आजका समाचार : चीन भ्रमणको तयारीमा प्रधानमन्त्री, एमालेलाई हुलाकबाट बालेनको पत्र, युद्धविरामनजिक इजरायल-हिजबुल्लाह | Khabarhub Khabarhub

आजका समाचार : चीन भ्रमणको तयारीमा प्रधानमन्त्री, एमालेलाई हुलाकबाट बालेनको पत्र, युद्धविरामनजिक इजरायल-हिजबुल्लाह


१० मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

ओलीले बोलाएको बैठकमा देउवा र भट्टराई अनुपस्थित
प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको बैठकमा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र डा। बाबुराम भट्टराई अनुपस्थित भएका छन् ।

आसन्न चीन भ्रमणको तयारीका बारेमा छलफल गर्नका लागि ओलीले आज बैठक बोलाएका थिए तर देउवा र भट्टराई भने अनुपस्थित भएका छन् ।


सत्ताका प्रमुख सहयोगी देउवा धनुषा पुगेका छन भने भट्टराई गृह जिल्ला गोरखा गएकाले उनीहरु उपस्थित हुन नसकेका हुन । दुवैको पूर्वनिर्धारित कार्यक्रम थियो । बैठकमा पूर्व प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र झलनाथ खनाललगायत भने उपस्थित रहेका छन् ।

आगामी मंसिर १७ वाट सुरूप हुन लागेको उत्तरी छिमेकी मुलुक चीन भ्रमणका विषयमा सरोकारवालासँग छलफल भने सिंहदरबारमा जारी छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार जारी छलफलमा पूर्व प्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्रीलगायतसँग चीन भ्रमणका विषयमा छलफल भइरहेको छ ।

बयानका लागि रविलाई मंगलबार काठमाडौं ल्याइँदै

ओलीलाई प्रचण्डको जवाफ- ‘चाइना कार्ड’ खेल्न खोज्नुभयो भनेको होइन

ओलीले चीन भ्रमणबारे छलफल गर्दा जनकपुरमा देउवा

लुम्बिनीमा हवाई सेवा सञ्चालन गर्न कम्बोडियासँग सभामुखको आग्रह

बीआरआईबारे प्रधानमन्त्रीको जवाफ- अहिले चीनसँग ऋणसम्बन्धी कुनै सम्झौता हुँदैन

शंकर पोखरेलको जिकिर : प्रचण्ड नेतृत्वको सरकारका कारण देश आर्थिक संकटमा पर्‍यो

एनपीएलले युवा प्रतिभालाई उजागर गर्नेछ : प्रधानमन्त्री

चिसोबाट बचाउनका लागि पूर्वतयारी गर्न प्रधानमन्त्रीको ध्यानाकर्षणपत्र

उच्चस्तरीय शासकीय सुधार सुझाव आयोग गठन गर्ने तयारी

काठमाडौं महानगरले हुलाकबाट पठायो एमालेलाई जरिवानापत्र
काठमाडौँ महानगरपालिकाले नेकपा एमालेलाई को जरिवाना पत्र इमेल र हुलाकमार्फत पठाएको छ ।

भौतिक रुपमा एमालेले जरिवाना पत्र बुझ्न अस्वीकार गरेपछि सोमबार महानगरपालिकाले हुलाक र इमेलमार्फत जरिवाना पत्र पठाएको हो ।


आइतबार एमाले मुख्यालय पुगेको महानगरको टोलीको पत्र भौतिक रूपमा एमालेले बुझ्न अस्वीकार गरेको थियो ।

जरिवानासहितको पत्र लिएर एमाले केन्द्रीय कार्यालय च्यासल पुगेको महानगरको टोलीलाई दरबारमार्गमा भएको एमाले जागरण सभाको आयोजक एमाले केन्द्रीय कार्यालय नभएको भन्दै पत्र बुझेको थिएन ।

मानव तस्करीमा मुछिएका कोशीका मन्त्री अधिकारीलाई उन्मुक्ति, अन्य ११ विरुद्ध मुद्दा

अस्पताल थप्ने भन्दा भएकालाई राम्रोसँग चलाऔं : स्वास्थ्यमन्त्री

उपनिर्वाचन : संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना

उखु उत्पादन र प्रवर्द्धनमा प्रदेश सरकारले सहयोग गर्छ : मुख्यमन्त्री कार्की

‘अनुसन्धानमा नैतिकता स्वास्थ्य सेवामा विश्वास निर्माणको मूल आधार’

