अर्थ समाचार : नेप्से ओरालो लागेको लाग्यै, ३६ दिनपछि खुल्यो तातोपानी नाका, वीरगञ्ज चिनी मिल चलाउन अध्ययन थालियो, नाडा अटो शो सुरु र इरानसँग जोडिएका चार भारतीय कम्पनीलाई अमेरिकी प्रतिबन्ध « Khabarhub

अर्थ समाचार : नेप्से ओरालो लागेको लाग्यै, ३६ दिनपछि खुल्यो तातोपानी नाका, वीरगञ्ज चिनी मिल चलाउन अध्ययन थालियो, नाडा अटो शो सुरु र इरानसँग जोडिएका चार भारतीय कम्पनीलाई अमेरिकी प्रतिबन्ध


९ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

३६ दिनपछि तातोपानी नाका आंशिक रूपमा सञ्चालनमा

नेपाल-चीन व्यापारको सबैभन्दा छोटो र महत्त्वपूर्ण उत्तरी नाका तातोपानी ३६ दिनपछि आंशिक रूपमा सञ्चालनमा आएको छ ।

बर्खा सुरु भएसँगै बाढी, पहिरो र सडक भासिने समस्याका कारण अरनिको राजमार्ग अवरुद्ध भएपछि करिब ६ सातादेखि प्रभावित हुँदै आएको नाका सोमबार सडक डिभिजन कार्यालय चरिकोटले अस्थायी रूपमा सडकको ट्र्याक खोलेपछि नेपालतर्फ रोकिएका मालबाहक कन्टेनर तातोपानी भन्सार यार्डसम्म पुगेका छन् ।

लामो समयदेखि रोकिएका कन्टेनर भन्सार यार्डमा भित्रिएपछि आयात–निर्यात केही सहज हुने अपेक्षा गरिएको छ ।

एनसेल र नेपाल मेडिसिटी अस्पतालबीच साझेदारी, ग्राहकलाई निःशुल्क चिकित्सक परामर्श सेवा

ग्लोबल आइएमई बैंकले ल्यायो विशेष अटो लोन सुविधा

दुई अर्ब ३१ करोड राजस्व संकलन

घुमारचोक र लप्सेका किसान ३५ वर्षदेखि इस्कुसखेतीमा व्यस्त, वार्षिक पाँच लाख आम्दानी

कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

नाडा अटो शोमा थरिथरिका दुईपाङ्ग्रे, थरिथरिका हेल्मेट (तस्बिरहरू)

भृकुटीमण्डपमा मंगलबारदेखि सुरु भएको नाडा अटो शो २०२६ मा विभिन्न ब्राण्डका नयाँ मोडलका दुईपाङ्ग्रे सवारीसाधन तथा हेल्मेट प्रदर्शनीमा राखिएका छन् ।

अटो शोमा १३ वटा ब्राण्डका स्कुटर तथा मोटरसाइकलका साथै विभिन्न डिजाइन र विशेषताका हेल्मेट प्रदर्शन गरिएको छ ।

प्रदर्शनीमा नयाँ मोडलका मोटरसाइकल र स्कुटर हेर्न तथा हेल्मेटबारे जानकारी लिन आउने युवाको संख्या उल्लेख्य देखिएको छ ।

काठमाडौँमा सडकका खाल्डाखुल्डी पुर्न ‘सडक एम्बुलेन्स’ परिचालन (तस्बिरहरू)

१८औँ संस्करणको नाडा अटो शो २०२६ सुरु (तस्बिरहरू)

मधेस प्रदेशमा गत वर्ष ८२१ उद्योग बन्द

हेर्नुहोस्, नाडा अटो शोमा राखिएका चारपाङ्ग्रे विद्युतीय गाडी

किन ओरालो प्रवृत्ति थामिएन नेप्सेमा ?

साताको तेस्रो कारोबारको दिन बुधबार पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.३० अंकले घटेर बन्द भयो । आज नेप्से घट्दा नेप्सेको पुँजीकरण पनि ०.२० प्रतिशतले घट्यो ।

नेप्से आज मात्रै होइन, नेप्सेमा सेयर कारोबारको पछिल्लो २० दिनको विश्लेषण गर्दा ६ दिन मात्रै नेप्से बढेको छ भने १४ दिन नेप्से घटेको छ । साथै, अंकका आधारमा हेर्दा पनि नेप्से उकालो लाग्ने भन्दा पनि ओरालो लागिरहेको देखिन्छ ।

चैतको १२ गते नेप्से २९५०.१६ बिन्दुमा पुगेर बन्द भएको थियो । मंगलबारसम्म आइपुग्दा नेप्से ३५५.८९ अंकले घटेको छ ।

साथै, बालेनको नेतृत्वमा सरकार बन्नु अगाडि नेप्से ५० खर्ब ९ अर्ब ३८ करोड ३४ लाख १० हजार रुपैयाँको पुँजीकरण बराबरको भएकोमा मंगलबार घटेर ४४ खर्ब ६२ अर्ब ५० करोड ३० लाख ५६ हजार रुपैयाँमा सीमित भएको छ ।

अर्थात् ५ महिनाको अवधिमा ५ खर्ब ४६ अर्ब ८८ करोड ३ लाख ५४ हजार रुपैयाँ बराबरको पुँजी दोस्रो बजारबाट लगानीकर्ताले गुमाएका छन् ।

सरकारलाई अन्जनको चेतावनी, ‘निजी क्षेत्रलाई बेवास्ता गरे भुइँको टिप्दा पोल्टाको पनि झर्ला’

वीरगञ्ज चिनी मिल झाडीले ढाक्यो, औजारमा खिया लाग्यो (तस्बिरहरू)

सुनचाँदीको मूल्यमा गिरावट, कतिमा भइरहेछ कारोबार ?

पोखरा–दुबई उडान दिगो बनाउन पर्यटन व्यवसायीको अग्रसरता

इरानसँग कारोबार गरेको आरोपमा चार भारतीय कम्पनीमाथि अमेरिकी प्रतिबन्ध

प्रकाशित मिति : ९ भाद्र २०८३, मंगलबार  ६ : ५६ बजे

विश्वविद्यालयका उपकुलपतिसँग शिक्षा तथा खेलकुद मन्त्रालयको छलफल

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्रालयले केही विश्वविद्यालय ऐन संशोधनसम्बन्धी विधेयक

बागमतीमा सरकार टिकाउन तीन दलबीच नयाँ समझदारी, मन्त्रालय ८ भन्दा नबढाउने

काठमाडौं- बागमती प्रदेश सरकार सञ्चालनका लागि नेपाली कम्युनिस्ट पार्टी, नेकपा

विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौं– प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू

‘सरकारको कार्यशैलीमा प्रश्न गर्न सत्तापक्षका सांसदलाई कुनै रोकतोक छैन’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक क्रान्तिशिखा धितालले वरिष्ठ नेता वालेन्द्र