सानेपाबाट गगनको पहिलो निर्णय : देवेन्द्रराज कँडेलको उम्मेदवारीलाई आधिकारिकता « Khabarhub

सानेपाबाट गगनको पहिलो निर्णय : देवेन्द्रराज कँडेलको उम्मेदवारीलाई आधिकारिकता


९ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नवनिर्वाचित सभापति गगनकुमार थापाले पद बहाल गरेलगत्तै पार्टीको तर्फबाट आधिकारिक उम्मेदवारसम्बन्धी पहिलो निर्णय गरेका छन् ।

नवलपरासी (सुस्ता पश्चिम) निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका नेता देवेन्द्रराज कँडेलको उम्मेदवारी आधिकारिक रहेको पहिलो निर्णय गर्दै थापाले निर्वाचन आयोगलाई पत्र लेखेका छन् ।

केन्द्रीय कार्यालय सानेपा पसेर उनले माइन्युटमा पहिलो निर्णय गर्दै आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नवलपरासी जिल्ला निर्वाचन क्षेत्र नम्बर २ मा देवेन्द्रराज कँडेललाई आधिकारिक उम्मेदवारका रूपमा मान्यता दिएका छन् ।

सभापति थापाले निर्वाचन आयोगलाई पठाएको पत्रमा कँडेललाई सोही अनुसार उम्मेदवार कायम गर्न अनुरोध गरिएको छ।

यस कदमलाई कांग्रेसको आन्तरिक विवादपछि उम्मेदवारी प्रष्ट पार्ने र निर्वाचन प्रक्रियालाई औपचारिक रूपमा अघि बढाउने प्रयासका रूपमा हेरिएको छ।

यसअघि बिहीबार नवलपरासी (सुस्ता पश्चिम) निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका नेता देवेन्द्रराज कँडेलको उम्मेदवारी रद्द भएको थियो ।

जिल्ला निर्वाचन अधिकृतको कार्यालयका अनुसार कांग्रेसकै नेता भीमबहादुर थापाले सुरूमा आधिकारिक टिकट लिएर उम्मेदवारी दर्ता गराएपछि कँडेल पुगेका थिए । त्यहीकारण पहिले आएका आधारमा थापा कायम हुँदा कँडेलको उम्मेदवारी रद्द भएको थियो ।

कँडेलले दर्ता नम्बर उल्लेख नगरी क्रम संख्या मात्रै राखेको भेटिएसँगै उम्मेदवारीबारे विवाद भएको थियो । मुख्य निर्वाचन कार्यालयमा पहिले उम्मेदवारी दर्ता गरेका थापालाई मान्यता दिएसँगै कँडेल तनावमा परेका थिए । तर सभापति थापाले कँडेललाई नै मान्यता दिलाउन निर्वाचन आयोगमा पत्र लेख्ने पहिलो निर्णय गरेका हुन् ।

प्रकाशित मिति : ९ माघ २०८२, शुक्रबार  ३ : १६ बजे

यी भूभागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रतिनिधिसभा बैठक बस्दै, मन्त्रालयगत बजेटमा उठेका प्रश्नको मन्त्रीहरूले जवाफ दिने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक

कालीकोटमा भेटियो रेडपान्डा

कालीकोट– कालीकोटका तीन वटा स्थानीय तहमा दुर्लभ वन्यजन्तु रेडपान्डा (हाब्रे)

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

मेलम्चीको पानी वितरणका लागि पाइप बिछ्याउन सुरु

काठमाडौँ– मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौँ उपत्यकामा प्रभावकारी रूपमा वितरण