विश्वभर तेलको भाउ बढ्दा अष्ट्रेलियन शेयर बजारमा गिरावट « Khabarhub

विश्वभर तेलको भाउ बढ्दा अष्ट्रेलियन शेयर बजारमा गिरावट


१६ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

सिड्नी- सोमबार अष्ट्रेलियाको शेयर बजार प्रारम्भिक कारोबारमै १.४ प्रतिशतले घटेको छ । विश्वभर तेलको मूल्य निरन्तर बढ्दै गएपछि शेयर बजारमा दबाब परेको हो ।

एस एन्ड पी/एएसएक्स २०० सूचकाङ्क सोमबार कारोबार सुरु भएको पहिलो घण्टामै १.४ प्रतिशतले घटेर ८ हजार ३९७ अङ्कमा झरेको छ । यो सूचकाङ्क शुक्रबारको बन्द अवस्थामा रहेको ८ हजार ५१६.३ अंकबाट तल आएको हो ।

सोमबार बिहानसम्म हेर्दा यो प्रमुख सूचकांक पछिल्लो एक महिनामा झण्डै ८.७ प्रतिशतले घटिसकेको छ । पश्चिम एशियामा जारी द्वन्द्वका कारण विश्वव्यापी तेलको मूल्य प्रति ब्यारेल १२० अमेरिकी डलर नजिक पुगेको छ ।

यसले गर्दा शेयर बजारमा नकारात्मक प्रभाव पारेको विश्लेषकहरूले बताएका छन् । सोमबार बिहानको कारोबारमा विशेषगरी वित्तीय र स्वास्थ्य क्षेत्रमा बढी गिरावट देखिएको छ ।

प्रकाशित मिति : १६ चैत्र २०८२, सोमबार  २ : १५ बजे

राजनीतिकर्मी अनुसन्धानकर्ता पनि हुनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले राजनीतिकर्मीले राजनीति

२९ प्रतिशत सामुदायिक विद्यालयमा सूचना प्रविधि प्रयोगशाला स्थापना

काठमाडौँ – मुलुकभर सञ्चालित सामुदायिक विद्यालयमध्ये २९ दशमलव ६ प्रतिशत

ट्राफिक प्रहरीद्वारा पाँच हजार ४३४ जनचेतनामूलक कार्यक्रम

काठमाडौँ– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी दुर्घटना न्यूनीकरण तथा

पर्यटकको रोजाइमा घोडेपानी–पुनहिल

म्याग्दी– पूर्वी क्षितिजमा लाली चढ्दै गर्दा पुनहिलको टाकुरा पर्यटकले भरिन

एनपीएलमा डेढ अर्बको आर्थिक कारोबार हुने, स्पोन्सरसिपबाट मात्रै २० करोड संकलन

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपिएल)लाई आर्थिक रूपमा निकै उचाइमा