मदिरा घोटाला प्रकरण : सफाइ पाएपछि अदालत परिसरममै रोए अरवीन्द केजरीवाल « Khabarhub

मदिरा घोटाला प्रकरण : सफाइ पाएपछि अदालत परिसरममै रोए अरवीन्द केजरीवाल


१५ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


846
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली- मदिरा घोटाला प्रकरणमा दिल्ली अदालतले पूर्व मुख्यमन्त्री अरविन्द केजरीवाल र उपमुख्यमन्त्री मनीष सिसोदियालाई सीबीआई मुद्दामा सफाइ दिएको छ।

राउज एभेन्यू कोर्टले शुक्रबार दिएको आदेशमा दुवैविरुद्ध पर्याप्त प्रमाण नभएकाले आरोप पुष्टि नहुने उल्लेख गरेको छ।

यस प्रकरणमा केन्द्रीय अन्वेषण ब्यूरो (सीबीआई)ले २३ जनाविरुद्ध आरोपपत्र दर्ता गरेको थियो। तर अदालतले सबैविरुद्धको आरोप पुष्टि हुन नसक्ने जनाउँदै सफाइ दिने निर्णय गरेको हो ।

त्यसपछि अदालत बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै केजरीवाल भावुक बने। प्रतिक्रिया दिने क्रममा उनी भावुक भएर रून पुगे।

उनले भने, ‘पछिल्ला केही वर्षदेखि भाजपाले निरन्तर मदिरा घोटाला भन्दै हामीमाथि आरोप लगाउँदै आयो। आज अदालतले सबै आरोप खारेज गरिदिएको छ। हामीले सधैं भारतीय न्याय प्रणालीमा भरोसा राख्यौँ। न्याय दिलाउनुभएकोमा न्यायाधीशप्रति आभारी छु। सत्यको जित भएको छ।’

उनले प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहमाथि राजनीतिक षड्यन्त्र रचेको आरोप लगाए। ‘आम आदमी पार्टीलाई समाप्त पार्न पाँच शीर्ष नेतालाई जेल हालियो। सिटिङ मुख्यमन्त्रीलाई घरबाट तानेर जेल हालिएको इतिहासमा पहिलो पटक हो। मलाई छ महिना र मनीष सिसोदियालाई दुई वर्ष जेलमा राखियो,’ उनले भने।

केजरीवालले आफूले जीवनभर इमानदारी कमाएको दाबी गर्दै झुटा मुद्दा लगाइएको आरोप दोहोर्‍याए। ‘सत्ताका लागि देश र संविधानसँग खेलबाड नगर्नुहोस्। देशमा महँगी, बेरोजगारी, सडकको अवस्था र प्रदूषण जस्ता समस्या छन्। ती समाधान गरेर जनताको विश्वास जित्नुहोस्,’ उनले प्रधानमन्त्रीलाई आग्रह गरे।

उता सिसोदियाले अदालतको निर्णयलाई संविधान र सत्यको जित भएको प्रतिक्रिया दिएका छन्। उनले भीमराव अम्बेडकरप्रति गर्व व्यक्त गर्दै ‘हामीलाई यस्तो संविधान दिएकोमा आभारी छौं, आज फेरि सत्यको विजय भएको छ’ भने।

प्रकाशित मिति : १५ फाल्गुन २०८२, शुक्रबार  १२ : ४२ बजे

प्रधानमन्त्री वालेनको सम्बोधनबिनै अन्त्य भयो नयाँ संसदको पहिलो अधिवेशन

काठमडौँ– प्रतिनिधिसभाको पहिलो अधिवेशन गएरातिबाट अन्त्य भएको छ । मन्त्रिपरिषदको

एमसीसी खारेजमा अडिग छु, शंका नगनू : हर्क साम्पाङ

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई (साम्पाङ)ले

स्रोत नखुलेको ६ लाखसहित दुई जना पक्राउ

सुनसरी– कोशी गाउँपालिका–८ भण्टाबारीबाट स्रोत नखुलेको ६ लाख ६९ हजार

चौबीस घण्टाभित्र सबै विमानस्थलमा स्तनपानकक्ष व्यवस्था गर्न निर्देशन

काठमाडौँ– सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका विमानस्थलमा २४ घण्टाभित्र स्तनपान

बालेन सरकारले भुटानी शरणार्थी प्रकरणको पूरक अनुसन्धान अघि बढाउला ?

काठमाडौं– नेपालको इतिहासकै सबैभन्दा लज्जास्पद र संगठित अपराध मानिएको ‘नक्कली