मौरीगोला सुरक्षित स्थानमा सार्न आग्रह « Khabarhub

मौरीगोला सुरक्षित स्थानमा सार्न आग्रह


८ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

चितवन– आगामी १२ गतेसम्म देशका विभिन्न भागमा भारी वर्षाको सम्भावना रहेकाले मौरीगोला सुरक्षित स्थानमा राख्न मौरीपालन विकास केन्द्र, भण्डाराले किसानलाई आग्रह गरेको छ ।

केन्द्रका प्रमुख सुजन अङ्गाईका अनुसार मौसमविद् तथा नेपाल मौसम विज्ञान विभागले जारी गरेको मौसम पूर्वानुमानलाई ध्यानमा राख्दै सम्भावित बाढी तथा डुबानबाट मौरीगोला जोगाउन पूर्वसतर्कता अपनाउन आवश्यक रहेको हो ।
 
मौसमविद्का अनुसार उक्त अवधिमा पूर्वी भूभागदेखि सुदूरपश्चिमसम्मका विभिन्न क्षेत्रमा भारी वर्षा हुने सम्भावना रहेकाले खोला तथा बगर क्षेत्र, डुबान हुने होचा भूभाग र बाढीको जोखिम भएका स्थानमा राखिएका मौरीगोलालाई तत्काल सुरक्षित स्थानमा सार्न केन्द्रले आग्रह गरेको छ ।
 
प्रमुख अङ्गाईले विगतमा खोला तथा नदी किनार र खेतमा राखिएका मौरीका घार तथा मौरीगोला बाढी र डुबानका कारण नष्ट भएका घटना रहेकाले यसपटक किसानलाई समयमै सचेत गराइएको बताए । उनले भने, ‘मौसम पूर्वानुमानलाई आत्मसात् गर्दै सम्भावित क्षति हुन नदिन मौरीका घार तथा गोलालाई समयमै सुरक्षित स्थानमा सार्न सम्पूर्ण मौरीपालक किसानलाई आग्रह गरेका छौँ ।’

प्रकाशित मिति : ८ आश्विन २०८३, बिहीबार  १ : ०९ बजे

प्रतिनिधिसभाबाट निःशुल्क कानुनी सहायता विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौं – प्रतिनिधिसभाको आजको बैठकले ‘निःशुल्क कानुनी सहायतासम्बन्धी विधेयक, २०८३ माथि

जोखिमयुक्त स्थानमा नबस्न र सुरक्षित रहन राष्ट्रियसभा अध्यक्षको अपिल

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले जोखिमयुक्त स्थानमा नबस्न र सुरक्षित

दोभान बजारमा आगलागी

ताप्लेजुङ- ताप्लेजुङको दोस्रो ठूलो बजारका रूपमा परिचित दोभानमा आगलागी भएको

ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छ : मन्त्री साह

 काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले एलपी ग्यासको अभाव, पेट्रोलियम