नेपाल प्रिमियर लिगको ट्रफी सार्वजनिक
मंसिर १५ गतेदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी सार्वजनिक भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान धरहरा धरहरा परिसरबाट एनपीएलको ट्रफी सार्वजनिक गरेका हुन् । क्यानका अनुसार सिद्धार्थ बैंक एनपीएल ट्रफी धरहराबाट सार्वजनिक भएको हो । प्रतियोगिताको पहिलो संस्करण मंसिर १५ गतेदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सञ्चालन हुनेछ ।

प्रतियोगितामा कर्णाली याक्स, सुदूरपश्चिम रोयल्स, पोखरा एभेन्जर्स, जनकपुर बोल्ट्स, काठमाडौं गुर्खाज, चितवन राइनोज, विराटनगर किंग्स र लुम्बिनी लयान्स गरी ८ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

दाङमा तोरीको उत्पादन बढ्दै

विमान चालकको समस्या छिट्टै समाधान हुन्छ : वायुसेवा निगम

स्मार्ट सिटीका लागि हिंसारहित समाज अनिवार्य : चिरीबाबु महर्जन

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा रोल्पाको होलेरीमा सेवा विस्तार

अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस : हरेक दश मिनेटमा एक महिलाको हत्या
 तस्बिरहरू

अमेरिकी प्रस्ताव स्वीकार गर्दै इजरायल र हिजबुल्लाह युद्धविरामनजिक
इजरायल र हिजबुल्लाह युद्धविरामका लागि नजिकिएको जनाइएको छ। आइतबार सिएनएनले प्रकाशित गरेको समाचार अनुसार मध्य सेप्टेम्बरमा इजरायली आक्रमणमा धेरै जनाको ज्यान गएका कारण हिजबुल्लाह युद्धविरामको नजिक पुगेको हो।

लेबनान आक्रमणमा तीन हजारको ज्यान गएको कारण स्वास्थ्य मन्त्रालयले युद्धविरामको दबाब बढाएको थियो।


पछिल्लो समय हिजबुल्लाह र इजरायल अमेरिकाले राखेको ६० दिने युद्धविरामको प्रस्ताव स्वीकार गर्न तयार भएका हुन्। सेप्टेम्बरको मध्ययता इजरायलले गरेको आक्रमणका कारण धेरै क्षति भएको महसुस हिजबुल्लाहले गरिसकेको छ। यसै समयमा इजरायलको आक्रमणमा हिजबुल्लाहका नेता हसन नसरल्लाह लगायत धेरै मारिएका छन्।

अमेरिकी दूत आमोस हाउचेस्टेनले मध्यपूर्वको भ्रमणमा भएर युद्ध विरामको वातावरण तयार पारिएको जनाएका छन्। उनले नै अमेरिकामा रहेको इजरायली राजदूतलाई अहिले इजरायल गम्भीर नभए अमेरिका शान्ति वार्ताको बाटोबाट पछि हट्ने चेतावनी दिएका थिए।

सन् २०२३ अक्टोबरदेखि एघार हजारबढी प्यालेस्टिनी हिरासतमा

लेबनानमा भएको इजरायली हमलामा दर्जनौँको मृत्यु

अफगानिस्तानमा यात्रुवाहक गाडी दुर्घटना, छ जनाको मृत्यु

लिथुआनियामा विमान दुर्घटना, एक जनाको मृत्यु

बेलारूसी राष्ट्रपति पाकिस्तान भ्रमणमा

युक्रेनद्वारा रूसी तेल तथा उर्जा केन्द्रमा ड्रोन हमला

प्रकाशित मिति : १० मंसिर २०८१, सोमबार  ७ : ५७ बजे

रूसी सुरक्षा प्रमुख र तालिवान अधिकारीबीच काबुलमा भेटवार्ता

काबुल – रूसी सुरक्षा अधिकारी सर्गेई शोइगुले सोमबार अफगानी सरकारी

हिरासतबाट रविले भने : मेराविरुद्ध सिंगो राज्य र मिडियाले भ्रमपूर्ण प्रचार गर्दैछन्

काठमाडौं – प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का

कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता महत

नुवाकोट – नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले वर्तमान सत्ता

राईले सम्हाले कायम मुकायम परराष्ट्र सचिवको कार्यभार

काठमाडौं – परराष्ट्र मन्त्रालयका सहसचिव अमृतबहादुर राईले कायम मुकायम परराष्ट्र

जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण

ललितपुर – जापान सरकारको सहयोगमा निर्मित छात्रावास भवन विद्यालयलाई हस्तान्तरण