आजका समाचार : टुँडिखेलमा ओली र देउवाविरुद्ध नाराबाजी, भीषण बन्यो रसिया-युक्रेन युद्ध | Khabarhub Khabarhub

आजका समाचार : टुँडिखेलमा ओली र देउवाविरुद्ध नाराबाजी, भीषण बन्यो रसिया-युक्रेन युद्ध


१० भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


339
Shares
  • change font
  • change font
  • change font

गौरा पर्वको कार्यक्रममा पुगेका प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी
सैनिकमञ्चमा सोमबार आयोजित गौरा पर्वको कार्यक्रममा सहभागी हुन पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध नाराबाजी भएको छ ।

गौरा पर्व मनाउने सुदूरपश्चिमका काठमाडौंबासीलाई शुभकामना दिन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगै पुगेका ओलीविरुद्ध युवाहरूको समूहले अमर्यादित गालीगलौजसहित नाराबाजी गरेको हो ।


‘केपी ..रो पाराले, दुस्ख पाए साराले, केपी ‘र, देश छोड’ जस्ता अमर्यादित नाराबाजी युवाहरूले गरेका हुन् ।

मञ्चमा कांग्रेस सभापति देउवासँगै रहेका ओलीविरुद्ध चर्को नाराबाजी र हुटिङ भइरहँदा आयोजकले शान्त बनाउने कोसिस गरेका थिए । तर अराजक शैलीमा युवाहरूले अश्लील शब्दसहित गौरा पर्व कार्यक्रमस्थलमा नाराबाजी गरेका हुन् ।

ओलीविरुद्ध नाराबाजी भएपछि रिसाएका देउवाले भने- लाज नभएका बदमासहरू

कमल थापाले ल्याए किताब ‘नाकाबन्दी र कुटनीति’ , ओलीद्वारा लोकार्पण

ओमानका विदेश मन्त्री नेपाल भ्रमणमा

नेपाली समाजलाई बिथोल्न सम्भव छैन : प्रधानमन्त्री

स्वास्थ्य क्षेत्रको सुधारका लागि सरकार गम्भीर छ : स्वास्थ्यमन्त्री

पर्यटनमन्त्री नै भन्छन् : नेपाल एयरलाइन्सको अवस्था अत्यन्तै कम्जोर भएको छ

खानेपानी क्षेत्रका समस्या समाधान गर्न जलस्रोतको अध्ययन आवश्यक : मन्त्री यादव

राष्ट्रपति पौडेलले गरे कृष्णमन्दिरमा पूजाआराधना
राष्ट्रपति रामचन्द्र पौडेलले ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा दर्शन गरी पूजाआराधना गरेका छन् । राष्ट्रपति पौडेलले श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा पाटन दरबारस्थित कृष्णमन्दिर पुगेर भगवान् श्रीकृष्णको पूजाआराधना गरी पुजारीबाट फूल प्रसाद ग्रहण गरेका हुन् ।

यसअघि कृष्णमन्दिर परिसरमा राष्ट्रपति पौडेललाई ललितपुरबाट निर्वाचित सङ्घीय सांसदहरू, बागमती प्रदेशसभा सदस्यहरू, ललितपुरका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठ, ललितपुर महानगरका कार्यवाहक प्रमुख मञ्जली शाक्य बज्राचार्यलगायतले स्वागत गरेका थिए ।

मन्दिर दर्शन गरी प्रसाद ग्रहणपछि राष्ट्रपति पौडेलले मङ्गहिटीको अवलोकन गरेका थिए । श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा राष्ट्रप्रमुखद्वारा हरेक वर्ष कृष्ण मन्दिरमा दर्शन गरी पूजाआजा गर्ने परम्परा रहेको छ ।

पाटनको कृष्ण मन्दिरमा पूजा गर्न पुगे राष्ट्रपति पौडल (तस्बिरहरू)

सबै पर्व सामाजिक सम्बन्धका हुन् : देउवा

श्रीकृष्ण जन्माष्टमीले आपसी सद्भाव कायम गरेको छ : राष्ट्रपति

सुदूरपश्चिम प्रदेशमा आज गौरा पर्व मनाइँदै

टुँडिखेलमा गौरा पर्वको रौनक (तस्बिरहरू)

चुनावतिर एकीकृत समाजवादी : १८ पदाधिकारी र १०५ पोलिटब्यूरो सदस्यका लागि मंगलबार मतदान
माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले १८ पदाधिकारी र १०५ पोलिटब्यूरो सदस्यका लागि निर्वाचन गर्ने भएको छ।

गत असार १६-२० सम्म काठमाडौंमा दशौँ महाधिवेशन गरेको समाजवादीले १८ पदाधिकारी र १०५ पोलिटब्यूरो सदस्य छान्न मिनी निर्वाचन गर्न लागेको हो ।


महाधिवेशनबाटै पदाधिकारी, पोलिटब्युरो र केन्द्रीय सदस्य टुंग्याउन नसकेको समाजवादीले मंगलबार अर्को चुनाव गर्न लागेको हो । यद्यपि महाधिवेशनबाट अध्यक्षमा दोहोरिएका नेपालले केन्द्रीय नेतृत्व सर्वसम्मत छानिको घोषणा प्रज्ञा भवनबाट गरेका थिए ।

