साप्ताहिक अर्थ समाचार : प्रधानमन्त्री राहत कोषमा एक अर्ब ९१ करोड रुपैयाँ, भोटेकोसी बाढीले दर्जन पुल बगे, विद्युत् आयोजना बन्द र भातबाट आइपुग्यो ३७.५ टन राहत  « Khabarhub

साप्ताहिक अर्थ समाचार : प्रधानमन्त्री राहत कोषमा एक अर्ब ९१ करोड रुपैयाँ, भोटेकोसी बाढीले दर्जन पुल बगे, विद्युत् आयोजना बन्द र भातबाट आइपुग्यो ३७.५ टन राहत 


१२ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


318
Shares
  • change font
  • change font
  • change font

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा एक अर्ब ९१ करोड रुपैयाँभन्दा बढी सहयोग रकम संकलन भएको छ ।

अर्थ मन्त्रालयलाई प्राप्त विवरणअनुसार बुधबार मध्याह्नदेखि बिहीबार राति १२ बजेसम्म कोषमा उक्त रकम जम्मा भएको हो ।

विभिन्न १० वाणिज्य बैंकहरुमा रहेको खातामा एक अर्ब ९१ करोड ८६ लाख ५० हजार ९११ रुपैयाँ दाताहरूले ३६ घण्टा अवधिमा जम्मा गरेका हुन् ।

बुधबार बिहान नेपाल-चीन सीमा भएर बग्ने भोटेकोशी नदीमा भीषण बाढी आएर ठूलो धनजनको क्षति गरेपछि सरकारले मन्त्रिपरिषद् बैठक बसी ती प्रभावित क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपालद्वारा १५ करोड रुपैयाँ सहयोग

मोबाइल कम्पनी एप्पलले बाढीपीडितलाई सहयोग गर्ने

बाढी–पहिरो प्रभावित तीन जिल्लामा एनसेलका १४ टावर पुनः सञ्चालन

बाढी प्रभावितका लागि एक्स्ट्रिमको १ करोड सहयोग

भोटेकोसी विनाशकारी बाढी : पूर्वाधार क्षेत्रमा ठूलो क्षति, दर्जन पुल बगे, उत्तिकै संख्यामा विद्युत् आयोजना बन्द

बुधबार बिहान चीनको तिब्बतमा गएको हिमपहिरो र हिमनदी पतनका कारण भोटेकोसी नदीमा आएको विनाशकारी आकस्मिक बाढीले उत्तरी सीमा क्षेत्र र तल्लो तटीय करिडोरको भौतिक पूर्वाधार क्षतविक्षत पारेको छ।

भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालका अनुसार प्रारम्भिक अनुमानमा यस भीषण बाढीले नेपालको पूर्वाधार क्षेत्रमा मात्रै २ खर्ब रुपैयाँभन्दा बढीको क्षति पुर्‍याएको छ ।

बाढीले मुख्य व्यापारिक नाका जोड्ने सडक, महत्वपूर्ण पुलहरू, भन्सार संरचना र जलविद्युत् आयोजनाहरूमा अभूतपूर्व विनाश निम्त्याएको छ।

विदेशबाट पनि प्रधानमन्त्री राहतकोषमा सिधै जम्मा गर्न सकिने

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गोर्खा ब्रुअरीले जम्मा गर्यो १० करोड

माथिल्लो त्रिशूली-१ जलविद्युत आयोजनामा काम गर्ने एन्ड्रिज हाइड्रोका ७६ जना सम्पर्कविहीन

कुमारी बैंकद्वारा बाढी तथा प्राकृतिक प्रकोप प्रभावितलाई ३ करोड ३९ लाख बराबरको सहयोग

प्राकृतिक विपत्तिप्रति नेपाल बैंकर्स संघको दुःख व्यक्त

बुद्ध एयरको स्पष्टीकरण : विपद्का बेला साबिककै भाडादरमा थप उडान गरिरहेका छौँ

भोटेकोशी क्षेत्रमा आएको बाढी तथा पहिरोपछि हवाई भाडादर बढाइएको भन्दै सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति बुद्ध एयरले ध्यानाकर्षण भएको जनाएको छ।

बुद्धले भदौ १० गते भोटेकोशी क्षेत्रमा आएको अप्रत्याशित बाढी तथा पहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित नागरिकको आवागमन सहज बनाउन थप उडान सञ्चालन गरिएको जनाएको हो।

बाढी प्रभावितको उद्धार, राहत तथा पुनः स्थापनामा एनसेल फाउन्डेसनको १ करोड सहयोग

तनहुँमा ९८४ मेट्रिक टन खायन आलु उत्पादन

तीन जिल्लामा साढे दुई करोड नगद सहयोग

नेपालका लागि भारतबाट आइपुग्यो ३७.५ टन राहत सामग्री

प्रकाशित मिति : १२ भाद्र २०८३, शुक्रबार  ७ : ०४ बजे

प्रधानमन्त्रीले दिए रवीन्द्र ढाँटलाई बधाई

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले रोड टु युएफसी सिजन–५

उन्नाइसौँ पुस्तकालय दिवसको मूल समारोह स्थगित

काठमाडौं – भदौ १५ गते मनाउन तय गरिएको १९औँ पुस्तकालय

पृथ्वी राजमार्गको खुल्यो, काठमाडाैंबाट भोलि बिहानदेखि मात्र सवारी चल्ने

काठमाडौं – भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण अवरुद्ध

प्रधानमन्त्री राहत कोषमा वीरगञ्ज हेल्थ केयर अस्पतालको १० लाख रुपैयाँ

वीरगन्ज– रसुवासहितका जिल्लामा विनाशकारी बाढी पहिरोबाट प्रभावित नागरिकका सहयोगका लागि