चिनियाँ उपविदेशमन्त्री सुनले भेटे प्रधानमन्त्री प्रचण्डलाई
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहेका चिनिया उपविदेशमन्त्री सुन वेइतोङले भेटवार्ता गरेका छन् ।
सिंहदरबारमा सोमबार भएको भेटमा उनीहरूबीच द्विपक्षीय हित, आपसी चासो र सहकार्यका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
भेटमा प्रधानमन्त्री प्रचण्डले नेपालको आर्थिक सामाजिक विकासमा चीनले पुर्याउँदै आएको सहयोगप्रति खुशी व्यक्त गरे ।
उनले आगामी दिनमा नेपालले सन् २०२६ मा अति कम विकसित मुलुकबाट स्तरोउन्नति हुने उद्देश्य राखेको उल्लेख गर्दै त्यसलाई सफल तुल्याउन चीनको सहयोग आवश्यक पर्ने बताए ।
लीलादेवी गड्तौलालाई कायममुकायम मुख्यसचिवको जिम्मेवारी
फणीन्द्र देवकोटालाई सर्वोच्चको राहत, कारबाही रोक्न अन्तरिम आदेश
संसद्मा गृहमन्त्रीको जवाफ : जीबीलाई आकाश, पातल जहाँ भए पनि निकाल्छौँ
बैकुण्ठ अर्यालबारे सरकारको जवाफ : मुद्दा लाग्दैमा कोही दोषी ठहरिँदैन
तीन दिने नेपाल भ्रमणमा आइपुगे चिनियाँ उपविदेशमन्त्री सुन
राजदूतको नाम सिफारिस गर्न रास्वपाले बनायो मापदण्ड
बढ्यो संसद् सचिवालयका कर्मचारीको भत्ता, ७ बुँदे सहमतिसँगै आन्दोलन फिर्ता
सङ्घीय संसद सचिवालयमा आन्दोलनरत कर्मचारीहरूसँग सात बुँदे सहमति भएको छ ।
कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीको नेतृत्वको टोली सोमबमार संसद् सचिवालयका कर्मचारी युनियनका प्रतिनिधिहरूसँग संसद् भवनमा सात बुँदे सहमति गरेको हो ।
सहमतिअनुसार कर्मचारी युनियनका प्रतिनिधिहरूको मागअनुसार तीन किसिमको भत्ता बढाउन सरकार सहमत भएको छ । यससँगै कर्मचारीको आन्दोलन पनि फिर्ता भएको छ ।
जसअनुसार मुलुकको अर्थतन्त्रलाई मध्यनजर गरी हाललाई राजपत्राङ्कित कर्मचारीको लागि मासिक ३,५०० र राजपत्र अनङ्कित कर्मचारीका लागि मासिक ३,००० साविकको आवास भत्तामा वृद्धि गर्न दुई पक्ष सहमत भएका छन् ।
श्रमिकका लागि निर्धारण गरिएको बिमाका सर्तहरू सच्याउन माग
नेपाली महिलालाई गैरकानुनी रुपमा कुवेत पुर्याइएकामा सरकारको ध्यानाकर्षण
संसद् सचिवालयका कर्मचारीका माग पूरा गर्न सरकारको ध्यानाकर्षण
छाउगोठ घटनाबारे अनुसन्धान भइरहेको छ : गृहमन्त्री
महिलाहिंसा र असुरक्षाका घटना नियन्त्रण गर्न सांसदहरूको माग
सामाजिक कुरीति अन्त्यसम्बन्धी कानुन निर्माण गर्न समिति बनाइने
अब अस्पतालमा लामो समयसम्म कुनपर्दैर्नु : स्वास्थ्यमन्त्री यादव
काठमाडौं महाननगरले ल्यायो २५ अर्ब ६३ करोडको बजेट
काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१-०८२ का लागि २५ अर्ब ६३ करोड ७० लाख २५ हजार रूपैयाँको बजेट सार्वजनिक गरेको छ ।
सोमबार बसेको नगर सभाको १५ औँ अधिवेशनको तेस्रो बैठकमा उपमेयर सुनिता डंगोलले उक्त बजेट पेश गरेकी छन् ।
डंगोलले बजेटमा ११ वटा महानगर गौरवका आयोजनालाई ३ अर्ब ८० करोड बजेट विनियोजन गरेकी छन्।
आगामी आवको बजेट चालुभन्दा १७ करोडले ठूलो हो । महानगरको सञ्चित कोषमा जम्मा हुने २४ अर्ब २० करोड ६३ लाख २५ हजार र जग्गा एकीकरण आयोजनाबाट हुने आम्दानी १ अर्ब ५० करोड छ ।
स्थानीय सञ्चित कोषबाट खर्च हुने रकममध्ये आर्थिक विकास कार्यक्रमलाई १९ करोड ९ लाख विनियोजन गरिएको छ । यो कुल बजेटको ०।७९ प्रतिशत हो ।
बालेनलाई सुनिताको सुझाव : बोल्दा पदीय मर्यादा ख्याल गरौँ, अराजक टिप्पणी राम्रो होइन
बालेनलाई नगरसभा सदस्यले सोधिन्- सिंहदरबार जलाउँछु भन्दा मेयरकै दरबार जलाइदिए के हुन्छ ?
बालेन्द्रलाई वडाध्यक्ष महर्जनले भने : बोल्न र विरोध गर्न पाइन्छ, कसैलाई निषेध नगरियोस्
मेयर बालेनलाई वडाअध्यक्षले भने – तपाईंका अनावश्यक आरोपले हामीलाई निद्रा लाग्दैन
काठमाडौं महानगरको बजेट २५ अर्ब ७० करोड
विराटनगरले ल्यायो साढे ३ अर्ब रुपैयाँको बजेट
नेपालगञ्जको बजेट एक अर्ब ५० करोड
अन्तराष्ट्रिय…
दक्षिण कोरियाको ब्याट्री प्लान्टमा आगलागी, २० जनाको मृत्यु
दक्षिण कोरियाको एक ब्याट्री प्लान्टमा आगलागी भएको छ । सो आगलागीमा परी २० जानको मृत्यु भएको उद्धारका लागि खटिएका अग्निनियन्त्रकले बताएका छन् ।
सियोलबाट ४५ किलोमिटर दक्षिणमा रहेको ह्वासेयोङस्थित लिथियम ब्याट्री निर्माता कम्पनी अरिसेलको प्लान्टमा बिहान १०ः३० बजे आगलागी सुरु भएको थियो ।
घटनास्थलबाट केही व्यक्तिलाई घाइते अवस्थामा उद्धार गरिएको छ भने आगलागीमा परी दर्जनौँ अन्य कामदार हताहत भएको अनुमान गरिएको छ ।
यसअघि सुरक्षाकर्मीले दिएको प्रारम्भिक जानकारीमा घटनामा कम्तीमा एक कामदारको मृत्यु भएको, तीन जना घाइते भएका र अन्य २१ जना बेपत्ता भएका बताएका थिए ।
रूसमा आतंकवादी आक्रमणमा १५ प्रहरी अधिकृतको मृत्यु
बर्ड फ्लु रोकथामका लागि श्रीलंका प्रतिवद्ध
ताइवानले भारतीय नागरिकका लागि भिसा अन अराइभलको व्यवस्था गर्ने
हमासलाई सत्ताबाट नहटाएसम्म युद्ध जारी रहन्छ : नेतन्याहु
प्रतिक्रिया