एसियन छनोट: नेपालले चीनलाई २२१ रनले हरायो « Khabarhub

एसियन छनोट: नेपालले चीनलाई २२१ रनले हरायो


१७ जेष्ठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – एसियन गेम्स छनोटको पहिलो खेलमा नेपालले चीनलाई २२१ रनले हराएको छ । सिंगापुरमा भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले चीनलाई सहजै हराएको हो ।

टस हारेर पहिला ब्याटिङ गरेको नेपालले पूरै २० ओभर खेल्दै दुई विकेटको क्षतिमा ३१३ रन बनाएको थियो । ३१४ रनको विशाल लक्ष्य पछ्याएको चीन १९ ओभर दुई बलमा ९२ रन बनाएर अलआउट भएको हो ।

आक्रामक ब्याटिङ गर्दै ओपनर कुशल भुर्तेलले चीनविरुद्ध १६ छक्कासहित ४३ बलमा १२९ रन बनाए ।

नेपालका कप्तान रोहित पौडेल र कुशल मल्लले विस्फोटक ब्याटिङ गर्दै शानदार अर्धशतक बनाए । मल्लले पाँच छक्का र आठ चौकाको मद्दतमा ४७ बलमा ८५ रन बनाए भने कप्तान पौडेलले २१ बलमा सात छक्का र पाँच चौकाको मद्दतमा ६९ रन बनाए ।

नेपालका ओपनर आशिफ शेख भने १० बल खेल्दा ११ रन बनाएर आउट भए । चीनका लागि मा क्वानचेङ र देङ जिनकीले एकएक विकेट हात पारे । अन्य सबै बलर नेपालसँग चुटिए ।

जवाफी ब्याटिङ गरेको चीनका लागि शेन्जियान झेङले सर्वाधिक ३१ रन बनाउँदा डु जिनहाउले १७ र टियान सेनकुनले १२ रन बनाए । अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

कसिलो बलिङ गर्दै नेपालका लागि कुशल मल्लले तीन विकेट हात पारे । सन्दीप लामिछाने र सोमपाल कामीले दुईदुई विकेट हात पारेको खेलमा नन्दन यादवले एक विकेट हात पारे ।

प्रकाशित मिति : १७ जेष्ठ २०८३, आइतबार  १० : ३० बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल