सानेपाबाट गगनको पहिलो निर्णय : देवेन्द्रराज कँडेलको उम्मेदवारीलाई आधिकारिकता « Khabarhub

सानेपाबाट गगनको पहिलो निर्णय : देवेन्द्रराज कँडेलको उम्मेदवारीलाई आधिकारिकता


९ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नवनिर्वाचित सभापति गगनकुमार थापाले पद बहाल गरेलगत्तै पार्टीको तर्फबाट आधिकारिक उम्मेदवारसम्बन्धी पहिलो निर्णय गरेका छन् ।

नवलपरासी (सुस्ता पश्चिम) निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका नेता देवेन्द्रराज कँडेलको उम्मेदवारी आधिकारिक रहेको पहिलो निर्णय गर्दै थापाले निर्वाचन आयोगलाई पत्र लेखेका छन् ।

केन्द्रीय कार्यालय सानेपा पसेर उनले माइन्युटमा पहिलो निर्णय गर्दै आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नवलपरासी जिल्ला निर्वाचन क्षेत्र नम्बर २ मा देवेन्द्रराज कँडेललाई आधिकारिक उम्मेदवारका रूपमा मान्यता दिएका छन् ।

सभापति थापाले निर्वाचन आयोगलाई पठाएको पत्रमा कँडेललाई सोही अनुसार उम्मेदवार कायम गर्न अनुरोध गरिएको छ।

यस कदमलाई कांग्रेसको आन्तरिक विवादपछि उम्मेदवारी प्रष्ट पार्ने र निर्वाचन प्रक्रियालाई औपचारिक रूपमा अघि बढाउने प्रयासका रूपमा हेरिएको छ।

यसअघि बिहीबार नवलपरासी (सुस्ता पश्चिम) निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका नेता देवेन्द्रराज कँडेलको उम्मेदवारी रद्द भएको थियो ।

जिल्ला निर्वाचन अधिकृतको कार्यालयका अनुसार कांग्रेसकै नेता भीमबहादुर थापाले सुरूमा आधिकारिक टिकट लिएर उम्मेदवारी दर्ता गराएपछि कँडेल पुगेका थिए । त्यहीकारण पहिले आएका आधारमा थापा कायम हुँदा कँडेलको उम्मेदवारी रद्द भएको थियो ।

कँडेलले दर्ता नम्बर उल्लेख नगरी क्रम संख्या मात्रै राखेको भेटिएसँगै उम्मेदवारीबारे विवाद भएको थियो । मुख्य निर्वाचन कार्यालयमा पहिले उम्मेदवारी दर्ता गरेका थापालाई मान्यता दिएसँगै कँडेल तनावमा परेका थिए । तर सभापति थापाले कँडेललाई नै मान्यता दिलाउन निर्वाचन आयोगमा पत्र लेख्ने पहिलो निर्णय गरेका हुन् ।

प्रकाशित मिति : ९ माघ २०८२, शुक्रबार  ३ : १६ बजे

सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

विराटनगर– कोशी प्रदेश सरकारले प्रदेशको मुख्यन्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०८२-८३

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल !

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता