अध्यक्षबाट हट्नु भन्ने नेताहरूलाई ओलीको प्रश्न : बाहिरका कुरा सुनेर बोलेको कि मनभित्रैबाट भनेको ? « Khabarhub

अध्यक्षबाट हट्नु भन्ने नेताहरूलाई ओलीको प्रश्न : बाहिरका कुरा सुनेर बोलेको कि मनभित्रैबाट भनेको ?


८ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


402
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेको शुक्रबारदेखि सुरू सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीको बचाउ र आलोचना दुवै भएको छ।

पाँचजना उपाध्यक्षमध्ये चारजना विपक्ष र एकजना पक्षमा देखिएका छन् । गत फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनपछि पहिलोपटक बसेको एमाले सचिवालयको बैठकमा बोलेका उपाध्यक्षमध्ये बहुमत अब ओलीले बिदा हुनुपर्ने पक्षमा देखिए ।

उपाध्यक्षहरूको कुरा सकिएपछि ओलीले आजका लागि बैठक स्थगित गरिएको जानकारी गराए ।

स्वास्थ्यका कारण लामो समय बस्न नसक्ने उल्लेख गर्दै ओलीले नेताहरूका भनाइबारे पनि टिप्पणी गरे । उनले आजलाई मात्रै सोचेर नहुने उल्लेख गर्दै लामो भविष्य पनि हेर्नुपर्ने उल्लेख गरे ।

ओलीले बाहिरका कुरा सुनेर पार्टी र नेतृत्वलाई क्षय गर्ने गतिविधि गर्नुहुन्छ कि हुँदैन भन्ने विषयमा आफैँ विश्लेषण गर्नसमेत नेताहरूलाई सुझाए ।

स्वास्थ्यका कारण गलेको मुहारमा देखिएका ओलीले बाहिरका कुरा सुनेर आफ्नो विचार राखेको या मनभित्रैबाट यस्तो कुरा उठेर बोलेको भनेर छुट्याउन समेत सुझाए।

‘बाहिरको हल्ला सुनेर नेतृत्वमाथि प्रहार गरिएको हो कि साँच्चिकै मनभित्रबाटै कुरा राखिएको हो ? आफैँ विश्लेषण गर्नु भनेर अध्यक्षज्यूले जवाफ दिनुभयो’, बैठकमा सहभागी एक पदाधिकारीले भने, ‘अध्यक्षकै कारण मात्रै पार्टी यहाँसम्म पुग्यो भनेर आरोप लगाउनु त्यति सान्दर्भिक हुँदैन भन्नुभयो।’

एमालेको शुक्रबारदेखि सुरू सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीको बचाउ र आलोचना दुवै कित्तामा नेताहरू बाँडिएका छन् ।

एमाले सचिव पद्मा अर्याल पार्टी बैठकमा विकल्प खोज्नुपर्ने पक्षमा कुनै नेताले नबोलेको जिकिर गर्छिन् ।

उनले भनिन् ,‘विकल्प खोज्नुपर्छ भनेर ठ्याक्कै कोही नेताले भन्नुभएको छैन। निर्वाचन परिणाम र पार्टीको अवस्थाबारे आत्मसमीक्षा गरौँ, अगाडि बढौं भनेर त स्वभाविक रुपमा सबैले भन्ने नै कुरा भयो।’

प्रकाशित मिति : ८ जेठ २०८३, शुक्रबार  ६ : ५९ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडाैं – भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर

ज्वालामुखी विस्फोटपछि जकार्ता विमानस्थलमा अवरूद्ध सेवा थपियो

जकार्ता – इन्डोनेसियाको प्रमुख विमानस्थलमा ले सोमबार सञ्चालन हुने अपेक्षा

पृथ्वी राजमार्गको परेवाभीरमा यातायात सञ्चालन

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको परेवाभीर खण्डमा सोमबार साँझदेखि यातायात

विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले विपत्तिको