलाइएको बैठकमा दुईवटा प्रस्ताव पेश गरिएको थियो ।

बैठकमा पेश गरिएका प्रस्तावहरूमा पहिलो, सभापति थापाले दिएको राजीनामासम्बन्धी विषय र दोस्रो, प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रारम्भिक समीक्षा समेटिएको थियो । तर चुनावी समीक्षासमेत गरेको बैठकले कम्तीमा नियमित महाधिवेशनसम्म थापाकै नेतृत्वमा कांग्रेसलाई लैजानुपर्ने निचोड निकालेको हो ।

प्रकाशित मिति : ८ चैत्र २०८२, आइतबार  ७ : ३४ बजे

रुस, युक्रेन र अमेरिकाबीच अबु धाबीमा वार्ता हुने सम्भावना

मस्को- रुस, युक्रेन र संयुक्त राज्य अमेरिकाबीच आगामी नोभेम्बरमा संयुक्त

जलवायु परिवर्तनले हिउँ चितुवाको बासस्थानमा ह्रास

काठमाडौँ- दुर्लभ हिउँचितुवाको संरक्षणका निम्ति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित २३

विगतका कमीकमजोरी सुधार्दै पार्टीलाई बलियो र एकताबद्ध बनाउछौँ : अजयबाबु

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सहमहामन्त्री अजयबाबु शिवाकोटीले विगतका कमीकमजोरीहरूलाई सुधार

३,१५६ पाउन्डको फर्सीले विश्व कीर्तिमान बनाउने सम्भावना

हाफ मुन बे (क्यालिफोर्निया)- अमेरिकाको रोड आइल्यान्डमा उत्पादित तीन हजार

‘स्टारी नाइट’ को आकाश जुलाई १८८९ को हुन सक्ने

केप क्यानभेरल (फ्लोरिडा)- विश्वप्रसिद्ध चित्रकार भिन्सेन्ट भ्यान गगको चित्र ‘द