आजका समाचार : फेरि सत्तामा फर्किए ट्रम्प, प्रधानमन्त्री ओली बिरामी र सरकार बलियो बनाउन अर्को संयन्त्र | Khabarhub Khabarhub

आजका समाचार : फेरि सत्तामा फर्किए ट्रम्प, प्रधानमन्त्री ओली बिरामी र सरकार बलियो बनाउन अर्को संयन्त्र


२१ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

सरकारलाई सघाउन कांग्रेस-एमालेले बनाए ८ सदस्यीय संयन्त्र
सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई सफल बनाउन ८ सदस्यीय संयन्त्र बनाएका छन् ।

संयन्त्रमा कांग्रेसबाट महामन्त्री गगन थापा, उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री आरजु राणा देउवा रहेका छन् । त्यस्तै, एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल रहेका छन् ।

दुई दलका तर्फबाट चार–चारजना सदस्य रहने गरी गत सोमबार गठन गरिएको एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले बताएका छन् ।एमाले(कांग्रेसले सरकारलाई सफल बनाउन केन्द्रमा मात्रै नभएर प्रदेश र जिल्ला तहमासमेत संयन्त्र बनाउने बताएका छन् ।

‘आगामी निर्वाचनमा कांग्रेसले गठबन्धन नगर्ने’

डोनाल्ड ट्रम्पलाई राष्ट्रपति पौडेलले दिए बधाई

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार

सञ्चार सेवा सहज बनाउन मन्त्री गुरुङको निर्देशन

कोशीका मन्त्री अधिकारीको राजीनामा, स्वीकृतिबिनै घुमेका थिए जापान

राष्ट्रपति पौडेल आइतबार अजरबैजान जाने

आयोजनाको तयारी फास्ट ट्रयाकमा गरिने

अमेरिकामा डोनाल्ड ट्रम्प विजयी भएको औपचारिक घोषणा
अमेरिकामा रिपब्लिकन उम्देवार डोनाल्ड ट्रम्पको जितको औपचारिक घोषणा भएको छ।

समाचार एजेन्सी एपीका अनुसार अधिकांश राज्यको मतगणना सकिएको छ । त्यहीकारण रिपब्लिकनका प्रत्यासी ट्रम्पलाई विजेता घोषित गरिएको हो ।

अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पले बहुमत हासिल गर्ने क्रममा २७९ इलेक्टोरल कलेज भोट मिलेको छ। उनीसँग पराजित डेमोक्रेटिककी उम्देवार कमला ह्यारिसले २१९ मात्रै इलेक्टोरल कलेज भोट लिन सफल भइन् । उनी जो बाइडेन नेतृत्वको प्रशासनमा उपराष्ट्रपति थिइन् ।

ट्रम्पले अमेरिकाका सातमध्ये चार स्विङ स्टेट्समा जित निकालेका छन् । यिनमा जर्जिया, नर्थ क्यारोलाइना, भिस्कान्सिन र पेन्सिलभेनिया रहेका छन् । अमेरिकामा कूल ५३८ इलेक्टोरल कलेज भोट छन् । सिनेटमा १०० र हाउस अफ रिप्रिजेन्टेटिभका ४३८ मध्ये बहुमतका लागि २७० मत आवश्यक हुन्छ ।

अमेरिकामा डोनाल्ड ट्रम्प विजयी भएको औपचारिक घोषणा

मोदीले ट्रम्पलाई भने- मेरो साथी ऐतिहासिक जितका लागि बधाई

जितनजिक पुग्दा अर्को ‘स्विकङ स्टेट’मा पनि ट्रम्पको कब्जा !

डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपतिमा विजयी भइसके : फक्स न्यूज

हार्ने निश्चित भएपछि कमला ह्यारिसको सम्बोधन रद्द

कुन राज्यमा कमला ह्यारिसभन्दा अघि निस्किए डोनाल्ड ट्रम्प ?

अमेरिकामा जितनजिक ट्रम्प, रिपब्लिकनले सिनेटमा ल्यायो बहुमत

राष्ट्रपतिको मतगणना : सुरुवाती अग्रता फराकिलो बनाउँदै ट्रम्प

राष्ट्रपतिको मतगणना : सुरुवाती अग्रता फराकिलो बनाउँदै ट्रम्प

अमेरिकी निर्वाचनमा बमको धम्की : खराब मौसमले केही स्थानमा मतदानमा समस्या

कोशीका दर्जन सहकारीद्वारा बचतकर्ताको एक अर्बभन्दा बढी अपचलन
कोशी प्रदेशका एक दर्जन बढी सहकारीहरूले बचतकर्ताको एक अर्बभन्दा बढी रकम अपचलन गरेका छन् ।

कोशी प्रदेश सहकारी रजिष्ट्रार कार्यालयका अनुसार प्रदेशको नियमन क्षेत्रभित्रका ९ वटा सहकारीले ८८ करोड ६० लाख रूपैयाँ अपचलन गरेका छन् । अन्य केही सहकारीको अपचलनबारे अहिले पनि अनुसन्धान भइरहेको छ ।

कोशी प्रदेश सहकारी रजिष्ट्रार कार्यालयका प्रमुख हरिबहादुर खत्रीकाअनुसार प्रदेश सरकारको नियमन क्षेत्रभित्रका सहकारीहरूमा अपचलनबारे उजुरी आएपछि अनुसन्धानपछि मुद्दा दर्ता र मिलापत्र गर्ने काम भइरहेको छ ।

उनकाअनुसार अहिलेसम्म रजिष्ट्रार कार्यालयले अनुसन्धान गरेर ३ वटा सहकारीविरुद्ध अदालतमा मुद्दा दर्ता गरिएको छ । अन्य ६ वटा सहकारीको अनुसन्धान टुंगिएको छ । बाँकी एउटा सहकारीको मिलापत्र भइसकेको छ।

स्वर्णलक्ष्मी सहकारीकी लेखा समिति सदस्य पक्राउ

रुकुमबाट काठमाडौँ आउँदै गरेको बस दुर्घटना, ५ जना घाइते

जंगली हात्ती गाउँ पसेपछि स्थानीय त्रसित, धान र केराखेती नष्ट

दोलखाको गौरिशंकरको उपाध्यक्षमा कांग्रेसले उम्मेदवार टुङ्ग्यायो

मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा : बेनीमा सात जना सडकापेक्षीको उद्धार

छठका लागि भारतबाट ५० लाखका केरा आयात
महोत्तरीको जलेश्वरमा छठपर्वमा बिक्री गर्ने उद्देश्यले व्यवसायीले भारतबाट ५० लाख रुपैयाँ बराबरका केरा भित्र्याएका छन् ।

आज जलेश्वरमा लाग्ने अन्तिम हाटबजारमा ५० लाख रुपैयाँको केरा ल्याइएको व्यवसायी गणेश साहले बताए । पहिलेपहिले २०–२५ लाखसम्मको केरा ल्याइने गरिएकामा यस वर्ष ५० लाखको केरा ल्याइएको अर्का व्यवसायी उत्तिम साहले बताए ।


जलेश्वरमा केरा व्यवसाय गर्दै आएका पाँच–सातजना व्यापारीले सामूहिक रूपमै यसपालि २५ ट्रक केरा मगाएका छन् । उनीहरूले उक्त ट्रकलाई आपसमा आफूले गरेको लगानीका आधारमा बाँडेर बेच्ने गरेका छन् ।

ट्याक्टरको प्रयोगले गोरू र खेताला खोज्नुपर्ने झन्झट हट्दै

वर्षाले धानबालीमा क्षति

छठ पर्वमा बागमती नदीमा धाप ड्यामको पानी छाडिने

स्थानीय जातका गाई संरक्षण गर्न एक करोडको कोष

तिहारमा ५० करोड बराबरको फूल बिक्री

भुइँकटहर खेतीबाट वार्षिक १५ लाखसम्म आम्दानी

लेबनानमा भएको इजरायली आक्रमणमा पाँच जनाको मृत्यु
दक्षिणी लेबनानको टायर जिल्लाको अल साहबिया सहरलाई लक्षित गरी भएको इजरायली हवाई आक्रमणमा पाँच जनाको मृत्यु भएको छ ।

साथै एक जना घाइते भएको जनाइएको छ । लेबनानको स्वास्थ्य मन्त्रालयले बार्जा ९माउन्ट लेबनान० मा इजरायली हवाई आक्रमणबाट २० जनाको मृत्यु भएको तथा १४ जना घाइते भएको घोषणा गरेको छभने उद्धार तथा भग्नावशेष हटाउने कार्य अझै जारी छ ।


नेशनल न्युज एजेन्सी (एनएनए) ले रिपोर्ट गरेअनुसार इजरायली लडाकु विमानहरूले नबातीह जिल्लाको पूर्वी याहमोरमा गोलाबारीको बिचमा याहमोर अल साकिफ र अर्नुन सहरहरूमा छापा मारेका थिए ।

टायरमा लडाकु विमानहरूले देइर कानौन अल नाहर सहरमा छापा मार्दा भौतिक संरचनाहरूमा व्यापक क्षति पुगेको छ ।

इजरायली प्रधानमन्त्री नेतान्याहुद्वारा रक्षामन्त्री ग्यालन्टलाई बर्खास्त

रसियाको स्पष्टीकरण- अमेरिकी चुनावमा हस्तक्षेप गरेको छैन

प्रकाशित मिति : २१ कार्तिक २०८१, बुधबार  ७ : ५६ बजे

मानव तस्करीमा मुछिएका कोशीका मन्त्री अधिकारीलाई उन्मुक्ति, अन्य ११ विरुद्ध मुद्दा

काठमाडौं-  जापान जाँदा मानव तस्करी गरेको अभियोगमा पक्राउ परेका कोशी

उच्चस्तरीय शासकीय सुधार सुझाव आयोग गठन गर्ने तयारी

काठमाडौं – सरकारले उच्चस्तरीय शासकीय सुधार सुझाव आयोग गठनको तयारी

चिसोबाट बचाउनका लागि पूर्वतयारी गर्न प्रधानमन्त्रीको ध्यानाकर्षणपत्र 

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपा (एमाले) को केन्द्रीय विपद्

शे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड

ठूलीभेरी – शे–फोक्सुण्डो गाउँपालिकाले खानेपानी, सिँचाइ, शौचालय, शिक्षा, स्वाथ्यलगायतका क्षेत्रलाई

ओलीको चीन भ्रमणबारे नेताहरूले सिंहदरबारमा उठाए यी १० कुरा

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले यही मंसिर १७ गतेदेखि गर्न