अर्थसंक्षेप : ३३ अंकले बढ्यो नेप्से, वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन र भारत–पाकिस्तान युद्ध रोक्न २५० प्रतिशत भन्सार शुल्कको धम्की दिएको ट्रम्पको दाबी « Khabarhub

अर्थसंक्षेप : ३३ अंकले बढ्यो नेप्से, वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन र भारत–पाकिस्तान युद्ध रोक्न २५० प्रतिशत भन्सार शुल्कको धम्की दिएको ट्रम्पको दाबी


११ कार्तिक २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

३३ अंकले बढ्यो नेप्से, कारोबार कति ?

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले बढेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३३ दशमलव २९ अंकले बढेर दुई हजार ६६४ दशमलव ०६ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक छ दशमलव ३२ अंकले बढेर ४८१ दशमलव ७९ मा पुगेको छ ।

त्यस्तै फ्लोट सूचक दुई दशमलव ६२ अंकले बढेर १८४ दशमलव ७३ मा पुगेको छ । त्यस्तै सेन्सेटिभ फ्लोट सूचक दुई दशमलव ३९ अंकले बढेर १६३ दशमलव ०९ मा पुगेको छ ।

सुनचाँदीको मूल्यमा वृद्धि 

लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे

किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२ करोड ५८ लाख राजस्व सङ्कलन गरेको छ ।

भन्सार कार्यालयले असोज महिनामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको हो । कार्यालयले २६ अर्ब ४६ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको थियो । असोजमा इन्धन आयातबाट मात्रै दुई अर्ब २९ करोड राजस्व प्राप्त भएको प्रमुख भन्सार प्रशासक कृष्णप्रसाद मैनालीले जानकारी दिए ।

त्यसैगरी, खाना पकाउने एलपिजी ग्यासको आयातबाट एक अर्ब ८० करोड, अलकत्रा (बिटुमिन) आयातबाट एक अर्ब ४० करोड र फलफूलतर्फ स्याउ तथा नास्पाति आयातबाट ५० करोड राजस्व सङ्कलन भएको छ ।

कार्यालयका अनुसार असोज महिनासम्मको कुल राजस्व लक्ष्य ७० अर्ब ५६ करोड रहेकामा ६९ अर्ब १३ करोड सङ्कलन भएको छ । चाडबाडलगायतका कारणले पनि भन्सार कार्यालयले लक्ष्य अनुसारको राजस्व सङ्कलनमा सफलता हासिल गरेको हो ।

तिहार र छठ नजिकिएसँगै माटो र बाँसका सामग्रीको माग बढ्यो

मिठाइमा प्रयोग हुने कच्चा पदार्थ र मूल्य खुलाउन प्रशासनको निर्देशन

भारत–पाकिस्तान युद्ध रोक्न २५० प्रतिशत भन्सार शुल्कको धम्की दिएको ट्रम्पको दाबी

प्रकाशित मिति : ११ कार्तिक २०८३, बुधबार  ६ : ५८ बजे

पहिलो हार दशा कटेजस्तै भयो : इशान पाण्डे

काठमाडाैं – सुदूरपश्चिम रोयल्सका ब्याटर इशान पाण्डेले नेपाल प्रिमियर लिग

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई मध्यनजर गर्दै हवाई सुरक्षा सतर्कता जारी

काठमाडौं – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले शक्तिशाली चक्रवाती आँधी

सुदूरपश्चिमले पोखरालाई हराउँदा मैदान जे देखियो (तस्बिरहरू)

काठमाडाैं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणअन्तर्गत बुधबार भएको

नभसुरक्षामा नेपाली सेना सक्रिय

काठमाडौं – नेपाली सेनाको हवाई सेवाले दुई लाख घण्टाभन्दा बढी

दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित

काठमाडाैं – कप्तान दीपेन्द्रसिंह ऐरीको अविजित अर्धशतकप्रेरित सुदूरपश्चिम रोयल्सले नेपाल