तर उनको घोषणाविपरीत अब केन्द्रीय नेतृत्वका दुई तहमा समाजवादीले निर्वाचन गर्न लागेको हो । आइतबार र सोमबार बसेको केन्द्रीय कमिटी बैठकले पदाधिकारी र पोलिटब्यूरो सदस्य टुङ्गो लगाउन नसकेपछि निर्वाचनको बाटो रोजिएको हो ।

अदालतको आदेशमा भ्रम नछर्नू : बालेन

खेलकुद विधेयक समितिबाट पारित

बीपी क्यान्सर अस्पतालमा ‘बोनम्यारो प्रत्यारोपण सेवा’ को तयारी

जनतामा देखिएको निराशा हटाउन सरकार तयार छ : मन्त्री भण्डारी

मंगलादेवी सिंहको २८औँ स्मृति दिवस मनाइयो

अस्पतालबाट निस्किने फोहोर अनुगमन गर्दै काठमाडौं महानगर

पृथ्वी राजमार्गको आदमघाटमा पहिरो, मुग्लिन-काठमाडौं सडक ठप्प
मुग्लिन-काठमाडौं सडकखण्डअन्तर्गत धादिङको आदमघाटनजिकै ठूलो पहिरो झरेको छ । धादिङको गजुरी गाउँपालिका-६ बेल्खुमा माथिबाट ठूलो पहिरो खस्दा पृथ्वी राजमार्ग पूरै ठप्प भएको छ ।

सोमबार साँझ ५ बजे राजमार्गमा ठूलो पहिरो खसेपछि दुवैतर्फ यातायात पूर्ण रुपमा ठप्प भएको छ । अहिलेसम्म पहिरो हटाइएको छैन ।


जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका अनुसार पहिरो हटाउन अझै समय लाग्नेछ । थप पहिरो नखसे रातिसम्म हटाएर सवारी खुलाउन सकिने छ ।

बागमती नदीले सतर्कता तह पार गर्‍यो

आठ घण्टापछि खुल्यो पृथ्वी राजमार्ग

चितवनमा पाँच सय बढीमा डेङ्गी सङ्क्रमण

स्क्रब टाइफसका बिरामीको सङ्ख्यामा वृद्धि

मुग्लिन–आँबुखैरेनी सडकखण्ड चार घण्टा बन्द

मुख्यमन्त्रीको छड्के जाँचमा अस्पतालमा चिकित्सक भेटिएनन्

रुसको ३८ तले आवासीय भवनमा ड्रोन आक्रमण
रुसको साराटोभमा ३८ तले आवासीय भवन ‘भोल्गा स्काई’ सँग ड्रोन ठोक्किएको छ । घटनामा चार जना घाइते भएको मिडिया रिपोर्टमा उल्लेख छ ।

रोयटर्सका अनुसार सोमबार रसियामा २० ड्रोनहरू प्रहार गरिएको थियो । ती मध्ये, अधिकतम ९ साराटोभमा हानिएको थियो । मस्कोका गभर्नरले युक्रेनले ड्रोन आक्रमण गरेको दाबी गरेका छन् । यसबारे युक्रेनले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । जानकारी अनुसार युक्रेनले ति ड्रोन खसालेको हो ।

आक्रमणबाट भवनको ठूलो हिस्सामा क्षति पुगेको छ । आक्रमणबाट भवन मुनि पार्किङ गरिएका २० भन्दा बढी सवारीसाधनमा क्षति पुगेको छ ।

युक्रेनमा ड्रोन तथा मिसाइल आक्रमण, तीन जनाको मृत्यु

पाकिस्तानमा सशस्त्र विद्रोहीले गरे २२ जनाको हत्या

भारतको लद्दाखमा पाँच नयाँ जिल्ला बनाउने घोषणा

श्रीलंकामा विदेशी पूँजी भित्र्याउने मार्क्सवादी नेताको घोषणा

डेरी फर्मलाई साढे दुई लाख डलरभन्दा बढी जरिवाना

जापानमा शक्तिशाली चक्रवातको चेतावनी

थाइल्यान्डमा बाढीबाट २२ जनाको मृत्यु

 

प्रकाशित मिति : १० भाद्र २०८१, सोमबार  ७ : ५९ बजे

बाढीले फोक्सिङटार पुलबगाएपछि झोलुङ्गे पुल मर्मत गरिँदै

खोटाङ– यही असोज १२ गते आएको  बाढीले क्षतिग्रस्त बनाएको झोलुङ्गे

धान पसाउने बेलामा बोट सुकेपछि किसान चिन्तित

पाल्पा– पाल्पाको रामपुर नगरपालिका–६ स्थित प्याक्लुक बस्ने निरमाया पङ्गेनीले लगाएको

‘अग्नीदहन’ को टिजर सार्वजनिक

काठमाडौं– आगामी मंसिर ७ गते रिलिज हुने फिल्म ‘अग्नीदहन’को टिजर

दक्षिणसँगका सबै सीमा बन्द गरेको उत्तर कोरियाको घोषणा

सियोल– उत्तर कोरियाले दक्षिण कोरियासँगका सीमा पूर्ण रुपमा बन्दको घोषणा

‘लेकाली’को ५७ वर्ष : आफ्नै डम्फू, आफ्नै ताल

नेपाली संगीतमा मास्टर मित्रसेन, मेलवादेवी, मास्टर रत्नदास प्रकाशका पुस्तापछि धर्मराज